कार्यकक्षबाटै कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

कार्यकक्षबाटै कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई प्रहरीले थापाथलीस्थित गु्रपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको छ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो।

सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सानुराम भट्टराई, प्रहरी उपरिक्षक (एसपी) रवीन्द्र रेग्मी, प्रहरी नायव उपरिक्षक अनिल घिमिरेसहितको टोली कान्तिपुर कार्यालय पुगेको थियो।

उनलाई पक्राउका लागि पुगेको टोलीले कार्यकक्षमै छिरेर पुर्जी थमाएको छ। पुर्जी प्रनाउ घिमिरेले दिइसकेपछि उनलाई कान्तिपुरको कार्यालयबाट निकालेर सडकमार्ग हुँदै जनकपुरधाम लगिदैछ।

सिरोहिया गिरफ्तारपछि कान्तीपुर परिषरमा उपस्थित भएका संचारकर्मी र शुभेच्छुकहरुले गृहमन्त्री रबी लामिछानेविरुद्ध नारावाजी गरेका थिए।

पक्राउ परेपछि सिरोहियाले दुई वटा राहदानी प्रयोग गरेको अभियोगमा गृहमन्त्री लामिछाने भोली गिरफ्तार हुने विश्वासा व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८१ जेष्ठ ८, २०: ३६

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८१ जेष्ठ ८, २०: ३६

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०८१ जेष्ठ ८, २०: ३६

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...