यो कानुन आएपछि झन् घरकीलाई नहेर्ने बाहिर केटी राखेर पुरै ‘लिभिङ टुगेदर’ बस्ने समस्या एकदमै बढेको छ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

यो कानुन आएपछि झन् घरकीलाई नहेर्ने बाहिर केटी राखेर पुरै ‘लिभिङ टुगेदर’ बस्ने समस्या एकदमै बढेको छ

चाडपर्वसँगै कोरोनाले सताएको छ, फलेवास नगरपालिकामा त्यो समस्या कत्तिको छ ?
यहाँ पनि नहुने कुरै भएन् । तर, शहरबजार जस्तो प्रभाव त छैन । छिमेकी मुलुक भारतलगायत अन्य मुलुकबाट आउने व्यक्तिबाट फैलिने डर छ ।

त्यसरी बाहिरबाट आउनेलाई पहिला स्वाव टेष्ट गर्ने र पोजेटिभ आउनेलाई आइसुलेसनमा राख्ने र नेगेटिभ आउनेलाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउने व्यवस्था सबै नगरपालिका, गाउँपालिकाले गर्ने गरेका छौं ।

विदेशबाट आउनेसँग डर भयो, अहिले काठमाडौंबाट गाउँ जानेबाट पनि फैलिने डर छैन ?
दशैंजस्तो महत्वपूर्ण चाडमा घर नआउनुहोस् भनेर सबैलाई कन्ट्रोल गर्न सक्ने अवस्था पनि छैन । यो भन्दा पहिला हामीले केही व्यवस्था गरेका थियौं । अहिले चाहीं परिस्थितिको संवेदनशीलता ध्यान दिएर आफै जोगिनुप¥यो । त्यसको होम क्वारेन्टाइनमा बस्नुप¥यो ।

गाउँघर सबैभन्दा ठूलो समस्या भनेको ट्वाइलेटको छ । बस्ने कोठा त बरु मिल्छ, गाउँमा त धन्सारहरु हुन्छन् । खानाको पनि अस्पतालमा भन्दा घरमै राम्रो व्यवस्था हुन्छ । त्यसकारण घरमै क्वारेन्टाइनमा बस्नुहोस् बरु ट्वाइलेट व्यवस्थापनको लागि सहयोग गछौं भनेर नगरपालिकाले बजेटको व्यवस्था गरेको छ ।

नगरपालिकाको बजेटले विकास निर्माणका काम र कोभिड नियन्त्रणमा कसरी समायोजन गर्नुभएको छ ?
कोभिडको हाम्रो मात्रै नभएर विश्वभरिकै समस्या भयो । त्यो समस्याबाट हाम्रो नगरपालिका पनि अछुतो रहेन । विकास निर्माणका काम गर्न चाहीं पहिला कामदारहरुलाई यहाँ नराख्ने गाउँ पठाउने भनेर पठाइयो । पछि समस्याले लामो रुप लिएरपछि तिनै कामदारहरुलाई फर्काएर ल्याउँदा कोभिड फैलिने खतरा सह्यो । त्यसले गर्दा भौतिक पूर्वाधारका काम धेरै डिस्ट्रब भएको छ ।

कोभिडको समस्या सरकारको अदूरदर्शीताका कारणले पछिल्लो समय बढी झांगियो भन्ने छ यहाँलाई कस्तो लाग्छ ?
होइन, सरकारले त एकदमै कन्ट्रोल गरेको हो । यो फेरि बाजा बजाएर आउने होइन । अन्य मुलुकमा जस्तै नेपालमा पनि एक्कासी आएको हो । अन्य विकसित मुलुकले पनि कन्ट्रोल गर्न सकेको छैन । यो एक्कासी आएको महामारी भए पनि सरकारले एकदमै दूरदर्शी ढंगले काम गरेको हो । सरकारले समयमै लकडाउन नगरेको भए नेपालको अवस्था झन् नाजुक हुन्थ्यो ।

