
काठमाडौं। जापान सरकारले नेपालका सरकारी अधिकारीहरूलाई स्नातकोत्त र पीएचडी गर्न छात्रवृत्ति प्रदान गर्ने भएको छ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बुधबार नेपाल सरकारलाई ४१ करोड ७० लाख नेपाली रुपैयाँ बराबरको (४५४ मिलियन जापानी येन) अनुदान सहयोग उपलब्ध गराउने सम्झौता भएको हो।
नेपालका लागि जापानी राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले सम्झौतामा हस्ताक्षर गरे।
अनुदानले नेपालका युवा सरकारी अधिकारीहरूलाई दुई वर्षे स्नातकोत्तर तह र तीन वर्षे डाक्टरेट स्तरको कोर्सहरू प्रदान गर्दछ।
मानव संसाधन छात्रवृत्ति (जेडिएस)मा जापान सरकारले सन् २०१६ देखि सहयोग गर्दै आएको छ।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...