६ लाख रुसी सैनिक मारिएको युक्रेनको दाबी – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

६ लाख रुसी सैनिक मारिएको युक्रेनको दाबी

किभ (युक्रेन)। रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टले दाबी गरेको छ।

सो वेबसाईटअनुसार युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमण पछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएका छन्।

साढे दुई वर्षमा युक्रेनले ८ हजार ५२२ रुसी ट्याङ्क, १६ हजार ५४२ बख्तरबन्द गाडी, १७ हजार २१६ आर्टिलरी प्रणाली, एक हजार १६६ रकेट प्रणाली, ९२८ वायु रक्षा प्रणाली, ३६७ हवाइजहाज, ३२९ वटा हेलिकप्टर, ३६६ रकेट ध्वस्त गरेको जनरल स्टाफले टेलिग्राममा बताएका छन्।

एक जहाज र एक पनडुब्बी ध्वस्त गरिएको युक्रेनले दाबि गरेको छ। मंगलबार मात्रै एक हजार २१० रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको छ।

रुसी सेनाले सामाजिक सञ्जालमा मंगलबार मात्र २ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको थियो।

कुर्स्कमा भएको आक्रमणबाट आक्रोशित रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले युक्रेन र रुसबीच वार्ताका सबै बाटो बन्द गरिएको बताएका छन् ।

वास्तवमा विगत साढे दुई वर्षदेखि रुसी आक्रमणको सामना गर्दै आएको युक्रेनी सेनाले अहिले जवाफी हमला सुरु गरेको छ।

अगस्ट ६ मा युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो। राष्ट्रपति जेलेन्स्कीअनुसार पछिल्लो १५ दिनमा युक्रेनी सेनाले रुसको कुर्स्कका ९२ गाउँ कब्जा गरेको छ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनाले रुसको १२५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गरेका छन्।

युक्रेनी सेनाले कुर्स्कमा बनेको तेस्रो पुल पनि भत्काएको छ। युक्रेनी वायुसेना कमाण्डर मिकोला ओलेशचुकले यसको पुष्टि गरेका छन्।

अल जजीराका अनुसार यी सबै पुलहरू भत्किँदा रुसको आपूर्ति लाइनमा असर पर्ने उल्लेख छ।

युक्रेनी अधिकारीका अनुसार युक्रेनले १५० भन्दा बढी रुसी नागरिकलाई बन्धक बनाएको छ। तीमध्ये अधिकांश सैनिक रहेको उल्लेख छ।

सम्बन्धित समाचार

आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
  • २०८१ भाद्र ६, १५: २३

काठमाडौँ ।  आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ भाद्र ६, १५: २३

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०८१ भाद्र ६, १५: २३

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।...