पर्यटन मन्त्रीको गृह जिल्ला बाजुरामा न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पर्यटन मन्त्रीको गृह जिल्ला बाजुरामा न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित

बाजुरा। सरकारका मन्त्री बद्री प्रसाद पाण्डेको गृह जिल्ला अदालत बाजुरामा २ महिनादेखि न्यायाधीशविहीन भएको छ।

अदालतमा कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ बिदामा बसेपछि जिल्ला अदालत बाजुराको न्याय सम्पादन प्रभावित भएको हो।

जिल्ला अदालत बाजुरामा १ जना न्यायाधीशको दरबन्दी रहेको छ। दरबन्दी अनुसार कार्यरत न्यायाधीश श्रेष्ठ असार पहिलो साता बिदा लिएर बेलायत भ्रमणमा गएपछि जिल्ला अदालतबाट हुने न्याय सम्पादनका कामहरू प्रभावित भएका हुन्।

दुई महिनादेखि बिदा लिएर विदेश भ्रमणमा रहेका न्यायाधीश श्रेष्ठ विदेशबाट फर्किए लगत्तै काठमाडौंबाटै काज सरुवा भएका छन्।

बाजुरामा न्यायाधीश आउने कुराको टुंगो नै छैन। विभिन्न शीर्षकका मुद्दाका पक्षसँग बुझ्दा फैसलाका लागि पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा फैसला सर्दा समस्या भएको छ।

सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाटै निर्वाचित संघीय संसदका सदस्य हुन्।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ३, १८: ५३

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ३, १८: ५३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ३, १८: ५३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...