डा. प्रकाश शरण महत, नेता नेपाली कांग्रेस

नेपाली काँग्रेसले आफ्ना प्रभावशाली उम्मेदवार नरहरी आचार्यको अनुपस्थितिमा अर्का प्रभावशाली नेता डा. प्रकाशशरण महतलाई काठमाडौंको ५ नं. क्षेत्रको चुनावी मैदानमा उतारेको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जितेर पुन आफ्नो वर्चश्व कायम गर्न खोजिरहेको छ । नेपाली काँग्रेसभित्र बौद्धिक र कामप्रति विशेष लगन भएको नेताको रुपमा परीचित डा. प्रकाशशरण महत काठमाडौँमा पहिलो पटक निर्वाचनमा होमिदै छन् । नेपाली काँग्रेसभित्र शक्तिशाली नेताको रुपमा चिनिने डा. महत यसअघि राष्ट्रिय योजनाको उपाध्यक्ष सहित उर्जामन्त्री, परराष्ट्रमन्त्री समेत भैइसकेका छन् । डा. प्रकाशशरण महतले अर्थशास्त्रमा पिएचडि गरेका छन् । अर्थशास्त्री भएका नाताले क्षेत्र नं. ५ को विकासमा उनले विशेष योजना कोरेको बताइन्छ । बुढानिलकण्ठ मन्दिरजस्ता धार्मिक क्षेत्र, टोखाजस्तो सांस्कृतिक नगरीसहित राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, अमेरिकन एम्बेसीजस्ता महत्वपूर्ण स्थान रहेको क्षेत्र नं. ५ को संबेदेनशिलतालाई उनले महत्व दिएका छन् । देशकै उच्च, बौद्धिक वर्गसमेत रहेको मानिने यस क्षेत्रमा सबैलाई समेटेर आर्थिक विकासको बाटोमा लम्काउने आफ्नो योजना रहेको बताउँछन् डा. महत । त्यसैले, डा. महतले असमान वर्गीय स्वरुपमा बाँडिएको मानव वस्तीलाई उद्यमको कसीमा बाँध्ने योजना अगाडि सारेका छन । शिवपुरी राष्ट्रिय निकुन्जलाई उत्कृष्ट गन्तव्यसहित जिप सफारी कार्यक्रम संचालन गर्ने योजना, विपन्न, घरबारबिहिनदेखि अपांगता भएका सबैलाई उन्नतीको सुत्रमा लैजाने योजना, बनाउँदै देशलाई समुन्नति आँखाले हेर्नुभन्दा अगाडि कमजोर पक्षलाई मुलाधारमा ल्याउन पहल गर्न आवश्यक भएको डा. महतको योजनालाई ५ नं. क्षेत्रका वासिन्दाले राम्ररी नियालेर हेरीरहेका छन् । यिनै समसामयिक विषय र निर्वाचनको सेरोफेरोमा रहेर नयाँ बिकल्प साप्ताहिकका विषेश सम्वाददाताले डा. प्रकाशशरण महतसँग गरेको कुराकानीको सम्पादित अशंः
तपाईको निर्वाचन क्षेत्र त नुवाकोट थियो हैन र ? काठमाडौंबाट उम्मेद्वारी दिई रहनु भएको छ नि किन ?
मेरो बाल्यकाल काठमाडौमै बितेको हो । मैले ६ कक्षादेखि नै काठमाण्डौमा पढेको हो । म २०२९ सालमा कक्षा ७ मा पढ्दादेखि नै विद्यार्थी आन्दोलनमा लागे । २०३२ सालको विद्यार्थी आन्दोलनमा म १० कक्षामा पढ्थे । त्यसैबेला म जेल गए । म २०३५ सालदेखि निरन्तर रुपमा काठमाडौंको बाँसबारीमा बस्दै आएको छु । २०४२ सालको सत्याग्रहमा पनि काठमाडौंबाटै गरेको हँु । जन्म भएर मात्र हुन्छ र कर्म त मैले यहीँबाट गरेको हो नि । २०३५ सालदेखि निरन्तर रुपमा काठमाडौंको बाँसबारीमा बसोवास गर्दै आएको हुँदा कसरी बाहिर भित्रको कुरा आउँछ ? त्यस्तै भन्ने हो भने त मसँग चुनावमा प्रतिस्पर्धा गर्ने एमाले नेता ईश्वर पोख्रेलले सुरुमा धनुषाबाट चुनाव लड्नुभयो, त्यसपछि काठमाडौं आउनुभयो । उहाँको तुलनामा धेरै अगाडिदेखिकै काठमाडौं बासिन्दा हुँ ।
उसोभए काठमाडौंमानै राजनीतिक हक खोज्नुभएको हो ?
