म नेताहरुलाई पनि भन्न चाहन्छु, अनेक गठबन्धनको नाममा गलत कार्य गर्न कसैले पाउँदैन – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

म नेताहरुलाई पनि भन्न चाहन्छु, अनेक गठबन्धनको नाममा गलत कार्य गर्न कसैले पाउँदैन

कृष्णप्रसाद सिटौला, नेता नेपाली कांग्रेस

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला प्रतिनिधी सभा सदस्यको लागि गृह जिल्ला झापाको क्षेत्र नं. ३ बाट उम्मेद्वार बनेका छन् । पार्टीभित्र र बाहिर निकै चर्चामा रहेका सिटौला कांग्रेसले चुनाव हाक्नका लागि कमाण्डर बनाएर प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकमा राखिएता पनि त्यो सहज सम्भावनालाई महत्व नदिई प्रत्यक्ष निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेसको संसदीय बोर्डमा समानुपातिक सूचीबाट नाम हटाउन निकै लामो रस्साकस्सी पछि सिटौलाको नाम बन्द सूचिबाट हटाईएको थियो । १२ बुँदे समझदारीदेखि दोस्रो जनआन्दोलन पछि तत्कालिन सर्वोच्च कमाण्डर एवम् नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारका सफल गृहमन्त्री पार्टीमा पनि निकै प्रभावशाली नेताका रुपमा परिचित छन् । सिटौला यतिखेर झापाको क्षेत्र नं. ३ बाट रा.प्र.पा.का उम्मेद्वार राजेन्द्र लिङ्देलसँग चुनावी प्रतिस्पर्धामा छन् । संघीय गणतन्त्रको संस्थागत विकासमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै आएका सिटौलाको चुनावी चहलपहल र चुनावी तयारीबारे पत्रकार ऋषि धमलाले झापामै पुगेर गरेका कुराकानीको सम्पादित अशः

तपाइको उम्मेद्वारी झापा क्षेत्र नं. ३ बाट किन र केका लागि ?

