“अर्लि महाधिवेशनले मात्र काँग्रेसमा नयाँ रक्त सञ्चार गराउन सक्छ” – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

“अर्लि महाधिवेशनले मात्र काँग्रेसमा नयाँ रक्त सञ्चार गराउन सक्छ”

प्रदीप पौडेल–युवा नेता नेपाली कांग्रेस

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक नटुङ्गिएको अवस्थामा पछिल्ला चरणमा भएका निर्वाचनहरुको हारको समिक्षा गर्दै आगामी दिनमा समग्र कांग्रेस कसरी अगाडी बढ्छ भन्ने विषयमा छलफल जारी छ । पार्टीभित्रका केही युवा जमात भने ‘अर्लि’ महाधिवेशन गरेर मात्र कांग्रेसले नयाँ अवधारणा अबलम्बन गर्न सक्छ भन्ने पक्षमा छन् ।

उता नेपाल सरकारका पर्यटन मन्त्री रविन्द्र प्रसाद अधिकारीले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा तत्पर भएर लाग्ने बताएका छन् । यिनै समसामयिक विषयमा केन्द्रीत रहेर पत्रकार ऋषि धमलाले कांग्रेस नेता प्रदीप पौडेल र पर्यटन मन्त्री रविन्द्र अधिकारीसँग गरेका कुराकानीको सम्पादीत अंश ः

केन्द्रीय समितिको बैठकमा पार्टी सभापतिको बचाउ भइराखेको हो ?
अहिले केन्द्रीय समितिको बैठक जारी छ । सबै साथिले आफ्नो भनाइ राख्ने काम निरन्तर चलिरहेको छ । यी विषयहरु आफ्नो–आफ्नो ढङ्बाट राखिएको छ । विश्लेषणहरु आ–आफ्नो ढङ्गबाट भइरहेको छ । त्यसैले सभापतिको पक्ष र विपक्ष भन्दा पनि आ–आफ्नो विषयहरु प्रस्तुत गरिएको छन् । सभापतिलाई गाली गरेर मात्रै समस्याको समाधान हुँदैन तर सभापतिलाई गाली गरेको भने होइन ।

परिस्थितिको विश्लेषण गरेको हो । अब कमजोरीको कारणले भयो त्यहाँ बढी दोषी को छ भन्ने सन्दर्भमा सभापति जोडिनु सक्नुहुन्छ । त्यो कुरालाई स्वभाविक ढङ्गले लिनुपर्छ । तर अब त्यो ढङ्गले बहस गरेर सम्पूर्ण कांग्रेस कै विश्लेषण गर्न आवश्यक छ । त्यसैले समग्र कांग्रेसको सिद्धान्तको, कार्यशैलीको विधानको संगठनको र सबै पक्षको समिक्षा गरेर हामीले नयाँ बाटो अपनाउनु जरुरी छ ।

कांग्रेसको सुधार गर्नुपर्छ भनेर तपाईले नेतृत्व तयार छ त ?
नेतृत्व तयार हुनुपर्छ । यथास्थितिबाट अगाडि बढेर कांग्रेस पुरानो अवस्थामा पुग्न सक्दैन अथवा कांग्रेसको उचाइ बढाउन सकिदैन । हामीले नेतृत्वलाई हटाउनका निम्ति शेरबहादुर देउवालाई राजीनामा दिनुस् भनेर भनेका होइनौं ।

तपाई अहिले पनि पार्टीको मुल मान्छे हो तपाईको पार्टी सुधारको योजना के हो ? यो कमजोरीलाई हटाउने तपाईको अहिलेको योजना के हो ? लगायतका विषयमा हामीले छलफल गरिरहेका हौ । त्यसैले कांग्रेसको नयाँ दृष्टिकोण पस्कने सन्दर्भमा हामीले निर्वाचनको मात्र होइन समग्र कांग्रेसका विषयहरुको समिक्षा गरेर अगाडी बढ्नुपर्छ ।

बैठकमा तपाईहरुले नै शेरबहादुर देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्नुभएको होइन ?
होइन होइन हामीले केन्द्रीय कार्य समितिको बैठकमा शेरबहादुर देउवा या अरु कसैको विकल्प खोजिने कुरा गरेको होइनौं । हामीले के मात्रै भनेको हो भने यो ढङ्गबाट पार्टी अगाडी जान सक्दैन भनेका हौं ।

