
काठमाडौं। सुनकोशी नदीमा खसेको गाडी निकालिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनीलकुमार खड्काका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो। उक्त गाडी अहिले नदी किनारमा राखिएको छ।
शनिबार खोटाङको हलेसीबाट भक्तपुर आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग सडकबाट सुनकोशी नदीमा खसेको थियो।
गाडीमा सवार चारमध्ये एक जनाले हामफालेर ज्यान जोगाएका थिए। डिएसपी खड्काका अनुसार गाडीबाट हामफालेका भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कपाली घाइते छन्। उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ। अन्य तीन जना भने बेपत्ता छन्।
बेपत्ता हुनेहरूमा जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु, ३७ वर्षीय बलराम घटुवा छन्।
उनीहरूको खोजीका लागि २७ जना नेपाल प्रहरी, गोताखोरसहित १० जनाको सशस्त्र प्रहरीको टोली खटिएको थियो।
शनिबार बिहान २ बजेसम्म खोजी गर्दा गाडी भेटिएपनि यात्रुहरू नभेटिएको डिएसपी खड्काले जानकारी दिए। उनीहरूको खोजी आज पुनः सुरू गर्न लागिएको उनले बताए।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...