
एजेन्सी : टर्कीको एक होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ५० जनाभन्दा बढी घाइते भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ ।
बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । आगलागी नियन्त्रण गर्न १२ घण्टा लागेको थियो ।
टर्कीका कानुनमन्त्रीले यस घटनाको अनुसन्धानका लागि ९ जनालाई नियन्त्रणमा लिइएको बताएका छन् ।
आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो ।
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा विकसित पछिल्लो परिस्थितिप्रति चासो व्यक्त गर्दै राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक अवस्था सामान्य...
काठमाडौं : आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला १५...
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा १० साउनमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...