प्रधानमन्त्री देउवा नेतृत्वको टोली बेलायत जाँदै – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

प्रधानमन्त्री देउवा नेतृत्वको टोली बेलायत जाँदै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदैछन् ।

ग्लासगोमा हुन लागेको सम्मेलनका लागि देउवा बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने सचिवालयले जनाएको छ ।

वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत टोलीमा सहभागि छन् ।

देउवाले कात्तिक १५ र १६ गते हुने वर्ल्ड लिडर समिटमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण, तथा अनुकूलनका लागि गर्नुपर्ने उपाय लगायतका विषयमा नेपालका तर्फबाट धारणा राख्नेछन् ।

सम्मेलन कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा भने १८ गते स्वदेश फर्किने छन् ।

सम्बन्धित समाचार

Simsinos Casino: Quick‑Hit Slots and Rapid Roulette for the Fast‑Paced Player
  • २०७८ कार्तिक १२, ०८: ०१

When you’re looking for a casino that lets you grab a win and move on in a flash, Simsinos has...

Reels of Joy Casino: Quick Wins for Intense Gaming Sessions
  • २०७८ कार्तिक १२, ०८: ०१

The Pulse of Quick Play When you open Reels of Joy, the first thing that hits you is the electric hum of...

Chippy Casino: Quick‑Play Slots and Lightning Roulette for the Fast‑Paced Gambler
  • २०७८ कार्तिक १२, ०८: ०१

1. The Pulse of Rapid Gaming at Chippy Casino When you hit the Chippy Casino login screen, the first thing...