बाबुरामको प्रश्न प्रचण्ड– नेपालतिर लक्षित – ओलीसँग सती जाने कि विद्रोह गर्ने ? – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

बाबुरामको प्रश्न प्रचण्ड– नेपालतिर लक्षित – ओलीसँग सती जाने कि विद्रोह गर्ने ?


नयाँ विकल्प,

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा)का नेताहरूलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगै ‘सती’ जाने कि विद्रोह गर्ने भनेर गम्भीर प्रश्न गरेका छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्री परिषद पुनर्गठन र राजनीतिक नियुक्तिका विषयमा कुरा नमिल्दा पार्टी फुट्ने अवस्थामा पुगेको सार्वजनिक गर्दै गर्दा नेता भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।

नेकपा माओवादीको नाममा सशस्त्र विद्रोह गर्दाका दाहाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत सोमबार कम्युनिस्ट आन्दोलन बचाउन नेकपाका नेताहरूलाई सुझाव पनि दिएका छन् ।

भट्टराईले ‘विश्व कम्युनिस्ट आन्दोलन धराशायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी र नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली र माओवादीले कति छिटो बिर्सेको,’ भनेका छन् ।

उनले ‘ओली आफ्नो कुबाटोमा दृढ छन्, अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने?’ भनी प्रश्न गरेका हुन् ।

सम्बन्धित समाचार

Rooster Bet Casino Mobile Gaming: Quick Sessions and Instant Decisions
  • २०७७ कार्तिक १७, १७: १६

There is a certain rhythm to how many players approach Rooster Bet casino these days. It is not about sitting...

Ricky Casino Online: Quick Sessions, Instant Decisions, and the Art of the Spin
  • २०७७ कार्तिक १७, १७: १६

There is a certain type of player who doesn’t have time for a three-hour saga. They have twenty minutes, a...

MyStake Casino Games: Een Gids voor Snelle Sessies en Directe Actie
  • २०७७ कार्तिक १७, १७: १६

Het eerste wat je opmerkt wanneer je MyStake op je telefoon opent, is de pure snelheid van alles. Er is...