प्युठानमा ट्याक्टर दुर्घटना सात जनाकाे मृत्यु – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

प्युठानमा ट्याक्टर दुर्घटना सात जनाकाे मृत्यु

फाइल फाेटाे

नयाँ विकल्प

प्युठानकाे भिङग्री–स्वर्गद्वारी सडक खण्डमा मजदुर बाेकेकाे ट्याक्टर दुर्घटनामा ७ जनाकाे मृत्यु भएकाे छ

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको

प्युटान प्रहरीले जनाएकाे छ । दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने मजदुरकाे मुत्यु भएको बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक डिएसपी नरेन्द्र कुमार कार्कीका अनुसार दुर्घटना शनिवार राती १२ बजे तिर भएकाे हाे ।

लकडाउनका बेला घर गएका मजदुर काममा फर्किने क्रममा दुर्घटनामा परेका हुन । मृतक सात जना युवा राेल्पाका रहेकाे कार्कीले बताए ।
  घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ श्रावण ४, ०९: ००

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ श्रावण ४, ०९: ००

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ श्रावण ४, ०९: ००

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...