मोदी र बाइडेनबीच बंगलादेश र युक्रेनका विषयमा टेलिफोन कुराकानी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

मोदी र बाइडेनबीच बंगलादेश र युक्रेनका विषयमा टेलिफोन कुराकानी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका छन्।

दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो। कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहो¥याएका थिए।

मोदी र बाइडेनबीच बंगलादेशको विषयमा पनि छलफल भएको थियो। मोदी र बाइडेनले बंगलादेशको अवस्था छिट्टै सामान्य बनाउन जोड दिएका थिए।

बंगलादेशमा कानून र व्यवस्थाको चाँडो पुनर्स्थापना र अल्पसंख्यक, विशेष गरी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्नमा मोदीले जोड दिएका थिए।

प्रधानमन्त्री मोदी गत हप्ता २३ अगस्टमा युक्रेनको भ्रमणमा थिए। यसै क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटेका मोदीले भनेका थिए, ‘भारत सधैं शान्तिको पक्षमा रहेको छ।

मैले केही दिनअघि रुसी राष्ट्रपति पुटिनलाई भेटेको थिएँ। त्यसपछि मैले उनलाई मिडियाको अगाडि आँखा चिम्लेर हेरें र भने कि यो युद्धको समय होइन।’

युक्रेनको मारिन्स्की प्यालेसमा मोदी र जेलेन्स्कीबीच करिब ३ घण्टा भेटवार्ता भएको थियो। मोदी जेलेन्स्कीसँगै युक्रेनको राष्ट्रिय संग्रहालय पनि गए, जहाँ उनले युद्धमा मारिएका बालबालिकालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ११, १३: ३९

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ११, १३: ३९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ११, १३: ३९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...