लकडाउन त ग¥यो तर जब संक्रमण फैलिएपछि चाहीं खुकुलो गरिदियो नि ?
लकडाउन खुकुलो नगर्दा पनि काम गरेर बिहान बेलुका छाक टार्ने मज्दूरलगायत जनतामा समस्या भयो । अनि सरकारले जनताको मार बुझेर लकडाउन खुकुलो ग¥यो । फेरि जनताले पनि यो समस्यालाई एकदमै सामान्य रुपले बुझ्न थाले त्यसले गर्दा पनि समस्या थपिएको हो ।

सरकारले त जनताको सुविधाभन्दा पनि कर उठाउनको लागि लकडाउन खुकुलो गरेको भन्ने गुनासो छ नि  ?
कर असुल्नको लागि मात्रै लकडाउन खुकुलो गरेको त हुँदैहोइन । तर, सरकारसँगै नागरिकहरु पनि सचेत भइदिएको भए असारसम्मको अवस्था हेर्दा नेपालमा कोभिडको समस्या यस्तरी फैलिन थिएन ।

नागरिककै असावधानीका कारण समस्या आएको हो त ?
अहिले नागरिकहरुमा पनि यो सरकारको मात्रै समस्या होइन । हामी आफैले सावधानी अपनाउनुपर्छ । अनि मात्रै यो रोगबाट जोगिन सकिन्छ भन्ने चेतना जनतामा पनि भइसकेको छ । फेरि कामै नगरिकन कोभिड भनेर बस्नुपनि भएन ।

अब लकडाउन गर्दा पनि ‘लौ सरकारले थुनेर राख्यो, जनतालाई काम गरी खान दिएन’ भन्ने । फेरि खुल्ला गर्दा पनि ‘सबै खुल्ला गरेर जनताको जीवनमाथि खेलबाड ग¥यो’ भन्ने आरोप आइरहेको छ । यो चाहीं बच्चालाई आमाले बढी खान दियो भने पनि अपच भयो भन्ने कम दिँदा खानै दिइनन् भनेर अपजस दिने प्रवृत्ति जस्तो ।

तर, सरकार कोभिड नियन्त्रणको लागि पहिलादेखि जिम्मेवार ढंगले लागिरहेको छ । पहिला सरकारले गरेका निर्णय एकदमै प्रभावकारी थियो । अहिले आएर कोभिड–कोभिड भनेर बस्दा जनताको दैनिक जीवन यापन चौपट भयो भनेर खुकुलो ग¥यो ।

त्यसलाई अहिले नियन्त्रण गर्न हम्मेहम्म परेको छ । तर, काम पनि गरौं, कोभिड नियन्त्रण पनि गर्दै जाऊँ भन्ने सरकारको निर्णय चाहीं सराहनीय छ ।

दशैंको बेलामा लकडाउन हुन्छ भन्ने हल्ला छ नि त्यसो गर्दा उचित होला  ?
यसमा म चाहीं नागरिकहरुलाई के आग्रह गर्न चाहन्छु भने सरकारले पनि कति कन्ट्रोल गरोस् । यसलाई सरकारको प्रयासले मात्रै कन्ट्रोल गर्ने अवस्था पनि छैन । त्यसको लागि नागरिकहरु आफैले सचेत हुनुपर्छ ।

दशैं अर्को वर्ष पनि आउँछ । अहिलेको समस्या भनेका रोगबाट बच्नु हो । त्यसैले काठमाडौंलगायत बाहिर भएका त्यही बसेर रमाऔं । गाउँघरमा भएकाहरु त्यही बसेर रमाऔं । अहिले चाहीं जहाँ जुन अवस्थामा छौं त्यही बसेर रमाऔं । अर्को वर्ष रोग नियन्त्रण भइसकेपछि सबैजना भेटघाट गरेर रमाओला भनेर सबैलाई आग्रह गर्न चाहन्छु ।

त्यसोभए तपाईं फेरि लकडाउन गर्नुपर्छ भन्ने पक्षमा हो ?
जनताको जीवनभन्दा ठूलो कुरा अरु होइन । त्यसकारण यो दशैंको निहुँमा हुने भिडभाड रोक्न र संक्रमण नियन्त्रणका लागि केही समय लकडाउन गरिदिए हुन्छ, भन्न चाहन्छु ।

