श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता दिसानयकेले लिए सपथ – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता दिसानयकेले लिए सपथ

कोलम्बो। श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले आज शपथ लिएका छन्।

नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायकेले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको पत्रिका डेली मिररले जनाएको छ।

दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बनेका हुन्। शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोश्रो चरणमा भएको मतगणनामा उनी निर्वाचित भएका हुन्।

पहिलो राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरेका थिए। दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो, जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो। विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भएका थिए।

दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन्। चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए।

संकटकालदेखि नै व्यवस्थित परिवर्तनको माग गर्दै आएका मतदाताहरूको मनमा उनको आशाजनक सन्देश गहिरो जरा गाडेको विश्वास गरिन्छ।

सन् २०२२ मा तत्कालिन राष्ट्रपति गोटाबाया राजापाक्षेको जनस्तरबाटै विद्रोहसहित हिंसा भड्किएपछि पदबाट राजीनामा दिनुपरेको थियो। त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो। त्यसपछि शनिबार श्रीलंकामा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको हो।

श्रीलंकामा १ करोड ७० लाख मतदाता छन् र देशको निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचन भएको बताएको छ।

यद्यपि, प्रहरीले “सार्वजनिक सुरक्षा” लाई ध्यानमा राख्दै शनिबार राति कर्फ्यू घोषणा गरेको थियो र यसलाई आइतबार स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म लम्ब्याइएको थियो।

करिव ७० प्रतिशत मत खसेको राष्ट्रपतीय निर्वाचनमा ३८ जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि सामेल थिए।

अब दिसानायके नेतृत्वको जनमुक्ति मोर्चा (जेभेपी) गठबन्धनको सरकार बन्ने भएको छ।

सम्बन्धित समाचार

ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
  • २०८१ आश्विन ७, १४: ११

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...

देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबीच ६ बुँदे सहमति
देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबीच ६ बुँदे सहमति
  • २०८१ आश्विन ७, १४: ११

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...

साउन १५ मा खीर खाने परम्परा : संस्कृति, स्वास्थ्य र धार्मिक विश्वासको संगम
साउन १५ मा खीर खाने परम्परा : संस्कृति, स्वास्थ्य र धार्मिक विश्वासको संगम
  • २०८१ आश्विन ७, १४: ११

काठमाडौं । आज साउन १५ गते देशभर खीर खाएर पर्व मनाइँदै छ। नेपाली समाजमा असार १५ मा दहीचिउरा र साउन...