
काठमाडौं। नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीकी धर्मपत्नी भारती सिलवाल गिरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष २०४७ सालमा थापाथली डेराबाट लगेको किताब फिर्ता मागेकी छन्।
काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति सभाका प्रमुख अतिथि देउवासमक्ष सिल्वालले पति स्व.गिरीको योगदानको चर्चा गर्दै सभापति देउवासमक्ष ३४ वर्षअघि लगेको किताव फिर्ता गरिदिन आग्रह गरेकी हुन्।
सिलवालले सन् १९९० तिर देउवा लण्डनबाट नेपाल फर्किएको र थापाथलीस्थित आफ्नो कोठाबाट जयकृष्ण मुर्तिको किताब लगेकोले फिर्ता गरिदिन आग्रह गरिन।
उनले किताब नदिनू भनेर आग्रह गरे पनि श्रीमान् प्रदीपले लैजान देऊ फिर्ता गर्नुहुन्छ भनेको स्मरण गर्दै ‘किताब किन लैजान लागेको दिनुस् त मलाईं म आध्यात्मिक पढ्दै छु भनेँ । पीजेले छाड्देउ लान देउ भन्नुभयो’ उनले भनिन्, ‘आई थिङ्क ‘द लास्ट फ्रिडम’ कि के थियो त्यसको नाम।’
उनले देउवा गृहमन्त्री भइसकेको पाँचपटक प्रधानमन्त्री भइसकेको र छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना रहेको भन्दै आफ्नो पुस्तक फिर्ता पाउने प्रतिक्षामा रहेको बताइन्।
उनले यस्तो बताउँदा देउवासहित कार्यक्रममा सहभागी सबै हाँसेका थिए। देउवाले कार्यक्रममा भने, ‘खै पढियो होला मलाई अहिले याद छैन।’
एमाले महासचिव शंकर पोखरेलले ‘देउवा अध्ययन गर्नुहुन्न भन्ने र नेताहरुमा अध्ययनशिलता छैन भन्ने हल्लालाई भारतीजीले भनेको घटनाले देउवा पुस्तक अध्ययनमा कति रुची राख्नु हुन्छ र नेताहरु पुस्तक कति पढ्दा रहेछन् भन्ने प्रष्ट पारेको’ बताए।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...