
काठमाडौं। उमेर हदका कारण अवकाशमा जान लागेका नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु बुधबार एआईजी ज्ञवालीसहित ती प्रहरी अधिकृतहरु सर्वोच्च पुगेका हुन्।
सर्वोच्च जानेहरुमा एआईजी ज्ञवालीसहित डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुर छन्।
उनीहरुले दिएको रिट निवेदनमा अनिवार्य अवकाशमा जान लागेका उनीहरुलाई उमेर हदको कारणले अवकास नदिन माग गरेका छन्।
उनीहरुल्े यसअघि सेवा अवधिका कारण अवकास पाउन लागेका प्रहरी अधिकारीको हकमा जस्तै आफूहरुलाई पनि ऐनमा उल्लेख गरेर मात्र कार्यान्वयन गराउनु भन्ने आदेश जारी गर्नु पर्ने जिकिर गरेका छन्।
उनीहरुले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन्। प्रहरी प्रधान कार्यालयले उनीहरुलाई उमेर हदका कारण अनिवार्य अवकासको सूचना दिएको छ भने प्रहरी किताव खानाले अवकासको पत्र समेत दिइसकेको छ।
ज्ञवाली यही २६ गते एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन्। बाँकी चार जना पनि ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि पद अनुसारको उमेर हदका कारण त्यस भन्दा अघि नै अवकाशमा जाँदैछन्।
प्रहरी नियमावलीमा डीआईजी र एआईजी पदको उमेर हद ५६ वर्ष निर्धारण गरेको छ भने प्रहरी निरिक्षक र डीएसपीको ५२ वर्ष तथा एसपी र एसएसपीको ५४ वर्ष निर्धारण गरेको छ।
यसअघि एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको इजलासले उनीहरुलाई अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको थियो।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...