
काठमाडौं। गौरा पर्वको अवसरमा प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रसंसा)ले सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी र होहल्ला गर्ने दुईजना पक्राउ परेका छन्।
गौरा पर्वमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम बिथोल्न खोजेको आरोपमा सुर्खेतका गोपीकृष्ण जैशी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको आरोपमा मंगलबार उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थाहा भएको छ।
कार्यक्रमा उनीहरूको समूहले प्रमुख अतिथि प्रधानमन्त्री ओली र विशिष्ट अतिथि देउवा कार्यक्रममा पुग्नेबित्तिकै ‘मुर्दावाद’को नारा लगाउँदै होहल्ला गरेका थिए।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...