नेकपा एसको पदाधिकारी निर्वाचनको मतदानको तयारी पुरा, मत गणना आजै ६ बजेदेखि – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नेकपा एसको पदाधिकारी निर्वाचनको मतदानको तयारी पुरा, मत गणना आजै ६ बजेदेखि

काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीको पदाधिकारी चयनको लागि अहिले २ बजेदेखि हुने मतदानको लागि तयारी पुरा भएको छ।

निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ। त्यसअघि बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता भइ दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन भएको थियो।

पार्टीको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद पाण्डे सर्वसम्मतले चयन भइसकेका छन्। अन्य पदाधिकारीको चयन सर्बसम्मतले टुंगोमा पुर्याउने प्रयास असफल भएपछि महाधिवेशनले चयन गरेका तीन पदाधिकारीले अन्य पदाधिकारीको चयन गर्न मतदानको प्रक्रिया छनोट गरेका थिए।

केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको विरोध थियो। पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन अध्यक्ष नेपाललाई पनि सकस परेको थियो।

१८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको थियो। केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठ उपाध्यक्षवाहेक अब ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन्।

आवश्यक परे वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने निर्णय यसअघि नै गरेको छ ।

हेनूस् कार्यतालिकाः

 

 

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ११, १३: १८

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ११, १३: १८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ११, १३: १८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...