
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकले स्कुटरलाई केही मिटर परसम्म घिसारेको थियो।
दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएपछि स्थानीयले ठक्कर दिने ट्रकमाथि ढुंगामुडा गरेका थिए।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टका अनुसार ती महिलाको सनाखत भएको छैन।
दुर्घटनापछि आक्रोशित मानिसहरुले विरोध प्रदर्शन गरिरहेका छन्। अहिले कौसलटारबाट भक्तपुर जाने अरनिको राजमार्गमा आवागमन बन्द छ।
प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ। गठ्ठाघरको अवस्था तनावग्रस्त भए पछि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...