निर्वाचित भएर संसद्मा गएर देशको सेवा गर्नको लागि र ३ नं. क्षेत्र जनआन्दोलनको उर्वर भूमि भएको हुँदा मेरो उम्मेद्वारी झापाको क्षेत्र नं. ३ बाटै भएको हो । त्यसैले जनआन्दोलनको, रणभूमिको रुपमा परिणत भएको क्षेत्र नं. ३ शहिदहरुको सपना साकार पार्न सक्षम छ, भन्नका लागि पनि मेरो उम्मेद्वारी हो । संघीय गणतन्त्रको संस्थागत विकास गर्न झापाको क्षेत्र नं. ३ को जनताले मलाई विश्वास गर्नेछन् भन्ने लाग्छ । संघीय गणतन्त्रको संस्थागत विकास गर्न संसदमा मेरो भूमिका अह्म हुन्छ भन्ने विश्वास झापाका जनतामा रहेको छ ।
तपाईका प्रतिस्पर्धी राप्रपाका राजेन्द्र लिङ्देललाई बामगठबन्धनको समर्थन छ । तपाई आफू जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
जनताको मतदान सर्वोत्तम हुन्छ । पार्टीका कार्यकर्ता पनि स्वाभिमानले भरिएका हुन्छन् । नेपाली कांग्रेस र कम्युनिष्टवादी कार्यकर्ताहरु पनि स्वाभिमानले भरिएका छन् र नेताले गल्ती गरे भन्दैमा पार्टीका कार्यकर्ताहरु त्यस्ता हुँदैनन् । नेताको गल्तीलाई सच्याउने क्षमता हरेक पार्टीका कार्यकर्ताहरुले राख्छन् । प्रचण्ड र ओलीजीले राप्रपाका उम्मेद्वार राजेन्द्र लिङ्देललाई समर्थन गर्नु भनेको सबैभन्दा ठूलो गल्ती हो । जुन पार्टीले आफ्नो राजतन्त्र घोषणापत्रमा चाहिन्छ भन्छ र भन्दैछ । जुन पार्टीले आन्दोलनलाई दमन ग¥यो । दमन पनि धेरै ठूलो गरेको थियो । त्यस्तो पार्टीलाई समर्थन गर्नु भनेको दोस्रो जनआन्दोलनको अबमूल्यन गर्नु हो भन्ने लाग्छ । झापा ३ नं. क्षेत्रका जनताले यो कुरा राम्ररी बुझेका छन् । तर कांग्रेस सँधै जनताको म्याण्डेड अनुसार हिँड्ने पार्टी भएको हुँदा झापाको अन्य मतदाताले मलाई भोट हाल्नुहुने छ र मलाई जिताउनु हुनेछ भन्ने विश्वासमा छु ।
शान्ति प्रक्रियामा तपाईको भूमिका अह्म थियो तर पनि तपाईलाई समर्थन किन गरेनन् जस्तो लाग्छ ?
यो उहाँहरुलाई सोध्ने कुरा हो । यो उहाँहरुको पार्टीको कुरा हो । कसले ठिक ग¥यो कसले बेठीक ग¥यो यो त जनताले फैसला गर्ने कुरा हो । आमसभामा जानेले आफ्नो विचार राख्ने हो । जनताले विचार गर्छन् । मेरो विश्वास जनतासम्म पुग्छ । जनता चेतनशील छन् । जनतामा चेतना जागृत भएको छ । मलाई लाग्छ निर्वाचन क्षेत्रमा यो सूचना पुग्छ र जनता पुन जागृत हुन्छन् । जनताले मलाई छोड्नै सक्दैनन् । तसर्थ कुनै हालतमा राप्रपाको गाई चिन्हमा झापा ३ नं. क्षेत्रका जनताले मतदान गर्न सक्दैनन् । २०६२÷०६३ को आन्दोलनमा यत्रो घटना घट्यो । त्यतिका जनताको ज्यान गयो । ती शहिदहरुलाई सम्झनुपर्छ । ती शहिदहरुले बगाएको रगत त्यो सबै झापा वासीको स्वतन्त्रताको लागि हो । त्यसैले परिवर्तनको पक्षमा रहेका कुनै पनि मतदाताले मलाई छोडेर राप्रपालाई मतदान गर्न सक्दैनन् भन्ने मेरो विश्वास छ ।

यो निर्वाचन पछि झापाको ३ नं. क्षेत्रका जनताले विकास भएको देख्न पाउँछन् ?

यो निर्वाचन क्षेत्रमा पहिलो पटक आफ्नो कार्यकाल पुरा गरेको छु । तीन पटक मैले पराजय भोग्नु परेको थियो र तीन पटक म निर्वाचित पनि भँए । हामी आन्दोलनमा गयौ सारा नेपाली जनतालाई थाहा छ आन्दोलनमा मेरो के भूमिका रह्यो भनेर । पहिलो संविधानसभाको निर्वाचन हुँदा यही निर्वाचन क्षेत्रबाट मैले पराजित हुनुप¥यो । तर दोस्रो संविधान ? मैले भने खै हामीलाई जिताएको ? मलाई जिताएर पठाउनु होस् संविधान आउँछ । नेपाली जनताले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाएर पठाए । दोस्रो संविधान सभामा सुशिल कोइराला प्रधानमन्त्री बन्नुभयो । म आँफै संविधासभा समितिको सभापति बने । सबै पार्टीका नेताहरुलाई एक ठाउँमा राखेर समन्वयन गरेर संविधान ल्याउन महत्वपूर्ण भूमिका खेले । प्रष्ट कुरो छ मेरो कार्यकालमा झापा ३ नं. क्षेत्रमा साँढे तीन अर्बको ठूलो आयोजनाहरु आएका छन् ।

उसो भए विकास निर्माणका आयोजना के–के हुन त ?

