लालबाबु राउत–मुख्यमन्त्री, प्रदेश नं. २
नयाँ संविधान अनुसार मुलुक प्रादेशिक संरचनामा गइसकेको छ । सोही अनुरुप प्रदेश सरकार, पनि गठन भइसकेको छ । तर प्रदेश सरकार गठन भएको छ महिना बितिसक्दा समेत प्रादेशिक संरचना पूर्ण रुपले स्वचालित हुन सकेको छैन । प्रदेशमा सरकार त गठन गरेको तर काम, कर्तव्य र जिम्मेवारी प्रष्ट रुपमा नतोकिनुको साथै पर्याप्त स्रोत र साधन समेत केन्द्र सरकारले उपलब्ध नगराएको गुनासो प्रदेश सरकारहरुले गरिराखेका छन् ।
केन्द्र सरकार प्रष्ट नहँुदा प्रदेशका विकासका कामहरु अघि बढाउन अलमल हुनुका साथै, प्रदेश संचालनमै कठिनाइ भइराखेको प्रदेश प्रमुख तथा मुख्य मन्त्रीहरुले बताइराखेका छन् । कर्मचारी अभाव, सिमित स्रोत, सिमित अधिकार, सिमित साधन, सिमित कानुन लगायतले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको उनीहरुको भनाई छ ।
यिनै विषयमा प्रदेश नं. २ को अवस्था, यसको संचालन, संचालनमा चुनौती र चुनौतीको सामनाका लागि गरिएको प्रयासहरुबारे प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतसँग पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अंशः
निर्वाचनको समयमा जनतालाई दिएको आश्वासन अनुसार काम गर्नुभएको छैन भन्छन् नि हो ?
होेइन, निर्वाचनको समयमा जनतालाई दिएको आश्वासन अुनसारको काम गर्न सुरु गरिसकेको छु । आवश्यक ऐन, कानुनहरु निर्माण गर्न लागि परेको छु । नीति तथा कार्यक्रम अनुसार बजेट ल्याइएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याइसकेपछि प्रत्येक मन्त्रालयले चार महिनाको प्रगति विवरण पेश गर्न निर्देशन दिएको छु । यसरी हामी आउने दिनहरुमा व्यवस्थित किसिमले आफ्ना कार्यहरु अगाडी बढाउँदै जानेछौं र जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्न लागि परेका छौं ।
तर प्रदेश नं. २ का जनताले सोचे अनुसारको परिणाम आउन सकेको छैन भन्छन् नि ?
संघीय सरकारको सबै संरचनाहरु बनिसकेका छन् । यद्यपी संघीय संरचनामा ५०औं वर्षको संरचना कायम छदै छ । फेरी संघीय सरकार चाँही जसको नेतृत्व दुई तिहाइ बहुमतको रहेको छ, त्यसैले त्यहाँ जुन विद्येयक लगे पनि पास हुने अवस्था छ । यो समयमा हामीकहाँ अरु थुप्रै ऐन कानुन ड्राफ्ट गरिदैछ । प्रदेशमा भएको सिमितबजेटले हामी प्रयाप्त मात्रामा काम गर्न सकिरहेका छैनौ ।
अनि भएको संरचना पनि ध्वस्त पारिएको छ, समाप्त पारिएको छ । न्यून बजेटले सम्पूर्ण जिल्लाका संरचना बनाउनुभन्दा झन् समाप्त पारेजस्तै भयो । त्यसैले भएको संरचनाबाट अहिले मुलुकले के पायो त ? सातै प्रदेशको कुरा गर्दा सातै प्रदेशको जुन तल्लो तहको संरचना जहाँ छ, त्यो हामीसँग आयो तर हामीले त्यसलाई संगठन गर्न सकिरहेका छैनौं । जुनसुकै स्थानीय निकायहरुमा पनि बजेट अपुग, कर्मचारी अपुग, साधन, स्रोतको अभाव हँुदै भएको संरचनाको पुनःनिर्माण, नयाँ संरचनाहरुको निर्माण गर्ने कार्य निकै जटिल छ ।
संघीय सरकारले कर्मचारी समेत भनेजति पठाउन सकेको छैन । हालै मात्र केही कार्यालयहरुमा पठाइएको छ, त्यो पनि अपुग भएको छ, भनेजति पठाउन सकेको छैन । यसरी अपुग कर्मचारीहरुलार्ई कसरी व्यवस्थित गरेर अगाडी बढ्ने भन्ने कुरा जटिल छ । तल्लो तहसम्मका आफ्ना कार्यालयलाई कसरी व्यस्थित गर्ने त्यसको लागि पनि हामीले एउटा कार्यदल गठन गरेका छौं ।
त्यति मात्र होइन, अहिले चाँही हामीसँग आएका र हामीसँग भएका स्रोत–साधनलाई कसरी खर्च गर्ने भन्ने त्यसको मेकानिजमहरुलाई व्यवस्थित बनाउन लागेका छौं ।
सरकार बनेको ६ महिनासम्म मेकाजिमको कुरा गर्दै हुनुहुन्छ, काम सुस्त भएन र ?