यो ढङ्गले चलाएर पार्टी सुदृढ हुन सक्दैन । त्यसैले पार्टीको समग्र रुप नै फेर्नुपर्छ । पार्टीको समग्र पक्षमा सुधार हुनुपर्छ । सबै पक्षमा सुधार हुँदै जाँदा नेतृत्वको कार्यशैली यस्तै भयो भने सुधार भएको मानिन सक्दैन । त्यसैले नेतृत्व सिद्धान्त भित्र समावेश भएका विषयहरु, कार्यशैली, संगठन यी सबै कुरामा रुपान्तरण गर्नुपर्छ भन्ने हाम्रो धारणा हो र त्यही व्यक्त गरेका हौं ।

आफूलाई साँच्चै नै सुधार्ने कोसिसमा हुनुहुन्छ ?
तत्पर भएर लाग्नुपर्छ । कार्यकर्ताको दबाबले पार्टीभित्र उठेका यी विषयहरुले उहाँलाई पनि तत्पर हुने स्थितिमा पु¥याउँछ । अहिले कांग्रेस भित्र नविन ढङ्गबाट अगाडी बढ्ने कुरामा माहोल बनिरहेको छ । मुख्यगरी प्रक्रियागत ढङगबाट सुधारको आरम्भ कसरी गर्ने भन्ने सन्दर्भमा अहिले छलफल केन्द्रीत छ । त्यो छलफलले हामीलाई एउटा सकारात्मक निश्कर्षमा पु¥याउँछ ।

के अर्लि महाधिवेन गर्न आवश्यक छ ?
सबै समस्याको समाधान महाधिवेशनले मात्रै गर्न सक्छ । विधान संशोधनको कुरा पनि महाधिवेशनबाटै हुने हो । अहिले संरचनाहरुलाई पूरा गर्ने रित्तो संरचनाहरुलाई पूर्णता दिने कुरा पनि महाधिवेशनको तयारी समयमा गरियो भने त्यो कुरा, पनि हुन सक्छ । कांग्रेसको सैद्धान्तिक पक्षको रुपान्तरणको संगठनको रुपान्तरणको कुरा कार्यशैलीको रुपान्तरणको कुरा अथवा कांग्रेसमा जे जति सुधारका कुरा हामीले गरिरहेका छौं त्यो कुरा महाधिवेशनले मात्रै संभव गर्न सक्छ ।

त्यस कारण महाधिवेशन भयो भने एउटा नयाँ उत्साह सञ्चार हुन सक्छ आम जनताका बीचमा एउटा सन्देश प्रवाह गर्न सक्छौं । त्यसकारण यो सुस्ता र निराशापूर्ण अवस्थामा रहेको पार्टी संगठनलाई सुदृढ गर्नका निम्ति एउटा आशाको सञ्चार गर्नका निम्ति महाधिवेशनमा जानुपर्छ भनेर हामीले भनिरहेका हौं । त्यसो गर्न सकियो भने मात्रै हामीले नेपाली कांग्रेसलाई पुनः गतिशिल बनाउन सक्छौं ।

त्यसोभए तपाइहरु अर्लि अधिवेशन जाने पक्षमा हुनुहुन्छ ?
हो जति सक्दो चाँडो महाधिवेशन गर्नुपर्छ भन्ने नै हाम्रो कुरा हो । महाधिवेशनले यी सबै कुराको समाधान दिन सक्छ । नेपाली कांग्रेसलाई नयाँ रक्तसञ्चार सिर्जना गर्न सक्छ भन्ने नै हाम्रो कुरा हो । त्यसैले त्यो कुरा हामीले गरिरहन्छौ । हामीले त्यसको निम्ति साथिहरुलाई पनि तयार गर्ने कोसिस गरिरहेका छौं ।

अर्लि अधिवेशन हुन नसकेको खण्डमा के गर्नुहुन्छ ?
सबैभन्दा पहिले चाँही कांग्रेसमा सुधारको आवश्यकता छ । रुपान्तरणको आवश्यकता छ । यथास्थितिबाट चलेर कांग्रेस उचाइमा पुग्न सक्दैन भन्ने कुरामा मलाई लाग्छ सबै जना सहमत हुनुहुन्छ ।

अहिलेको रित्तो स्थानलाई कसरी पुर्ति गर्ने हो कांग्रेसका सबै सैद्धान्तिक विषयका बहसहरु कहाँ गएर गर्ने हो, कार्यकर्ता अथवा तल्लो तहका साथीहरुलाई कांग्रेसको रुपान्तरणको बहसमा कसरी सहभागी गराउने हो, भन्ने खालको योजना चाहियो नि । होइन भने अभियान बिहिन क्रियाशिलता बिहिन अवस्थाबाट त हामी अगाडी जानै सक्दैनौं । त्यसकारण कि त जति अवधि बाँकी छ त्यो अवधिका लागि त्यसको छुट्टै अभियान सञ्चालन गर्नुप¥यो होइन भने महाधिवेशनको तयारीका सन्दर्भमा हामीले रुपान्तरणको बहसमा कार्यकर्ता पङ्त्तिलाई सहभागी गराउनका निम्ति महाधिवेशनको प्रक्रिया अगाडी बढ्छौं ।

