एन्फामा राजनीतिक हस्तक्षेप हुन दिँदैनौं : मन्त्री पोखरेल – Naya Bikalpa
July 4, 2026, Saturday      Epaper

एन्फामा राजनीतिक हस्तक्षेप हुन दिँदैनौं : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अब अखिल नेपाल फुटबल संघ (एन्फा) मा राजनीतिक हस्तक्षेप हुन नदिने बताएका छन्। एन्फामाथि लागेको निलम्बनबारे प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले विगतमा एन्फामा राजनीतिक हस्तक्षेप र भ्रष्टाचार मौलाएको आरोप लगाए। उनले अब एन्फालाई सुधार गरेर पारदर्शी र व्यावसायिक संस्था बनाइने बताए।

उनले भने, “फिफाले निलम्बन गर्दा दुख लागेको छ। तर नेपाली फुटबल अहिलेभन्दा तल जाने अवस्था छैन। अब हामी केही बोल्ड स्टेप लिन्छौं र एन्फालाई सुधारेर माथि उठाउँछौं। एन्फालाई राजनीतिक अखडा बन्न दिँदैनौं, भ्रष्टाचार पनि हुन दिँदैनौं।”

मन्त्री पोखरेलले आगामी नेतृत्वमा फुटबलमा योगदान गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने स्पष्ट पारे। “अब बन्ने एन्फामा राजनीतिक पहुँचका आधारमा होइन, फुटबलमा योगदान गरेका व्यक्तिहरूलाई ल्याइनेछ,” उनले भने।

उनका अनुसार एन्फामा भ्रष्टाचार भएको भन्दै विभिन्न उजुरी परेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। छानबिन प्रतिवेदन प्राप्त हुनेबित्तिकै फिफासहित सम्बन्धित निकायमा पठाइने उनले जानकारी दिए।

मन्त्री पोखरेलले वर्तमान सरकारले हस्तक्षेप गरेका कारण फिफाले एन्फालाई निलम्बन नगरेको दाबी पनि गरे।विश्वकप हेर्न एन्फा पदाधिकारीलाई नपठाइएको विषयमा प्रतिक्रिया दिँदै उनले नेपाली फुटबलले उपलब्धि र आशा देखाउन सकेपछि मात्र यस्ता अवसरको औचित्य हुने बताए।

उनले भने, “नेपालले विश्वकप खेल्नैपर्छ भन्ने होइन, तर कम्तीमा आशा देखाउनुपर्छ। लोकल डिभिजनका खेलसमेत नियमित हुन सकेका छैनन्। भ्रष्टाचारका प्रश्न उठिरहेका छन् र फुटबलको विकास अपेक्षाअनुसार हुन सकेको छैन।”

मन्त्री पोखरेलले सरकार फिफा र एएफसीसँग निरन्तर संवादमा रहेको जानकारी दिँदै सम्बन्धित पदाधिकारीलाई वार्ताका लागि निमन्त्रणा गरिएको बताए।

“हामी विभिन्न विज्ञसँग छलफल गरिरहेका छौं। फिफासँग अन्तरक्रिया सुरु भइसकेको छ। फिफा र एएफसीका पदाधिकारीलाई वार्तामा बोलाएका छौं। उहाँहरू आएपछि थप छलफल हुन्छ,” उनले भने।

उनले सरकारले नेपाली फुटबलप्रति संवेदनशील रहेको उल्लेख गर्दै फुटबललाई माथि उठाउने दृढ अठोट व्यक्त गरे।

सम्बन्धित समाचार

Sava Spin: Quick Thrills for the On-the-Go High‑Intensity Player
  • २०८३ असार १८, १९: ०६

Why Speed Matters at Sava Spin When you’re watching the clock tick in a crowded subway or squeezing a game...

रवि लामिछाने: खोला किनार व्यवस्थापनको अस्थायी कठिनाइले दीर्घकालीन समाधान दिने विश्वास
रवि लामिछाने: खोला किनार व्यवस्थापनको अस्थायी कठिनाइले दीर्घकालीन समाधान दिने विश्वास
  • २०८३ असार १८, १९: ०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापन प्रक्रियामा केही असहजता भए पनि...

Sava Spin Casino: Quick Play, Big Wins – The Ultimate Short‑Session Experience
  • २०८३ असार १८, १९: ०६

When you’re on the move, you need a casino that keeps pace with your lifestyle. Sava Spin Casino delivers that...