चाडपर्वको मुखमा निगमका दुवै वाइडबडी ‘ग्राउन्डेड’, दैनिक ४ करोड घाटा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

चाडपर्वको मुखमा निगमका दुवै वाइडबडी ‘ग्राउन्डेड’, दैनिक ४ करोड घाटा

काठमाडौं। नेपाल वायुसेवा निगमसँग भएका दुवै वाइडबडी जहाज ‘ग्राउन्डेड’ हुने भएका छन्।

दुई महिनाअघि असार ९ गते वाइडबडी ‘अन्नपूर्ण’ ‘सी–चेक’ का लागि इटालीको नेपल्समा लगिएकोमा अझै फिर्ता भएको छैन।

निगमको अर्को वाईडबडी जहाज ‘मकालु’ लाई पनि ‘सी–चेक’का लागि पठाउने तयारी भएको छ। साउन ८ मै उक्त जहाज ‘सी–चेक’ का लागि लैजानुपर्ने थियो। तर एक महिना ढिलोगरी सो जहाजलाई पठाउन लागिएको स्रोतले बतायो।

एकमहिनाअघि लैजानुपर्ने जहाजलाई साउन ८ गते निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए।

प्रधानमन्त्रीको आग्रहमा नागरिक उड्डयन प्राधिकरणले मकालु वाइडबडीलाई ३ सय घण्टा व्यावसायिक उडान गर्न समय थपेको थियो।

उक्त दिइएको समय सकिन लागेकाले मंगलबार जापानको नारिताबाट फर्केपछि बुधबार यो वाइडबडी दुबईसम्म यात्रु लिएर जानेछ। त्यसपछि ‘सी–चेक’ का लागि इटाली पठाइने निश्चित भएको छ।

यसरी पहिले पठाइएको जहाज नफर्किदै अर्को जहाज पनि ‘ग्राउन्डेड’ हुँदा चाडपर्वको बेला निगयले ठूलो घाटा व्यहोर्नुपर्ने भएको छ।

नियमका एक अधिकारीका अनुसार दुवै वाइडबडी ‘ग्राउन्डेड’ हुँदा निगमलाई दैनिक ४ करोड घाटा लागेको छ।

‘सी–चेक’ नियमित र प्राविधिक प्रक्रिया भए पनि निगम व्यवस्थापनको लापरबाहीले दुवै जहाज ‘ग्राउन्डेड’ हुने अवस्था आएको हो।

चाडपर्वमा निगमका जहाज ‘ग्राउन्डेड’ हुँदा विदेशी कम्पनीले हवाई दर बढाएर दोब्बर पुगाउने सम्भावना रहन्छ।

इटालियन एटीटेक एसपीएको एमआरओ (मेन्टेनेन्स, रिपेयर ओभरहल)ले ३० दिनमा फिर्ता गर्ने भनेको ‘अन्नपूर्ण’ विमान नआइसकेको अवस्थामा अर्को ‘मकालु’को ‘सी–चेक’ का लागि मिति दिइएको छैन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने केही दिनअघि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितलाई बोलाएर जहाजको मर्मत चाँडो सकेर नेपाल झिकाउन निर्देशन दिइसकेको छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ९, १४: २३

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ९, १४: २३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ९, १४: २३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...