यहाँको २० किलोमिटर यही आर्थिक वर्षमा कालोपत्रे हुँदैछ । मेचिको निर्माण कार्य सम्पन्न भैसकेको छ । यहाँ पुलहरु बनिसकेका छन् । हरेक गाउँमा खानेपानी आयोजना आएको छ । स्वाथ्य संस्थाका ठूला ठूला भवनहरु बनेका छन् । मैले आफैले पनि उद्धघाटन गरिसके । बाँकी थुप्रै आयोजनाहरु छन् । शिक्षा, स्वास्थ्यको क्षेत्रमा सडक र अस्पतालको क्षेत्रमा भद्रपुरको मेची अस्पताललाई मेडिकल कलेज बनाउने भनेर योजना अगाडी सारेका छौं । भर्खरै मात्रै तीस करोडको सम्झौता भएको छ । निर्वाचन पछि निर्माण कार्य शुरु हुन्छ । अत्यन्तै ठूलो कार्य योजनाहरु मेरो यो कार्यकाल पुरा गर्दै गर्दा यो क्षेत्रले प्राप्त गरेको छ । अब करिब करिब एक वर्षमा यी सबै कार्य योजना पुरा हुनेछन् । अस्पताल बन्नलाई केही समय लाग्ला ।
अहिले पूर्वाञ्चलकै सबैभन्दा ठूलो सभागृह बन्दै । बन्दै गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह, जनआन्दोलनको सम्झनामा शहिदहरुको स्मरणमा सुशिल कोइराला के.पी ओली, प्रचण्ड विजयकुमार गच्छादार सहित शिल्यान्यास गरेको भवन हो । त्यो एउटै भवन थियो, जसलाई सबै पार्टीका नेताहरुले संयुक्त शिल्यान्यास गरेका छन् । त्यसैले यो ठाउँ मार्फत सबै पार्टीका नेताहरुले जनआन्दोलनलाई सम्मान गरेका छन् । त्यसलाई बिर्सेर, विचारबाट विचलित नभै सबै पार्टीका नेताहरुले मनमा स्मरण गरेर मात्र अघि बढ्नुपर्छ भन्ने लाग्छ । देशको स्वार्थ र जनताको स्वार्थ भन्दा ठूलो आफ्नो स्वार्थ हुन सक्दैन । जनआन्दोलनमा मारिएका, संङघर्षमा मारिएका मानिससहरुलाई बिर्सिएर अगाडी जान सकिदैन । हाम्रो कार्य दिशा त्यो भावनाबाट बनेको हुनुपर्दछ । त्यसैले म प्रष्ट भन्न चाहन्छु की नयाँ बिकल्प साप्ताहिक मार्फत देशभरका तमाम मानिसहरुलाई जनआन्दोलनको भावना बमोजिम हामी अगाडी जाने हो । शहिदहरुलाई बिर्सेर कही पुग्न सकिँदैन । इतिहासलाई बिर्सन हुँदैन । इतिहासले मार्ग देखाउँछ । म नेताहरुलाई पनि भन्न चाहन्छु अनेक गठबन्धनको नाममा गलत कार्य गर्न कसैले पाउँदैन ।

गणतन्त्र वादीहरुले किन राजावादी प्रक्ष्य पोषकलाई बोकेका होलान जस्तो लाग्छ ?

