
काठमाडौं । देउवा नेतृत्वको सरकारले एक सय दिन पूरा गरेको छ । बुधबार मन्त्रिपरिषदको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनतामा आशा र विश्वास जागेको दावी गरे ।
सरकारले सय दिन पूरा गरिसक्दा मन्त्रिपरिषदले समेत पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेका बेला चार पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी अहिलेसम्म सम्हालिरहेका छन् । सरकार बनेको ८८ दिनपछि २२ असोजमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा गजेन्द्रबहादुर हमाल उद्योग मन्त्री नियुक्त गरियो भनेर चर्को आलोचना भएपछि उनले दुई दिनमै राजीनामा दिए । मन्त्रिपरिषद् फेरि अपूर्ण नै छ । संसदमा बहुमत जोगाउने प्रयत्नमै बाहेक सरकारका सय दिनसँग ठूलो अपेक्षा गर्न नसकिने राजनीतिक विश्लेषकहरु बताउँ छन् । संविधान र संसद् जोगाउन सफल हुनुलाई नै वर्तमान सरकारको सफलता मान्नुपर्ने तर्क नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको छ ।
एकीकृत समाजवादीको मान्यतासँगै संसदमा बहुमत जोगाएका प्रधानमन्त्री देउवालाई फेरि सत्ता साझेदार दलहरुबीच शक्ति सन्तुलन मिलाउन सकस परेका चर्चा हुन थालेको छ । सरकारले सय दिन मनाइरहदा संसदमा एमाले अवरोध थप समस्या बनेको छ । पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना र चुनौती बनेको छ । सभामुख अग्नी सापकोटाको राजीनामा माग्दै एमालेले संसद अवरोध कायमै राखेको छ ।
1. Royal Reels 10 – The High‑Intensity Playground royal reels 10 is a bustling online casino that thrives on fast,...
Quando cerchi una scarica di adrenalina in pochi minuti, Wazamba casino offre un parco giochi che sembra pensato per il...
1. Quick‑Hit Play in the Digital Age Σε έναν κόσμο όπου ένα διάλειμμα καφέ μπορεί να μετατραπεί σε μαραθώνιο παιχνιδιού,...