होइन, सुस्त गति भनेको के हो ? यति छोटो समयमा पनि हामीले दर्जनौ कानुन निर्माण गरिसकेका छौं । दर्जनौ ऐन, कानुनहरु हाम्रो संसदभित्र आइसकेका छन् । दर्जनौ पाइप लाइनका कामहरुमा सैद्धान्तिक नीतिहरु पास गरिसकेका छौं ।
शून्य स्थानबाट सुरु गरेर यतिकोे अवस्थासम्म आइपुगेका छौं । त्यसैले त मैले अघि नै भनिसके हामीसँग भएको सिमित स्रोत र साधनलाई परिचालन गर्दै आएका छौं । सरकारको १०० दिने कार्यक्रममा दुईवटा नीति तथा कार्यक्रम ल्याएर हामीले त्यसमा आधारित बजेट ल्याएका छौं । ती बजेट अनुसारका कामहरु सुरु गर्दै छौं । सिमित स्रोत, साधनहरुबाट आफ्ना कामहरुलाई कसरी अगाडी बढाइरहेका छौं तपाई सञ्चारकर्मीहरुले त्यसलाई गहिरोसँग अध्ययन गर्दै जानुहोस् ।
केन्द्रीय सरकारले पर्याप्त स्रोत–साधन उपलब्ध गराएन भनेर तपाई पिन्छिन खोज्नु भएको त होइन ?
होइन होइन, किनभने सिमितस्रोत र साधनको सदुपयोग गर्दै हामीले कामको गतिमा तिव्रता दिइरहाखेका छांै । तपाईले गति सिमितगरेको छ भनेर भन्नुभयो त्यसो होइन । भर्खर भर्खर निर्माण भएको प्रदेशमा मेकानिजमको खाँचो छ ।
मेकानिजम नबनाई गतिलाई तीव्रता दिन गाह्रो हुन्छ । त्यसैले यहाँ जे जति कर्मचारीहरु खटेर आउनुभएको छ, उहाँहरु सबैले निकै डटेर काम गरिराख्नु भएको छ । उहाँहरु प्रति मेरो कुनै गुनासो छैन । तर गुनासो के छ भने समयमा आवश्यक पर्ने जति कर्मचारी पठाउनु पर्ने हो, केन्द्रले त्यो पठाउन सकिरहेको छैन । अहिले चाँही बल्लबल्ल केही कर्मचारीकारुको लिस्ट मात्र आएको छ ।
त्यो लिस्टमा भएको कर्मचारीलाई कसरी खटाउने ? बिना कार्यालय खटाउने होकी रोडमै राख्ने हो । त्यसलाई निश्चित एउटा मेकानिजम बनाएर हामी अगाडी बढ्नु पर्ने हुन्छ । त्यस्तो खालको मेकानिजम बनाउनलाई समय लाग्छ । त्यसैले आवश्यक ऐन, कानुनको अभावमा ती कर्मचारीलाई कहाँ खटाउने, कहाँ पठाउने, लगायतका कारण हामी अलमल परिरहेका छौं पन्छिन खोजेको चाँही होइन ।
छ महिनासम्म पनि प्रदेशमा सबै किसिमको संरचना निर्माण नहुनु मुख्यमन्त्रीको पनि कमजोरी होइन र ?
