एजेन्सी : इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध हजारौँ मानिस सडक प्रदर्शनमा उत्रिएका छन् ।
गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि प्रधानमन्त्रीविरुद्ध पुनः प्रदर्शन भएको हो । प्रदर्शनकारीले बन्धकहरुको रिहाइका लागि हमाससँग तत्काल सम्झौता गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरूले तेल अबिब, जेरुसलम तथा अन्य इजरायलका मुख्य शहरहरूमा प्रदर्शन गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । प्रदर्शनकारीहरूले हातमा इजरायलको झण्डा बोकेका छन् ।
प्रदर्शनकारीहरूको आरोप छ- बेन्यामिन नेतृत्वको सरकारले बन्धकहरूको रिहाका लागि हामससँग सम्झौता गर्नका लागि पर्याप्त कदम उठाएको छैन ।
आइतबार भएको प्रदर्शन शुरुवातमा शान्तिपूर्ण थियो । तर प्रदर्शनकारीहरूले त्यसपछि प्रहरीको बेरियर तोडेर तेल अबिबको मुख्य राजमार्ग अवरुद्ध पारेका थिए । उनीहरूले टायर बालेरसमेत प्रदर्शन गरेका थिए ।
इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडताल गर्ने घोषणा गरेको छ । ट्रेड युनियनले बन्धकहरूको रिहाइका लागि इजरायली सरकार यथासक्य चाँडो हमाससँग कुनै न कुनै सम्झौतामा पुग्नुपर्ने माग गरेको छ ।
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...
काठमाडौं । आज साउन १५ गते देशभर खीर खाएर पर्व मनाइँदै छ। नेपाली समाजमा असार १५ मा दहीचिउरा र साउन...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा विकसित पछिल्लो परिस्थितिप्रति चासो व्यक्त गर्दै राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक अवस्था सामान्य...