फलेवास नगरपालिकामा कतिवटा वडा छन् ?
हाम्रो नगरपालिकामा ११ वटा वडा छन् ।

ती सबै वडामा यातायातको सुविधा छ ?
हाम्रो वडामा गाडी पुगेको छ ।

त्यसोभए विकास निर्माणले छलाङ्गै मारेको छ हो  ?
हाम्रो नगरपालिकामा पूर्वाधार विकासले त छलाङ्गै मारेको छ । बाटोघाटोलगायत अन्य विकासमा पनि हामीहरु धेरै अगाडि छौं । हाम्रो साधन, स्रोतले भ्याएसम्म विकास निर्माणका काममा कुनै कसर राखेका छैनौ ।

दुर्गम गाउँमाहरुमा खानेपानी, मोटर बाटो र स्कुलको व्यवस्था कस्तो छ  ?
पहाडी बस्ती भएकाले खानेपानीको समस्याबारे गुनासाहरु आउँछन् । त्यसको परिपूर्तिका लागि वृहत खानेपानी योजना ल्याएका छौं । त्यो लगभग मेकप भइसकेको छ ।

अलिकति समस्या वडा नं. ३ र ९ मा थोरै खानेपानीको व्यवस्थापन गर्न बाँकी छ । अरु ठाउँमा खानेपानी, स्कुल र मोटरबाटोको राम्रो व्यवस्था भइसकेको छ । बरु स्वास्थ्यको क्षेत्रमा अस्पतालको राम्रो व्यवस्थापन भएको छैन ।

लकडाउनको निहुँमा विकास निर्माणका काम त ठप्प भए नि  ?
विकास निर्माणका काम त अहिले सबै रोकिएका छन् । अगाडि पनि मैले भनेकी थिएँ । एउटा ३६ करोडको योजनामा बाटो पिच गर्दै थियौं । कोरोनाको डरले कामदारहरु पठाइयो । पछि ल्याउन एकदमै गाह्रो भयो ।

ग्रामीण महिलाहरुको लागि कस्तो योजना तय गर्नुभएको छ  ?
त्यसको लागि हामीले बजेट बिनियोजन गर्दा नै एक वर्डा र एक महिला उद्यम कार्यक्रम तय गरेका छौं । एक त हाम्रो नगरपालिकामा धेरै बजेट पनि हुँदैन । नगरपालिका भएपनि गाउँस्तरको भएकाले आन्तरिक आयस्रोत पनि धेरै छैन ।

त्यसबाट एउटा वडामा कम्तिमा १० जनासम्मले उद्यम गर्नुभयो भने उहाँहरुलाई लगानी गर्ने भनेर कार्यक्रम ल्याएका छौं । तीनवटा वडाका महिलाहरुले त सुरु पनि गरिसक्नुभएको छ ।

दलितहरुलाई कस्तो कार्यक्रम ल्याउनुभएको छ ?
उहाँहरुलाई आरन सुधार कार्यक्रम ल्याएका छौं । ती समुदायका व्यवसाय अनुसार सीपमुलक कार्यक्रमको पनि व्यवस्था गरिएको छ । त्यसमा पनि एक वार्ड एक आरन सुधार कार्यक्रमको अवधारणा ल्याएका छांै ।

महिला जनप्रतिनिधिको ठूलो जिम्मेवारी छ, घर व्यवहार कसरी मेनेज गर्नुहुन्छ ?
राजनीति भनेको समाजसेवा काम हो । त्यसकारण घरव्यवहार र समाजसेवालाई सँगै लिएर मेनेज गर्नुपर्छ । राजनीति गर्ने भएपछि एक, दुई कुरा छोड्नुपर्छ त्यसको लागि घरको व्यवस्थापन छोडेर पनि हिड्नुपर्छ ।

