
काठमाडौं। सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिका–५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको भीषण बाढीले दुईवटा होटल बगाएको छ।
बाढीका कारण थामे गाउँका ७० प्रतिशत घर डुबानमा परेका छन्। कयौँ घर पूरै भत्किएका छन्। मानवीय क्षति भएको सूचना भने आएको छैन।
हिमताल फुटेको अथवा हिमपहिरो गएको यकिन भइसकेको छैन। घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्।
जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विगत १२ घण्टायता उक्त क्षेत्रमा वर्षा भएको छैन । जलवजायु विज्ञहरुले त्यस क्षेत्रमा वर्षा नभएकोले हिमताल फुटेको वा पहिरोले नदी केही समय थुनिएर आएको हुन सक्ने बताएका छन्।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...