सभामुखले गरे प्रमुख प्रतिपक्षलाई सदनमा निषेधको राजनीति – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
ओलीको इसारामा सदनको नेतृत्व भन्दा सत्ताको सारथी

सभामुखले गरे प्रमुख प्रतिपक्षलाई सदनमा निषेधको राजनीति

काठमाडौं। प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेको भूमिका सत्ताको पक्ष र प्रतिपक्षी दलको विरोधीको जस्तो बन्दा संसदको गरिमा र प्रतिष्ठामा आँच आएको छ ।

सत्ता पक्षको भूमिका सरकारलाई जनभावना बमोजिम चल्न चलाउन उपयुक्त निर्णय गर्न सघाउने हो भने प्रमुख प्रतिपक्षीको संसदमार्फत सरकारले गरेको गल्ती कमजोरीमाथि खबरदारी गरी सच्याउन दबाब दिने हो । तर लोकतन्त्रको यो सामान्य सिद्धान्तलाई समेत प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले अनुशरण नगर्दा सरकार तानाशाही प्रबृत्तिमा लम्किरहेको छ भने प्रतिपक्ष सडकमा धकेलिन पुगेको छ । बहुदलिय प्रजातन्त्रमा सरकार चलाउनमा सत्ता पक्षका सांसदको भूमिका बढी हुन्छ भने संसदमा प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुन्छ । संसद कसरी चलाउनु पर्छ भन्ने कुरा सभामुख घिमिरले पूर्ववर्तीबाट नसिक्दा र सिक्न नचाहँदा संसदको गरिमा धुमिल बन्दै गएको छ । संसदको नेतृत्व लिनु पर्ने एक शक्तिशाली अङ्गका प्रमुख देवराज घिमिरे सत्ताको सारथी जस्तो देखिएका छन् । उनका गतिविधि र क्रियाकलाप प्रमुख प्रतिपक्ष दलप्रति पूर्वाग्रही र सत्तापक्षप्रति आग्रहपूर्ण देखिन्छ ।

यहाँसम्मकी उनी आफू प्रतिनिधिसभामा निर्वाचित भएको दल नेकपा एमालेको सदस्यता परित्याग गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीका हरेक अभिव्यक्ति र अप्रत्यक्ष भनाईलाई निर्देशनको रुपमा पालना गर्ने गरेको सभामुखकै गतिविधिले पुष्टि गरेको छ । संघीय संसदको मर्यादा र प्रतिष्ठा मात्र होइन, ससदीय सर्वोच्चतालाई समेत कमजोर बनानउे काम सभामुखले गर्ने गर्ने गरेका छन् । त्यसको पछिल्लो उदाहरण भनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २ गते बुधबार पार्टी संसदीय दलको बैठकमा सांसदहरुलाई दिएको निर्देशनले देखाउँछ । सो वैठकमा नेता ओलीले कांग्रेसलाई बोल्न नदिने भनी बोलेका थिए । उनले भनेका थिए ‘कांग्रेस संसदमा कराई रहने, अनि हामी सुनिरहने होइन’, ‘यस्तो हुन्छ? अब बकबास सुनिरहन हामी तयार छैनौं । यो के तरिका हो? नेकपा एमाले यस्तो सहेर बस्दैन, डटेर मुकाविला गर्छ ।’

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले एमाले अध्यक्ष केपी शर्मा ओलीले भने झैं गरे । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बोल्न माग्दा पनि बोल्न दिएनन् । प्रतिपक्षलाई सदनमा बोल्न नदिने यो लोकतान्त्रिक होइन सभामुख महोदय’ भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश सभामुखलाई सम्झाएका थिए । उनले ‘प्रतिपक्ष सदनमा बोल्न पाएन भने कहाँ बोल्ने ?’ भनेर प्रश्न गरे । तर ओलीले बुधबार एमाले ससदीय दलको बैठकमा दिएको निर्देशन झल्झली सम्झिएर हुनुपर्छ सभामुख घिमिरले रिसाउँदै झर्को र फर्को गर्दै माईकबाटै चिच्याउँदै भन्छन्, ‘बोल्न दिएन भन्ने प्रचार नगर्नु होला बोल्ने वातावरणको लागि सत्ता र प्रतिपक्षी दुबै तर्फले वातावरण बनाउनु पर्यो ।’ उनको अर्ति सुनेकपछि प्रफुल्ल भएका नेकपा एमालेका सांसदहरु जोड जोडले टेवला ठोकेर सभामुखको भनाईको समर्थन गर्छन । कांग्रेस प्रमुख सचेतक लेखकले ‘प्रतिपक्षले बोल्न पाएन भने बोल्न दिएन भन्ने पर्ला नि सभामुख महोदय’ भनेर सम्झाए । तर सभामुख डग्नेवाला देखिएनन् । शुक्रबार उनले शुन्य र विशेष समय नराखिएको जानकारी गराए ।

