
काठमाडौं। काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले गत असोज १० गतेदेखि २० गतेसम्ममा एक सय ३० वटा पसलको अनुगमन गर्दा २२ वटा म्याद गुज्रिएको (डेट एक्स्पायर) भएको सामान फेला पारेको छ।
महानगरको अनुगमन टोलीले बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा अनुगमन गर्दा २२ वटा म्याद गुज्रिएका उत्पादन पशलहरुमा भेटाएको हो।
८२ वटा पसलमा देखिने गरी मूल्य सूची नराखिएकोले ती पसललाई देखिने गरी सूची राख्न लगाइएको र ६२ वटाको व्यवसाय दर्ता नभएको पाईएको महानगरले जनाएको छ।
यस्ता व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको र यसरी समय दिएकामध्ये १ जनाले दर्ता गरिसक्नु भएको जनाइएको छ।
पसलमा बेच्न राखिएका सामानहरुमध्ये प्याकेजिङ् गरिएका जुस, कुकिजलगायत विस्कुटहरु, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरु, भिनेगर, केचअप, जाम जस्ता खाद्य तथा पेय पदार्थहरु म्याद सकिएको भेटिने गरेका छन्।
उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन गरिएको महानगरले जनाएको छ।
फुड टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेको महानगरले जनाएको छ।
‘सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनोट’ उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन्। यी अधिकारको प्रत्याभूत गराउन महानगरपालिकाले काम गरिरहेको जनाइएको छ।
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...