मैले काठमाडौंमा पढ्दा धेरै हाइस्कुलहरु थिएनन् । अहिले मलाई बाहिरबाट आयो भन्नेहरु नै बरु बाहिरबाट आएका होलान । मैले भनेनी जन्म नुवाकोट, कर्म काठमाडौं ।
क्षेत्र नंं. ५ मा एमालेले महासचिव ईश्वर पोख्रेललाई उम्मेद्वार बनाएको छ, त्यसैले गर्दा एमाले कमजोर छ भन्न मिल्छ र ?
यसमा म के भन्न चाहन्छु भने यो क्षेत्र कांग्रेसनै बलियो भएको क्षेत्र हो । दुई पटक लगातार उहाँलाई कांग्रेसले हराइसकेको छ । यसपटक पनि यो क्षेत्रमा कांग्रेसलेनै जित्ने संभावना बलिाये हुँदै गएको छ । तीनपटक चुनाव लड्दा ईश्वर पोख्रेल बढी घरहरुमा पुग्नुभएको होला । जनताले विचार गर्ने कुरा हो । त्यसो हो भने म एक महिनामा सबै मतदाताहरुको घरघरमा पुग्दै छु । तर वाम एकताको हल्ला चलाएर सत्ता प्राप्तिका लागि एमालेको रणनीति जनताले थाहा पाइसके । त्यसैले नेपाली कांग्रेसको जुन एजेण्डा लिएर म चुनावमा उठेको छु, ती एजेण्डाहरु जनतालाई बुझाएरै छाड्छु । नेपाली कांग्रेसले उठाएको जुन एजेण्डा छ, त्यसलाई म एकमहिना भित्र मेरो क्षेत्रका जनताका बीचमा पु¥याएरै छाड्छु । अहिले वामगठबन्धनले जित्यो भने १५ वर्षभित्र कम्युनिज्म स्थापना गर्ने भन्दै हिडिरहनु भएकोले उहाँहरु उल्टो बाटो हिँड्नु भएको छ भन्ने मेरो ठम्याई हो ।
जनताले हिजो एमाले र माओवादीलाई भोट यसकारण हालेका हुन् कि उनीहरु अब बहुदलीय प्रतिस्पर्धामा आएका कारण जनताले विश्वास दिएका हुन् । बहुदलीय प्रतिस्पर्धा, नागरीक स्वतन्त्रता लगायतका कुरामा कम्युनिष्टहरु आए भनेर जनताले तत्कालिन अवस्थामा विश्वास गरेका थिए । तर अहिले उहाँहरु त्यसबाट पछाडि फर्किनुभएको छ । अहिले उहाँहरु बल्लबल्ल बनाएको संविधानलाई संशोधन गर्ने, प्रत्यक्ष राष्ट्रपतीय शासन लागू गर्ने लगायतका अफवाह फैल्याउँदै हिँडिरहनु भएको छ । यस्तो हल्लाको पछाडी नेपाली जनता लाग्दैनन् भन्ने मेरो विश्वास हो । उहाँहरुले भने जस्तो राष्ट्रपतिय शासन भनेको अमेरिका र फ्रान्सको जस्तो होइन, एउटा पार्टी र त्यसको एउटा नेताले शासन गर्ने शासन पद्धति ल्याउने भन्दैमा तत्काल त्यो बाटोमा हामी जान सक्दैनौं । त्यसरी जाने हो भने सत्र हजार नेपाली शहिदहरुको रगतले हामीलाई सराप्ने छ ।
एमाले र माओवादीले अख्तियार गरेको यो बाटोप्रति तिनै पार्टीका नेता, कार्यकर्ता र जनता पनि असन्तुष्ट छन् । म आफैलाई एमालेका धेरै कार्यकर्ता र मतदाताहरुले पनि बचन दिएका छन् । तपाईलाईनै भोट दिन्छौ भनेर । त्यसैले अहिले देशका विभिन्न भागबाट एमालेका कार्यकर्तादेखि सांसदनै कांग्रेसमा प्रवेश गरिरहेका छन् ।
टिकट वितरण गर्दा कांग्रेसका केही नेताहरु असन्तुष्ट छन भन्छनी यसलाई तपाईले कसरी हेरिरहनु भएको छ ?
