भारतीय प्रधानमन्त्री मोदीलाई आज भेट्दै परराष्ट्रमन्त्री राणा – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

भारतीय प्रधानमन्त्री मोदीलाई आज भेट्दै परराष्ट्रमन्त्री राणा

काठमाडौं। भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछिन्। राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग साँझ भेटवार्ता गर्ने भएकी हुन्।

भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने बताइएको छ।

आइतबार नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।

राणाले भारतीय विदेशमन्त्री एस जयशंकरलाई आजै भेटिसकेकी छन्। भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएकी उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नेछिन्।

दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

आफ्नो पाँच दिने भरत भ्रमण सकेर राणा विहिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
  • २०८१ भाद्र ३, १४: ५०

काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...

बागमती प्रदेशमा सुरक्षा अवस्थाबारे समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न
बागमती प्रदेशमा सुरक्षा अवस्थाबारे समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न
  • २०८१ भाद्र ३, १४: ५०

हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश...

ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
  • २०८१ भाद्र ३, १४: ५०

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...