राजदूतमा प्रस्तावित १७ जनाको संसदीय सुनुवाइ प्रक्रिया शुक्रबारबाट शुरु – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

राजदूतमा प्रस्तावित १७ जनाको संसदीय सुनुवाइ प्रक्रिया शुक्रबारबाट शुरु

काठमाडौं। विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रियष यही भदौ १४ गते शुक्रबारबाट हुने भएको छ।

संसदीय सुनुवाई समितिले त्यसका लागि सम्भावित कार्यतालिका सार्वजनिक गर्दै भदौ १४ गते उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिने जनएको छ।

समितिले त्यसपछि भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने बताइएको छ।

राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ।

भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ।

पहिलो दिन ४ जनाको सुनुवाई राखिएको छ। सुनुवाइ सकिने बित्तिकै निर्णय गर्नुभन्दा अघि परराष्ट्र मन्त्रीसँग पनि छलफल गर्ने योजना समितिको छ।

त्यसपछि १६, १७ , १८ र १९, २०, २४ र २५ गते समितिको बैठक बसेर समितिले निर्णय दिने कार्यतालिकामा उल्लेख छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ११, १७: १६

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ११, १७: १६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ११, १७: १६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...