
नेपालगन्ज। देशकै अत्यधिक गर्मी हुनेमध्येको नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ। शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको हो ।
जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको बताए। उनका अनुसार यो नेपालगन्जको यस वर्षकै उच्च तापक्रम हो ।
शनिवार मापन भएको नेपालगन्जको अधिकतम तापक्रम पाँच वर्ष यताकै उच्च हो।
२०१८ देखि २०२४ सम्म सात वर्षको अवधिमा गत २०१९ मे २० तारिखका दिन नेपालगन्जको तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको फिल्ड इन्चार्ज सिवाकोटीले जानकारी दिए।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...