नेकपा विवादः प्रचण्ड-माधवमाथी अस्तित्वकै खतरा ! – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

नेकपा विवादः प्रचण्ड-माधवमाथी अस्तित्वकै खतरा !


नयाँ विकल्प,

काठमाडौं–सत्तारुढ नेकपा पार्टीभित्रको विवाद थप जटिलता तर्फ जाने संकेत गरेको छ ।
शुक्रबार दिउँसो ३ बजेका लागि बोलाईएको स्थाई कमिटी बैठक स्थगन गर्दै शनिबार दिउँसो सचिवालय बैठक बोलाइएको छ ।


यसले असन्तुष्ट पक्ष प्रचण्ड माधव झन अप्ठयारोमा पर्ने देखिएको छ ।
नेकपाको सबैभन्दा माथील्लो मानिने सचिवालय कमिटीमा ९ जना शिर्ष नेताहरु सदस्य रहेका छन।


जसमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, विष्णु पौडेल,बामदेव गौतम, इश्वर पोखरेल नारायण काजी श्रेष्ठ, राम बहादुर थापा छन ।


सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल पहिले देखि नै प्रधानमन्त्री ओलीको साथमा रहेका छन ।

प्रचण्ड–माधव समुह पक्षका भनिएका रामबहादुर थापा, बामदेव गौतम झलनाथ खनाल यसपटक कित्ता परिवर्तन हुने संकेत देखिएको छ ।


यस्तो अवस्था आएमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी थप शक्तिशाली बन्ने छन । उता सचिवालयमा आफ्नो बहुमतको दावी गरेका प्रचण्ड–माधव थप संकटमा फस्ने देखिन्छ ।


नेकपा विबाद बल्झिदै गएपछि समस्या समाधानकालागि चिनिया राजदुतको भेटघाटले नेकपा भित्र कतिपय गुठ भत्किएको बताईन्छ ।

गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ तथा वरिष्ठ नेता माधव नेपालबीच छलफल निश्कर्समा पुग्न नसकेपछि शुक्रबारका लागि स्थायी कमिटीको बैठक बोलाईएको थियो ।


स्थाई कमिटीको बैठक बोलाईएको केहि बेरमै बैठक सार्नुले नेकपा भित्रको रस्सा–कस्सिलाई स्पष्ट पार्छ ।


शनिवार दिउँसो ३ बजेका लागि सचिवालय बैठकले प्रचण्ड– नेपाल पक्ष थप कमजोर हुन सक्ने र उनिहरुकालागि यो अग्नि परिक्षाका हुने कतिपय बुझाइ छ ।स्थाई कमिटीको बैठक साउन ४ गतेका लागि सारिएको छ ।


किन सारियो स्थाई कमिटीको बैठक ?

नेकपाको स्थायी कमिटीमा ४५ सदस्य सहेका छन । जसमा पुर्व एमाले समुहका २६ र पुर्व माओवादीका १९ जना सदस्यकाे प्रतिनिधित्व रहेकाे छ ।


पुर्व माओवादी तर्फका प्रभावशाली नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट मणी थापा लगायत सदस्यहरु दुई तिहाई नजिक रहेको सत्ता परिवर्तन गर्न नहुने पक्षमा आवाज नै बुलन्द गरेका छन।


यसले स्थाई कमिटीमा पनि ओली पक्ष बलियो हुने संकेत गरेको छ ।
नेकपाको सवैभन्दा उपल्लो र संख्यामा सानो रहेको सचिवालयमा समेत कुन सदस्य कसको पक्षमा भन्ने अन्योल रहेका बेला स्थाई कमिटी बैठक बोलाउँदा पार्टीको विबाद झन छताछुल्ल हुने सक्ने बुझाई नेकपामा छ ।


गृहमन्त्री रामबहादुर थापा बामदेव गौतमले प्रचण्ड नेपालको साथ छाडेको हल्ला बाहिर आएको छ भने । चिनियाँ राजदुत होउ यान्छीसंगको भेटपछि झलनाथ खलालको बोली फेरिएको छ ।


यसैको फाईदा उठाउँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएको बुझिएको छ । अर्को तर्फ बहुमतको सरकारको विरुद्दमा लागेका प्रचण्ड-नेपाल समुहले थप ४० सदस्य रहेको स्थाइ कमिटीकाे मुकाविला गर्न सक्ने अवस्था छैन् ।


नेकपाका आम कार्यकता तथा सुभ चिन्तकहरुले तत्काल सरकार परिवर्नन गर्न नहुने, गल्ति कमजोरी सुधार गरेर केपी ओली सरकारलाई नै निरंतरता दिनुपर्ने आवाज उठाइ रहेका छन।


नेकपा उच्च तहका एक नेताका अनुसार स्थाइ कमिटीमा ओली तथा अशन्तुष्ट पक्षको चौतर्फी आलोचनाको भयले सकभर सचिवालय बैठकबाटै समस्या समाधान गर्ने प्रयास अनुरुप स्थाइ कमिटीको बैठक सारेर सचिवालयको बैठक बोलाईएको हो ।
सचिवालय बैठकमा समस्या सुल्झिन सकेन भने आजकै बैठकले स्थाइ कमिटी बैठकमा छलफलका लागि एजेण्डा तय गर्ने बताइएकाे छ ।


असार १० गतेदेखि सुरू भएको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि असार १८ गतेदेखि बैठक बस्न सकेको छैन। स्थायी समिति बैठक लगातार सारिदै आएको छ ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ भने प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्।
सहमति प्रयासका लागि हुने दुई अध्यक्षका बैठकहरू यही विवादको गोलचक्करमा फसेका छन्।

स्थायी समिति र संसदीय दलमा बहुमत नपुग्ने भएपछि प्रचण्ड नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाउन चाहेका प्रधानमन्त्री पक्षधरको आरोप छ।

सम्बन्धित समाचार

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
  • २०७७ श्रावण ३, ११: ११

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
  • २०७७ श्रावण ३, ११: ११

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • २०७७ श्रावण ३, ११: ११

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन...