
काठमाडौं। संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पप्रति कडा आलोचना गरेका छन्।
अमेरिकाको सिकागोमा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशनका् डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा आफ्नो सम्बोधनमा ओबामाले ट्रम्पले शक्तिलाई आफ्नो उद्देश्य हासिल गर्ने माध्यम मात्र बनाएको बताए।
उनले आफुहरुले ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न नचाहेको बताए। उनले भने– ‘हामीले प्रायः फिल्महरूमा देखेका छौं कि सिक्वेल फिल्महरू प्रायः खराब हुन्छन्।’
ओबामाले नोभेम्बरको चुनाव नजिकको लडाई हुने बताउदै कमला ह्यारिस र उप–राष्ट्रपति उम्मेदवार टिम वाल्जको प्रशंसा गरे।
उनले जो बाइडेनको प्रशंसा गर्दै यो देशले उनलाई एक प्रतिभाशाली राष्ट्रपतिको रूपमा सम्झने बताए। साथै उनले बाइडेनले ठूलो खतराको समयमा लोकतन्त्रलाई बचाएको भन्दै प्रशंसा गरे।
सम्मेलनमा पूर्वराष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले सम्बोधन गरेकी छन्। यस क्रममा मिशेल ओबामाले ट्रम्पमाथि कडा हमला गरेकी छन्।
मिशेलले अमेरिकी हुनु भनेको के हो भन्नेमा कसैको एकाधिकार नरहेको बताइन्। मिसेल ओबामाले कमला ह्यारिस राष्ट्रपति पदका लागि सबैभन्दा शिक्षित उम्मेदवार भएको बताइन्।
सिनेटर बर्नी स्यान्डर्सले मंगलबार डेमोक्रेटिक नेशनल कन्भेन्सनमा अमेरिकी जनतालाई उपराष्ट्रपति कमला ह्यारिसलाई देशको अर्को राष्ट्रपति चुन्न आग्रह गरे।
आफ्नो सम्बोधनमा स्यान्डर्सले श्रमिक वर्गलाई आकर्षित गर्ने र ठूला–ठूला कर्पोरेट कम्पनीहरूमा क्र्याक डाउन गर्ने कुरा गरे।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...