कुनै पार्टीको कुनै नेताले आफ्नो स्वार्थको लागि गठबन्धन गर्नुहुँदैन । परिवर्तनका पक्षधरहरु जसले जितुन परिवर्तन अगाडी बढाउँछन् । परिवर्तनलाई बिर्सनु हुँदैन । जनआन्दोलनलाई दबाउनको लागि सङ्घर्षलाई दबाउनको लागि जसले यस्ता काम गरिरहेका छन् आज तिनीहरुलाई बोकेर हिँड्न सकिदैन । जसलाई गणतन्त्र चाहिएको छैैन्, जसलाई संघीयता चाहिएको छैन । त्यसलाई बोक्न सकिदैन । आजको राजनीतिमा गणतन्त्र त्यसै आएको होइन । सात साल देखीको क्रान्ति लोकतन्त्रमा गाँसिएर जनताको अधिकार आयो राजनीतिमा त्यसलाई पटक पटक राजाहरुले खोसेका छन् । बी.पी. कोइरालालाई राजा महेन्द्रले किन जेलमा लगे यसको उत्तर कोही दिन सक्छ । के थियो कारण त्यसबेलामा पञ्चायतीको अदालतले फैसला गरेर हाम्रा मानिसहरुलाई मुत्यृदण्ड सजाय दिएको थियो । के छ उत्तर आज तिनीहरुसँग आज फरी राजतन्त्र चाहिन्छ । राजा ल्याउनुपर्छ भन्नेहरुलाई सम्पूर्ण रुपमा परास्त गर्नुपर्छ । त्यस्तो सन्देश दिन्छ झापा क्षेत्र नं. ३ ले यो मलाई पक्का विश्वास छ ।

वर्तमान अवस्थामा कांग्रेसको स्थिति कस्तो हुन्छ होला जस्तो लाग्छ ?

हरेक पार्टीका नेताहरुले आफ्नो पार्टीलाई ठूलो देखाउने गर्दछन् । ओलीजीले आफ्नोे पार्टी ठूलो भन्नुहोला । प्रचण्डजीले आफ्नो पार्टी ठूलो भन्नुहोला । मेरो विश्वास हो नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । निर्वाचन पछि नेपाली कांग्रेस १ नं. पार्टीमा निर्वाचित भएर जान्छ । नेपालको राजनीतिमा नेतृत्व गर्छ कांग्रेसले निर्वाचनको परिणामले संविधान पछिको पहिलो निर्वाचन हुँदैछ । यो निर्वाचन कसरी हार्छ नेपाली कांग्रेसले ? पक्कै जित्छ । सबैभन्दा ठूलो पार्टी भएर संसद्मा पुग्छ ।

राजेन्द्र लिङ्देलले मैले जति विकास कसैले गरेको छैन कृष्णप्रसाद सिटौलालाई मैले दोब्बर भोटले जित्छु भन्नु भाको छ नि ?

विकास चाँही के गर्नुभयो थाहा छैन मलाई राजा ज्ञानेन्द्रको शासन एकै ठाउँमा जोड्ने दश लाखको मात्रै आयोजना आयो भनेर कुनै देखाइदिनु भयो भने हुने थियो । मेरो कार्यकालमा साँढे तीन अर्ब भन्दा बढी आयोजनाहरु आएका छन् । शिक्षाको क्षेत्रमा मात्रै चार÷पाँच करोडसम्मको भवनहरु बनेका छन् । राजा ज्ञानेन्द्रका् शासनकाल चार वर्ष चल्यो यिनै राप्रपाका नेताहरु उनका हर्ताकर्ता भएर देश दमनको चक्रब्यूहमा फस्यो । रक्तपातमा फस्यो । देश त्यस बेलामा राजा ज्ञानेन्द्रले यो निर्वाचन क्षेत्रमा उनको शासन कालमा जति अर्ब रुपैँया ल्याएको भएपनि हुन्थ्यो । जति पुल, सडक बनाएको भएपनि हुन्थ्यो । कहि कतै विकास गरेको भए पनि हुन्थ्यो नि ? कुनै पुल, सडक बनेको, कुनै ठूला आयोजना बनेको देखाउन सक्नु प¥यो अनि बल्ल विकास गरेको छु भनेर बोल्न सुहाउँछ । नत्र पञ्चायत कालमा जस्तो जनतालाई झुक्याएर भोट लिने अवस्था गएको जस्तो मलाई लाग्छ ।

सम्बन्धित समाचार

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७४ मंसिर ४, ०९: २२

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७४ मंसिर ४, ०९: २२

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७४ मंसिर ४, ०९: २२

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...