सुनसरीको गढीमा ज्ञानचनको घाँटी रेटेर हत्या – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सुनसरीको गढीमा ज्ञानचनको घाँटी रेटेर हत्या

इनरुवा। सुनसरी जिल्लाको गढी गाउँपालिकामा ४६ वर्षे ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या गरिएको छ।

गढी गाउँपालिका–६ घर भएका ४६ वर्षीय ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

गढी गाउँपालिका–२ स्थित थाहा टोलमा मजदुरी गर्ने उनको सोमबार बिहान टाउको छिनाएर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बिहान ६ बजे टाउको र शरीर छुट्टाछुट्टै बालुवामा फेला परेको प्रहरीले जनाएको छ। घटनापछि ज्ञानचनसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ३, १७: ४७

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ३, १७: ४७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ३, १७: ४७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...