त्यहाँ मञ्च तयार हुन सक्छ र बहस हुन सक्छ । हामीले समग्र साथिहरुलाई कांग्रेसको रुपान्तरणको विषयमा सहभागी गराउन सक्छौ भन्ने हाम्रो दृष्टिकोण छ ।

तर बसै युवा नेताहरुको साझा प्रस्ताव आएन नि ?
होइन, त्यहाँ बोल्ने क्रममा धेरैको कुरा एक आपसमा मिलेको छ । हामीले लिखित प्रस्ताव पनि दिन्छौं त्यो सामग्रीको बारेमा हामीले चाँही छलफल गरिरहेका छौं । तर केन्द्रीय कार्यसमितिमा सबैले बोलेर आफ्नो दृष्टिकोण राखि सकेपछि साझा विषय बनाएर हामीले लिखित प्रस्ताव दिने कुरा गरिरहेका छांैं । बैठक चलिरहेको छ, यस बीचमा त्यो कुरा आउँछ । हामीले अब त्यो खाली समिक्षाका नाममा पुरानो कुरा मात्रै कोट्याउने, खाली सभापति अथवा अरु कसैले गल्ति गर्नुभयो मात्रै भन्ने विषयसँगै सुन्ने छैन अब बाटो कस्तो हुनुपर्छ, कुन तरिकाबाट अगाडी जान सकिन्छ भन्ने बारेमा केही साथीहरु मिलेर साझा दृष्टिकोण प्रस्तुत गर्ने कोशिस गरिरहेका छौं ।

देशमा स्थायित्व र समृद्धिको विकास सुरु भएको सरकारले भनिरहँदा कांग्रेस भने आफ्नै आन्तरिक द्धन्द्धमा रुमलिरहेको छ नि ?
अब यसलाई आन्तरिक द्वन्द्व पनि भन्न मिल्दैन । निर्वाचनको परिणामका कारणले पार्टीभित्र कतिपय विषयहरुलाई सच्याउनुपर्छ भन्ने एउटा परिस्थिति बनेको हो । आजको २१ औं शताब्दीमा कम्युनिष्ट विचार बोकेको राजनीतिक दलले नेपाली कांग्रेसलाई उछिन्दै गर्दा त्यो सन्दर्भमा समिक्षा गर्ने कुरा स्वभाविक हुन सक्छ । समिक्षाको विषयवस्तु अन्तरवस्तुका बारेमा केही मतभेदहरु पनि हुन सक्छ । त्यसैले यसलाई स्वभाविक समिक्षाका रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ । यसलाई एकदम आन्तरिक द्धन्द्ध बढेको भनेर लिन मिल्ने अवस्था छैन । मुख्यगरी अब हामी कुन भूमिकाले आफुलाई प्रभावकारी ढङ्गबाट उपस्थित गराउन सक्छौं अब हाम्रो भूमिका के हुनुपर्छ भन्ने विषयमा पनि समिक्षा गर्नुपर्छ ।

त्यसोभए विकास र समृद्धिको कुरा गर्ने बेला आएको छैन ?
हामीले कांग्रेसमा पनि त्यो गर्न खोजेका हौं । हिजो लोकतन्त्रको कुरा गरेर लोकतन्त्रका निम्ति कांग्रेस हो भनेर हामीले कांग्रेसको अस्तित्व जोगाउने कोसिस ग¥यौ । कांग्रेसलाई त्यो भूमिकाको निम्ति बलियो बनाउने कोसिस ग¥यौ अब त्यसमा मात्रै सिमित छैन । विकासको विरोध हामी होइनौं । पहिले सुधार गरेर बलियो भएर अघि बढ्नुपर्छ भन्ने कुरा हो ।

सम्बन्धित समाचार

Casinova im Check: was dran ist und was mir auffällt
  • २०७४ चैत्र २६, ०८: ५७

Casinova im Check: Spielauswahl, Boni, Zahlungen und Schwächen für deutsche Spieler mit Blick auf OASIS, LUGAS und Auszahlungen.

CoinCasino España: lo que de verdad encontrás en este cripto casino
  • २०७४ चैत्र २६, ०८: ५७

Reseña completa de CoinCasino España: licencia, seguridad, juegos y experiencia real. Análisis veterano de un cripto casino con luces y...

Stake Casino Login og Instant Crypto Play: En Session-Baseret Guide til Gates of Olympus og Mere
  • २०७४ चैत्र २६, ०८: ५७

Der er en særlig type spiller, der ikke har tid til langsomme opbygninger eller trukne fortællinger. De vil logge ind,...