यहाँ न्यायिक समतिको संयोजक हुनुहुन्छ, कस्ता खालका मुद्दाहरु आउँछन् ?
हामीकोमा घरमा श्रीमती छोडेर श्रीमान् विदेश जाने । कमाएको पैसा श्रीमतीलाई पठाउने । तर, यहाँ आउँदा पैसा र श्रीमती दुवै नहुने समस्याहरु धेरै आउँछन् । पछिल्लो समय यस्तो बढ्दै गएको छ ।

सामाजिक सञ्जालले त्यो समस्या बढेको हो ?
सामाजिक सञ्जालले नै त्यस्तो निम्त्याएको भनि नहालौं । कतिपय कुरामा यसले हामी सहयोग पनि गरेको छ । सबै नराम्रा कुराहरु मात्रै छैनन् । राम्रा कुरा पनि छन् । तर, राम्राभन्दा विकृत कुराहरु हेर्ने बानी बढी भयो ।

विकृत कुरा बढी हेर्ने भएकाले समाज उछृंखल हुँदैगयो भन्ने छ नि ?
अहिले सबै कुरा फेस बुक नै हो । त्यसमा आएका कुरा सबै ठीक हुन् भन्ने चाहीं भएको छ । यसलाई कन्ट्रोल गर्नेभन्दा पनि चलाउनेले कुन सही कुन गलत भनेर छुट्ट्याउनुपर्छ ।

सामाजिक सञ्जालको माध्यमले विदेसिएका युवाहरुको घर बिग्रिएका कति मुद्दा आए ?
त्यस्ता खालका मुद्दाहरु ५, ६ वटा आइसकेका छन् । अरु पनि थपिँदैछन्, यसबाट समस्याहरु छन् । महिलाहरुले फोनमा कुरा गरेका हुन्छन् । त्यसलाई राम्रोसँग लक गरेर राखेका हुँदैनन् चार्जमा राखेका हुन्छन् ।

त्यहाँ के कुरा भएको छ, लभ चाहीं गरेको हुँदैन । तर, त्यो रेकर्ड पनि भइरहेको हुन्छ । त्यसलाई आफ्ना देवर, जेठाजु, भतिजाहरुले श्रीमानलाई भनिदिन्छन् । त्यसबाट कुरा बिग्रँदै गएर समस्या आएको छ ।

महिला हिंसाका घटनाहरु कत्तिका आउँछन् ?
त्यस्ता घटनाहरु पनि आउँछन् । कपियको सासु, ससुरा, श्रीमानलगायतले विभिन्न निहुँमा घरेलु हिंसा भएका घटनाहरु धेरै छन् ।

राज्यले कानुन ल्याइसकेपछि बहुविवाहको समस्या छ कि छैन ?
देखिने गरी बहुविवाह गरेको समस्या चाहीं आउँदैनन् । तर, आधिकारिक रुपमा विवाह नगर्ने । केटी ल्याएर बाहिर राख्ने । बरु त्यसबाट अवैध बच्चा जन्माउने । जेठीको आँखा छलेर सम्पित्ति दिने जस्ता समस्या चाहीं एकदमै बढेको छ । यो कानुन आएपछि झन् घरकीलाई नहेर्ने बाहिर केटी राखेर पुरै ‘लिभिङ टुगेदर’ बस्ने समस्या एकदमै बढेको छ ।

त्यसोभए आधिकारिक विवाह नगरी ‘लिभिङ टुगेदर’को समस्या बढ्यो ?
त्यस्तो समस्या एकदमै धेरै देखिएको छ । अस्ति मात्रै हाम्रोमा त्यस्तो समस्या आएको थियो । विवाह गरेको नदेखाएपछि जेठी कानुनी रुपमा जान पनि मिलेन । सम्पत्ति चाहीं खुरुखुरु कान्छीको नाममा पास गरिदिने समस्या छ । त्यसलाई हामीले पनि खोजेर हिड्ने कुरा भएन ।

अन्त्यमा केन्द्रविन्दुमा रहेको लोकप्रिय online मार्फत् फलेवास नगरपालिकाको गतिविधि र मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद दिँदै, नजिकिएको वडादशैको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ कार्तिक ४, १२: ००

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ कार्तिक ४, १२: ००

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ कार्तिक ४, १२: ००

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...