
काठमाडौं। नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र स्थापना महाअभियाका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाललाई हिन्दु राष्ट्र नेपाल कायम गर्न पार्टीको तर्फबाट आधिकारिक निर्णय गर्न माग गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार भेट गरी महाअभियानका संयोजक भण्डारीले पार्टी केन्द्रीय कार्यसमितिको बैठकबाट हिन्दु राष्ट्र स्थापनार्थ निर्णय गरी संविधान संशोधनको एजेण्डा बनाउन माग गरेका हुन्।
सो ज्ञापन पत्रमा नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, शिख आदिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने नेपाली जनताको भावनालाई पुरै उपेक्षा गरी २०६३ बैशाख ११ मा पुनस्थापित संसदको २०६३ जेठ ४को घोषणाप्रति पार्टीको ठूलो समूह असन्तुष्ट रहेको दाबी गरिएको छ।
अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको विषयप्रति गम्भीर हुँदै काँग्रेसका कार्यकर्ताहरूले २०७१ कार्तिक २० गते काठमाडौंमा काँग्रेस वैदिक सनातन (हिन्दू) राष्ट्र स्थापना महाअभियान गठन गरेको र काँग्रेसको त्रिवेणीधामको महासमिति वैठक, पाँच वर्ष पहिले काठमाडौंको महासमिति वैठकमार गत फागुन ७–१० को गोदावरी महासमिति वैठकमा हिन्दु राष्ट्र स्थापनाको पक्षमा समर्थन प्राप्त भएको ज्ञापन पत्रमा उल्लेख छ।
ज्ञापन पत्रमा महासमिति वैठकमा भएको छलफलमा हिन्दूराष्ट्रको पक्षमा मत प्रकट भएको दाबी गर्दै जारी केन्द्रीय कार्यसमिति वैठकले नेपाललाई वैदिक हिन्दूराष्ट्र नेपाल स्थापनाको लागि संविधान संशोधनको एजेण्डा वनाउन गरिएको छ।
महाअभियानले सभापति देउवामार्फत पार्टी केन्द्रीय कार्यसमिति वैठकमा सो विशेष प्रस्ताव पेश गरेको पनि जनाएको छ।
‘यस्तो राष्ट्रिय महत्वको र व्यापक जनसरोकारको विषयमा पार्टीले समय छँदै उपयुक्त निर्णय लिन सकेन यसले भविष्यमा पार्टीलाई पुग्नसक्ने क्षतिप्रति अहिले नै गहिरो चासो र चिन्ता लिन पार्टी समग्र कार्यकताहरूलाई पनि विशेष आग्रह गर्दछु’। भण्डारीले बुझाएको ज्ञापन पत्रमा भनिएको छ।

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...