सभामुख घिमिरेले भने यसअघि पटक पटक बोल्न दिएको दाबी गर्दै ‘तलबाट बोल्न नपुग्दा माथि आएर बोल्नुस् भनेको हो’ विधिसंगत ढंगले बोल्ने व्यवस्था गर्दै आएको हो । त्यसका लागि वातावरण सबै माननीयजीहरूले बनाउनुपर्छ ।’

सभामुखले भने झैं वातावरण भनेको के हो भन्ने प्रष्ट पार्न सकेका छैनन् । सभामुख घिमिरले विगत दुई सातादेखि संसदमा विपक्षी दलको नाराबाजीका बीच सदन चलाई रहेका छन् । उनले सरकारका विजनेस रहेको, सरकारको आवश्यकता भएको जस्ता शब्दहरु बारम्वार प्रयोग गर्ने तर संसदको दायित्व यो हो भनेर भन्ने गरेका छैनन् । यहाँसम्मकी उनले गृहमन्त्री रबी लामिछानेदेखि सदनमा रहेका मन्त्रीहरुलाई रोष्टम प्रयोग गरी बोल्न वा प्रस्ताव पेश गर्न आग्रह गर्दा मर्यादापालकलाई सँगसँगै र वारम्बार निर्देशन दिने गर्छन् । सभामुखको भाष्य र आषय मार्सल प्रयोग गरी वा मार्सलले बल प्रयोग गर्छ है भन्ने सन्देश प्रवाह गर्नका लागि मर्यादापालकलाई भन्छन कि माननीय मन्त्री वा सांसदलाई रोष्टममा आउने व्यवस्था गर्न निर्देशन दिन्छु’ भन्ने गरेका छन् ।

सभामुख घिमिरेको यस्तो भूमिकाबाट नेपाली कांग्रेसका सांसदहरुले बारम्बार प्रश्न उठाउने गरेका छन् । विपक्षी दललाई पेलेरै अघि बढ्ने सभामुखको व्यवहारमा परिवर्तन नआए उनीविरुद्ध महाअभियोग ल्याउनु पर्ने दबाब समेत नेतृत्वमा पर्ने गरेको छ । सभामुखको भूमिका सत्तापक्षको सहयोगी भएको भन्दै विपक्षी गठबन्धनको बैठकमा पनि बारम्बार छलफल हुने गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनबाट विश्वासको मत लिने समयमा सभामुखले प्रतिपक्षी दलका सांसदलाई बोल्न समेत दिएनन् । सभामुख घिमिरेले गृहमन्त्री रबी लामिछानेले संसदमा बोलेपछि कांग्रेसका सांसदहरुलाई अहिलेसम्म बोल्न दिएका छैनन् । गृहमन्त्री लामिछानेले प्रतिपक्षी दलका नेता र सांसदहरुको नाम किटेर मिडियामा समाचार आएको भन्दै भ्रष्टाचार र अनियमितता गरेको आरोप लगाएका थिए । कांग्रेसले ती आरोपहरु पुष्टि हुनु पर्ने माग पत्रकार सम्मेलन गरी मागिररहेको छ । गृहमन्त्री लामिछानेले कांग्रेसका पदाधिकारी र सांसदमाथि लगाएको आरोपका विषयमा नेपाली कांग्रेसका कुनै पनि सांसदलाई बोल्न नदिन प्रधानमन्त्रीको आग्रह वा सल्लाहमा सभामुख घिमिरेले बोल्न नदिएको स्रोतले बतायो ।

सभामुखले संसदमा बोल्न नदिए पछि नेपाली कांग्रेसले आइतबार मात्र काठमाडौंमा सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सभामुख घिमिरले सत्तापक्षलाई विपक्षीसँग सहमति गर्नको लागि दबाब नदिँदा सदनको नियमित कारबाही अवरुद्ध हुने र वाधा व्यवधानका बीच सभामुखले सदन संचालन गर्दै आउका छन् ।
सभामुख घिमिरेले २०१५ सालको प्रतिनिधि सभाका पहिलो सभामुख कृष्णप्रसाद भट्टराई, २०४८ सालका सभामुख दमननाथ ढुंगाना, संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले प्रतिपक्षी दललाई दिएको प्राथमिकता र उनीहरुको निष्पक्ष भूमिकालाई स्मरण समेत नगर्दा हाल संघीय संसदको गरिमामाथि प्रश्न उठ्न थालेको मात्र होइन, व्यवस्थापिकाको भूमिकामा कार्यपालिकाको हस्तक्षेप बढ्न थालेको छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ जेष्ठ १४, १६: ३९

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ जेष्ठ १४, १६: ३९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ जेष्ठ १४, १६: ३९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...