
काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदाताले चाहेसम्म निर्वाचित हुन छेकबार लगाउने नीति ृउपयुक्त नभएको बताएका छन्।
काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टी नेतृत्व बहिर्गमनको सन्दर्भमा संचारकर्मीहरुसँग बोल्दै कांग्रेसका पूर्वउपसभापति समेत रहेका सिंहले ‘अहिलेको एक्जिट पोलिसीमा १,२,३,४ को कुरा गरेर काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा उपयुक्त नहुने बताए।
‘लोकतान्त्रिक पार्टीमा नेतृत्व मतदाताले चाहेसम्म हुने हो’ उनले भने, ‘जनताले रुचाएसम्म पोलिटिकल एक्टिभिस्टहरूले आफ्नो काम गर्छन्। त्यसमा छेकबार लगाउने कुरा ठीक होइन।’
उनले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबै विषयमा बहस हुनु स्वाभाविक भन्दै उनले अहिले नेतृत्व बहिर्गमनको नीतिबारेका बहस भने असान्दर्भिक रहेको बताए।
पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत आफूले राखेको बताए।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट एक जना नेता चार अवधि मात्रै सांसद हुने, तीन अवधि मात्रै मन्त्री हुने, दुई अवधि मात्र प्रधानमन्त्री र एक अवधि मात्र राष्ट्रपति हुने नीति अवलम्बन गर्न प्रस्ताव गरेका छन्। महामन्त्री शर्माको यस्तो प्रस्तावप्रति पार्टी सभापति शेरबहादुर देउवा र उनी पक्षधर नेताहरुले विरोध गर्दै आएका छन्।
उनले एक फरक सन्दर्भमा सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिकै स्पिरिटअनुसार सरकारले काम गरिरहेको बताए।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...