बागमतीमा ४ वटा ऐन संशोधन गरिँदै – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

बागमतीमा ४ वटा ऐन संशोधन गरिँदै

हेटौंडा : बागमती प्रदेशसभामा विभिन्न ४ वटा ऐन संशोधनका लागि टेबल गरिएको छ ।

सभामुख भुवनकुमार पाठकका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६, प्रदेश खेलकुद विकास ऐन २०७५, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ संशोधनका लागि बुधबार प्रदेशसभाको बैठकमा टेबल गरिएको हो ।

बैठकमा श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबल गरेका थिए ।

उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबल गरेकी थिइन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८१ माघ २३, १५: ०८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८१ माघ २३, १५: ०८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८१ माघ २३, १५: ०८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...