
काठमाडौं। बंगलादेशमा विपक्षी बंगलादेश पिपुल्स पार्टीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको बैंक खातामाथिको प्रतिबन्ध १७ वर्षपछि हटाइएको छ।
राष्ट्रिय राजस्व बोर्ड (एनबीआर)ले जियाको बैंक खाता फुकुवा गर्ने निर्णय गरेको हो। उनको बैंक खाता १७ वर्षदेखि रोक्का थियो।
एनबीआरको केन्द्रीय गुप्तचर कक्षले अगस्ट २००७ मा जियाको खाता रोक्का गर्ने आदेश दिएको थियो। त्यसयता उनको एकाउन्ट ब्लक गरिएको छ।
पटकपटक खाता खोल्न माग गरिएको भएपनि शेख हसिना सत्ताबाट बाहिरिएपछि यो निर्णय गरिएको हो।
बंगाली अखबार डेली स्टारअनुसार एनबीआरले खालिदा जियाविरुद्ध कुनै अनुसन्धान मुद्दा नभएको भन्दै बैंकहरूलाई उनको सबै खाताहरू अनफ्रिज गर्न निर्देशन दिइएको बताएको छ।
यसअघि हसिना अगस्ट ५ मा देश छोडेपछि जिया जेलबाट रिहा भएकी थिइन्। उनलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो।
काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...
हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश...
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...