काठमाडौं : अमेरिकी राष्ट्रपति चयनका लागि मतगणना जारी छ । अधिकांश स्विङ स्टेटमा डोनाल्ड ट्रम्प अगाडि छन् ।
ट्रम्पले उत्तरी क्यारोलिना जितेका छन् भने जर्जिया र पेन्सिलभेनियामा पनि ट्रम्प जित नजिक छन् । यी ती राज्यहरू हुन् जहाँ अधिकांश मतगणना सकिएको छ ।
योसँगै एरिजोना र विस्कन्सिन राज्यमा ट्रम्प आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसभन्दा अलि अगाडि छन् । यी दुई राज्यमा आधाभन्दा बढी मत गणना भइसकेको छ ।
यसैबीच मिशिगनमा कमला ह्यारिस ट्रम्पभन्दा अगाडि छन् । यहाँ अहिलेसम्म ३२ प्रतिशत मात्र मतगणना सकिएको छ । यीमध्ये कुनै पनि राज्यको अन्तिम नतिजा अझै सार्वजनिक भएको छैन ।
अमेरिकामा केही राज्यहरू रिपब्लिकन पार्टीको गढ मानिन्छन् भने केहीलाई डेमोक्रेटिक पार्टीको गढ मानिन्छ । तर केही राज्यहरू छन् जहाँ जित वा हार भविष्यवाणी गर्न गाह्रो छ । यी स्विङ राज्य भनिन्छ ।
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...
काठमाडौं । आज साउन १५ गते देशभर खीर खाएर पर्व मनाइँदै छ। नेपाली समाजमा असार १५ मा दहीचिउरा र साउन...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा विकसित पछिल्लो परिस्थितिप्रति चासो व्यक्त गर्दै राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक अवस्था सामान्य...