पर्सामा २३ सय क्युफिट काठ बरामद, २२६ जना पक्राउ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पर्सामा २३ सय क्युफिट काठ बरामद, २२६ जना पक्राउ

बीरगंज। डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार दुई सय ९१ क्युफिट काठ बरामद गरेको छ।

कार्यालयले आर्थिक वर्षदेखि २०७९–८० देखि २०८०–८१ सम्ममा सो परिमाणको काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए ।

सो अवधिमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका २२६ जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको उनको भनाइ छ ।

कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्युफिट बराबरको दाउरा समेत बरामद गरेको जनाएको छ ।

यस्तै, काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल, एक सय ४३ थान साइकल, छ थान ट्याक्टर, छ थान टायरगाडा, ४२ थान बञ्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरिएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७९–८० मा एक सय २६ वटा वनसम्बन्धी मुद्दा दायर गरेको थियो । जसमा १२० थान वनपैदावारसँग र ६ वटा मुद्दा वन्यजन्तु चोरी सिकारीसँग सम्बन्धित थिए । आव २०८०–८१ मा भने कार्यालयले ४२ वटा वनपैदावारसँग सम्बन्धित मुद्दा दायर गरेको थियो ।

कार्यालय प्रमुख कर्णले चालु आर्थिक वर्षमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फर्स्यौट गरिने बताए ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ४, १३: ०२

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ४, १३: ०२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ४, १३: ०२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...