ओलीको अभिव्यक्ति गैरजिम्मेवार छः देउवा – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

ओलीको अभिव्यक्ति गैरजिम्मेवार छः देउवा

काठमाण्डौं । अदालतका बारेमा गैरजिम्मेवार अभिव्यक्ति नदिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले अनुरोध गरेका छन् ।

अदालतको अपमान गर्ने टिप्पणी नगर्न सूझाव दिए । परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने कुतर्क गरेर अफवाह नफैलाउन भन्दै ओलीप्रति आक्रोश व्यक्त गरे ।

बुधवार बालुवाटारमा आयोजित तरुण दलको कार्यक्रममा बोल्दै देउवाले न्यायालयको सम्बन्धमा उठेका सवालहरूबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने स्पष्ट पारे ।

देउवाले भने, ‘अरू धेरै केही भन्नु छैन तपाईँलाई । हाम्रो गठबन्धनले न्यायालय सम्बन्धमा उठेका सवालहरूमा सरसल्लाह, छलफल गर्नेछ, मैले तपाईँहरूलाई भनेको भन्यै छु, हमाल हाम्रो पार्टीको मान्छे हुन् । बिचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिङ्गो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको दाबी गर्दै देउवाले त्यसको विरोध नगर्न एमाले अध्यक्ष ओलीलाई सचेत गराए। नेपाली काँग्रेस अहिले १४ औं महाधिवेशनमा केन्द्रित रहेको भन्दै पार्टीका नेता, कार्यकतालाई यसैमा केन्द्रीत रहन निर्देशन दिए।

सम्बन्धित समाचार

Qué ofrece realmente Paradise 8 Casino a los jugadores españoles
  • २०७८ कार्तिक १०, १४: ११

Análisis de Paradise 8 Casino: plataforma con licencia de Curazao, soporte en español y pagos con Bizum. Descubre su catálogo...

Verstehen, warum lokale Lizenzen Sicherheit bedeuten
  • २०७८ कार्तिक १०, १४: ११

Warum ich nur auf Schweizer Plattformen setze und wie die Netzsperren funktionieren. Ein ehrlicher Blick auf legale Alternativen zu ausländischen...

BangaWin Casino im Überblick
  • २०७८ कार्तिक १०, १४: ११

Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.