हाम्रो मात्र हो र ? छ महिना भन्दाखेरी संघीय सरकार बनेको नि छ महिना भयो । छ महिनामा संघीय संरचनाको उपलब्धी चाँही के हो त ? नीति तथा कार्यक्रमको कुरा गर्ने हो भने नीति तथा कार्यक्रम भित्र हाम्रो आफ्नै ब्राण्ड छ । त्यसैले हामी प्रदेशका सांसदहरु दिनहुँ बैठक बसेर कसरी अगाडी बढ्ने भनेर कार्यक्रमका बारेमा छलफल गरिराखेका छौं ।
प्रदेशमा भएको सिमितबजेटलाई हामी कसरी मेकानिजम बनाएर योजनालाई अगाडी बढाउने भनेर लागि परेका छांै । हामीलाई अहिले पूर्ण संरचना बिहिन गरि राखिएको छ । साँच्ची नै भन्ने हो भने शान्ति सुरक्षाको जिम्मा प्रदेशको भनेर तपाईहरु सोच्नुहोला । त्यसो हुन सकेको छैन ।
अहिले प्रहरी प्रशासन कोसँग छ ? मैले खटाउन सक्ने अवस्था छ कि छैन ? विकास निर्माणको कार्यलाई कसरी अगाडी बढाउने ? पहिले भएको विकास निर्माणका संरचना सबै ध्वस्त पारेर अहिले म चाँही कुन माध्यमले काम गर्न सक्छु ? २ नं. प्रदेशमा हामी छ जना मन्त्रीेले मात्रै काम गर्ने हो र ? सबै कुराको काम गर्नको लागि मेकानिजम र सिस्टमबाट काम गर्नुपर्छ ।
त्यसोभए तपाईले प्रहरी प्रशासनलाई खटाउन पाउनु भएको छैन भने शान्ति सुरक्षाको व्यवस्था भइराखेको छ त ?
प्रदेशमा प्रहरी प्रशासन खटाउने काम प्रदेश सरकारले गर्नुपर्छ, तर अधिकार खोइ ? त्यसैले अहिले चाँही जुन किसिमको अन्यौलता सिर्जना गरिएको छ । निश्चित रुपमा यो अन्यौलता समाप्त हुनुपर्छ ।
यो मुलुक संघीय शासन प्रणालीमा गइसकेपछि सबैले आफ्नो अधिकार क्षेत्र र दायित्व बुझेर काम गर्नुपर्छ । प्रदेश सरकारको आफ्नो जुन किसिमको क्षेत्राधिकार छ, सीमितता छ, उसको जति पनि बाध्यता छ, त्यो बुझेर काम गर्नुपर्छ । प्रदेश सरकारमा कसरी मेनपावरदेखि लिएर आवश्यक बजेट निकासको योजनाहरु छन्, त्यसलाई कसरी कहाँ प्रवाह गराएर प्रभावकारी किसिमले अगाडी बढाउन सकिन्छ त्यो निकै सोचनिय छ ।
वर्तमान संविधानअनुसार देशमा अहिले तिन किसिमको सरकार निर्माण भइसकेको छ, जुन संविधानमै व्यवस्था भए अनुसार सहअस्तित्व र समन्वयको संवैधानिक व्यवस्था तय गरेको कुरालाई पनि पुरा गर्न सक्नुपर्छ । त्यसैले यी तीनवटै सरकारबीच समन्वयन, समझदारीको वातावरण छिटो भन्दा छिटो व्यवस्थापन गर्नुपर्छ भन्ने लाग्छ ।
वर्षायाको बेला छ, प्रदेश नं. २ मा बाढी पहिरोको लगायतले गर्दा जनता पिडित छन्, यसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
प्रायगरी वर्षातको समयमा मधेशमा बाढी प्रकोप भइरहेको अवस्था छदैछ । गर्मीको समयमा पहिले पनि केही घरहरु जलेका थिए । त्यतिबेला बारा जिल्लामा २४ घण्टाभित्र प्रदेश सरकार प्रमुख म आफैँ र मन्त्रीहरु समेत गएर राहत वितरण ग¥यांै । वर्तमान अवस्थामा जहाँजहाँ बाढी पहिरोको प्रकोप भइरहेको छ, त्यहाँत्यहाँ पुगेर राहत वितरण गरिरहेका छौं ।
प्रदेश सरकारको निर्णय अनुसारनै म स्वयम् पुगेर पिडितहरुलाई ५०÷५० हजार रुपैयाँ घर घरमा पु¥याएका छौं । त्यतिमात्र होइन मधेश आन्दोलनमा निधन हुनेहरुको विवरण संकलन गरेर उहाँहरुको परिवारलाई रोजगारी दिने व्यवस्था प्रदेश सरकारले निर्णय गरेको छ । भएको स्रोत, साधनबाट हामीले जे जति गर्न सक्छौं, त्यो कामको लागि प्रदेश सरकार कहिले पनि र कुनैपनि हालतमा पछाडि फर्केका छैनौं । विकास र निर्माणको काम गर्नका लागि प्रदेश सरकार एकदम तत्पर छ ।
यो प्रदेशभित्र शु–सासन, विकास र समृद्धि हाम्रो प्रदेशको मुख्य एजेण्डा हो । यो एजेण्डालाई बोकेर प्रदेश सरकार अगाडी बढेको छ त्यसैले तपाईहरुको साथ र सहयोग रहने विश्वास लिएका छौं ।
तर २ नं. प्रदेशमा त शु–शासन भन्दा भ्रष्टाचार बढी छ भनिन्छ नी कसरी निर्मुल पार्नुहुन्छ ?
