लुम्बिनीका मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने

बुटबल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिने भएका छन्।

आचार्यले विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन्।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरअनुसार मंगलबार बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

विश्वासको मतको पक्षमा मतदान गर्न नेकपा एमाले, नेपाली काँग्रेस, जनमत पार्टी र नागरिक उन्मुक्तिसहित साना दलले ह्विप जारी गरेका छन्।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सचेतक निमा गिरीले नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई मंगलबारको प्रदेशसभामा उपस्थित भएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको बताइन्।

एमाले संसदीय दलको बैठकले पनि विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

गत साउन ७ गते आचार्य काँग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ३, १९: ०२

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ३, १९: ०२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ३, १९: ०२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...