
काठमाडौं। सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिको कारण देखाएर प्रहरी अधिकारीहरुलाई तत्काल अवकाश नदिनू भनी अन्तरिम आदेश दिएपछि बढुवाको आशामा बसेका प्रहरी अधिकृतहरु निरास भएका छन्।
३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास पाउँदै गरेका प्रहरीहरुलाई तत्कालन अवकास नदिनु भनी सर्वोच्च अदालतले आदेश दिएपछि विशेष गरी २०५१ साल भदौमा प्रहरी निरिक्षकबाट सेवामा प्रवेश गरेका प्रहरी अधिकृतहरुको पद थामिएको छ।
जसले गर्दा माथिल्लो पदको दरबन्दी खाली नहुँदा बढुवाको प्रतिक्षामा रहेका तल्लो तहका प्रहरी अधिकृतहरु निरास भएका हुन्।
आगामी भदौ १६ गते २१ जना प्रहरी नायव महानिरिक्षक (डिआईजीप), प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) र केही प्रहरी उपरिक्षक (एसपी)हरु ३० वर्षे सेवाअवधिका कारण सेवाबाट अबकास पाउँदै थिए।
प्रहरी ऐनले सेवा प्रवेश गरेका प्रहरी अधिकृत र अन्य पदका राष्ट्रसेवक प्रहरीलाई उमेर, सेवा अवधि र पदावधिको आधारमा अवकास पाउने व्यवस्था गरेको छ।
जसले गर्दा माथिल्लो पदमा रहेका प्रहरी अधिकृतहरुले अवकास नपाएसम्म दरबन्दी खाली नहुने हुँदा मातहतको पोष्टमा रहेका प्रहरी उपरिक्षक र प्रहरी बरिष्ठ उपरिक्षकहरु विशेष गरी बढुवा हुन नपाउँदा निरास भएका छन्।
आगामी भदौ १६ गते ३० वर्षे सेवाअवधि सकिएकाले अनिवार्य अवकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीहरुलाई अवकाश नदिन अन्तरिम आदेश दिएको थियो।
सर्वोच्चले यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको भन्दै उनीहरुको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश दिएको छ।
सर्वोच्चले यो विवादमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ र १० असोजमा पूर्ण सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित नेपाल प्रहरीका २१ जना अधिकारीले आफूहरुलाई ३० वर्षे सेवा अवधिका आधारमा भदौ १६ मा अवकाशमा पठाउन खोजिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...