सबै ठाउँमा त्यस्तै होला । त्यसको समृद्धि र शु–साशनका लागि केन्द्रमा भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेशमा पनि संरचना बनाएर सशक्त बनाउनुपर्छ । अख्तियार दुरुपयोग गर्नेलाई कसले रोकेको छ ? केन्द्रीय सरकार र संघीय सरकारबीच समन्वय गरेर कुशासनलाई हटाएर शु–साशन अगाडी बढाउनुपर्छ ।
सबै तह र तप्काका व्यक्तिहरु पनि अनुशासित हुनुपर्छ । अनुसाशति बनाउने काममा हामी लागि परेका छौं । जति अनुसाशन बढ्दै जान्छ त्यति शु–साशन बढ्दै आउँछ ।
उसोभए तपाईको प्रदेश नं. २ मा रहेका मन्त्रीहरु कति अनुशासित हुनुहुन्छ त ?
२ नं. प्रदेशमा सरकार निर्माण भएदेखि अहिलेसम्म कसैले कसैलाई औला ठड्याउन सकेको छैन । राजनैतिक कुराले मात्र हुँदैन यस्ता नचाहिने कुरा गरेर फाइदा पनि छैन । यो मुलुकमा जसलाई पनि दोषी प्रमाणित गर्दैमा, त्यो दोषी हुन सक्दैन । मुलुकका धेरै जसो यस्ता व्यक्ति मन्त्री, प्रधानमन्त्री बनिसकेका छन् । विगतका कुरा यहाँ कोट्याएर सम्भव छैन ।
यो सबै नेपाली जनताले बुझिसकेका कुरा हुन् । त्यसैले अभियुक्त बनाउँदैमा त्यो दोषी हुँदैन । जबसम्म अदालतले दोषी प्रमाणित गर्दैन, त्यो दोषी हुनै सक्दैन । यो मुलुकमा निर्दोष व्यक्तिलाई पनि अभियुक्त बनाउन सकिन्छ नि त ।
अन्तमा यस नयाँ विकल्प साप्ताहिक मार्फत नढाटिकन बताउनुस् की तपाई मुख्यमन्त्री भएको छ महिलनासम्म पनि किन सरकारलाई पूर्णता दिनसक्नु भएन ?
२ नं. प्रदेशमा गठबन्धन सरकारको सिमितताका कारण केही अप्ठ्यारो परेकै हो । राजनैतिक दलहरुबीच सहमति जुटाउन समय लागेको हो । गठबन्धन सरकारमा आउने मन्त्रीहरुको नाम ढिलो आएको हो । राजपाको तर्फबाट पनि पछि नाम आएकोले हामीले त्यसलाई एड्जस्ट गरेका हौं । मधेशको सन्दर्भमा स्थानीय घटनालाई लिएर केही तनावै थियो ।
त्यसैले उहाँहरुको भनाइलाई हामीले देखेका छौं, हेरेका छौं, भोगेका छौं त्यस अनुसारको जुन आयोगबाट रिर्पोट आयो त्यससँग हामी सन्तुष्ट छैनौं । त्यसले निश्चित रुपमा हाम्रो भावनालाई सम्बोधन गरेको छैन ।
हामीले देखेका छौं, प्रहरीले जुन किसिमले उत्श्रृङ्खल तरिकाले घटना घटायो, त्यसमा प्रहरी दोषी छ भन्ने कुरा थाहा नै होला । हामी प्रदेश सरकारको तर्फबाट त्यो सत्यतथ्य के रहेछ । जनताको सामु ल्याउनपर्छ भनेर लागि परेका छौं । त्यो दायित्वबोध भएर हामीले कार्यदल गठन गरेर अगाडी बढेका छौं ।
त्यसकारण तपाई सञ्चारकर्मीहरुबीच हामीले केही पनि ढाँट्नु पर्ने छैन । सबै थाहा पाइहाल्नुहुन्छ । सत्यतथ्य लेखिदिनुस् हामी त्यसैमा खुशी हुनेछौं ।
Análisis de Paradise 8 Casino: plataforma con licencia de Curazao, soporte en español y pagos con Bizum. Descubre su catálogo...
Warum ich nur auf Schweizer Plattformen setze und wie die Netzsperren funktionieren. Ein ehrlicher Blick auf legale Alternativen zu ausländischen...
Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.