गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पूर्ण क्षमतामा चलाउने सरकारको तयारी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पूर्ण क्षमतामा चलाउने सरकारको तयारी

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न किसिमका सहुलियत दिएर पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी थालेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा निश्चित समयका लागि सहुलियत दिन लागिएको जानकारी दिए।

‘विमानस्थल सञ्चालनमा देखिएका कठिनाइ निराकरण गर्न प्रधानमन्त्रीको नेतृत्वमा अर्थ, परराष्ट्र, श्रम र उद्योग वाणिज्य मन्त्रालयका मन्त्रीसहित छलफल गरिएको छ’ उनले भने । मन्त्री पाण्डेका अनुसार आगामी २०८३ भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ ।

कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरूले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउण्ड ह्याण्डलिङमार्फत लिने सेवा शुल्क आगामी २०८३ भदौसम्म नलिने योजना बनाएको उनले बताए ।

पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने र हवाई टिकटमा लाग्दै आएको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना मन्त्रालयले बनाएको छ।

काठमाडौंको विमानस्थलको भन्दा भैरहवामा सस्तोमा इन्धनको आपूर्ती गर्ने विषयमा कार्ययोजना मन्त्रालयले तयार गरेको छ।

दुवै विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना सरकारको छ।

विमानस्थलमा क्वारेन्टाइन चेकजाँचका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयले गर्नुपर्ने गरी कार्ययोजना मन्त्रिपरिषदमा पेस भएको उनको भनाइ छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ श्रावण ३१, १७: ०३

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ श्रावण ३१, १७: ०३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ श्रावण ३१, १७: ०३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...