सानातिना मतभेद भएता पनि उहाँहरुले पार्टीको केन्द्रीय स्तरको नेताहरुले गरेको यो निर्णयमा हामी सहमती दिने छौ भन्नुभएको छ । ५ नम्बर क्षेत्रको नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु पनि सबै खुशीनै देखेको छु । उहाँहरुले मलाई पनि सम्मान गर्नुभएको छ । मैले पनि अब काठमाडौं ५ नं. क्षेत्रको विकासमा लागिपर्ने छु । त्यसैले ५ नंं का कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर निर्वाचनमा होमिएका छौं ।
तपाई केन्द्रीय राजनीतिमा समेत प्रभाव राख्ने नेता भएका कारण अहिले मुलुकभर भैरहेको निर्वाचनमा कांग्रेसकोे स्थिति कस्तो देखिरहनु भएको छ ?
अहिले एमाले र माओवादीले उठाएको साम्यवाद लगायतका एजेण्डाले यसलाई थप महत्वपूर्ण बनाएको छ । उहाँहरुले उठाएको उल्टो बाटो हिड्ने एजेण्डालाई जसरी पनि रोक्नुपर्ने स्थिति आइपरेको छ । मेरो विचारमा यो निर्वाचनमा लोकतान्त्रिक एजेण्डाको पक्षमा बढी जनमत आउँछ र कांग्रेसको स्थिति मजबुत बन्दै गएको अवस्था छ । जति वामगठबन्धनको हौवा पिटाए पनि केही हुने वाला छैन । अहिलेको निर्वाचन महत्वपूर्ण निर्वाचन हो । हामी नयाँ संविधान निर्माण पछिको राष्ट्रिय निर्वाचन सम्पन्न गर्ने तयारीमा छौ । प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि निर्वाचन हुँदैछ ।
त्यसो भए कांग्रसले कति सिट जित्छ भन्ने अनुमान गर्नुभएको छ ?
अहिले पार्टीले कति सिट ल्याउला भनेर आंकलन गर्नुभन्दा पनि हाम्रा देशैभर रहेका निर्वाचन क्षेत्रमा होमिएका उम्मेद्वारहरुलाई जसरी पनि जिताउने अभियानमा लाग्नुपर्छ । त्यसले परिणाम तय गर्छ । त्यसैले नेपाली कांग्रेसको पक्षमा स्पष्ट बहुमत आउँछ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छ ।
तर वामगठबन्धनले स्थानीय चुनावको मतको आधार बनाएर जित्ने हल्ला पिटाएका छन नि ?
अहिले स्थानीय निर्वाचनको समयमा एमाले र माओवादीका उम्मेद्वारहरुले ल्याएको भोटलाई मिलाएर सबै ठाउँमा जितिन्छ भन्ने उनीहरुले हल्ला चलाइरहेका छन् । चुनाव उनीहरुले आंकलन गरेजस्तो अंकगणितमा चल्दैन । स्थानीय निर्वाचनमा आ–आफ्नै तरिकाको घोषणापत्र तयार गरिएको थियो । तर यो राष्ट्रिय स्तरको निर्वाचनको राष्ट्रिय एजेण्डा निकै फरक हुन्छ । वामगठबन्धन उल्टो बाटो हिडिरहेको छ । त्यसलाई नेपाली जनताले स्वीकार्दैनन् यो सत्य कुरा हो । त्यसैले वामगठबन्धनले सोचेजस्तो मतपरिणाम आउनेवाला छँदैछैन । त्यसैले म भनिरहेको छु कांग्रेसको बहुमत आउँछ ।
उसो भए स्थानीय त निर्वाचन र प्रतिनिधि सभा र प्रदेश सभामा तपाईले फरक देख्नुभएको हो ?
हो, स्थानीय र अहिलेको निर्वाचनको मुद्धा नै फरक छ । स्थानीय चुनावमा जनताको मत स्थानीय मुद्धाहरुले प्रभाव पार्न सक्छ भने अहिले राष्ट्रिय मुद्धाले प्रभाव पार्छ । स्थानीय चुनावमा व्यक्तिको प्रभाव पनि उत्तिक्कै परेको हुन्छ । व्यक्ति विषशले पनि फरक पार्न सक्छ स्थानीय तहमा ।
निर्वाचन पश्चात एमाले र माओवादीबीच पार्टी एकताको कुरालाई कतिको सम्भावना देख्नुहुन्छ ?
निर्वाचन अगाडि त पार्टी एकीकरण नै गरेर जाने भनिरहनुभएको छ । त्यो त उहाँहरुको कुरा होला । तर विश्वबाट कम्युनिष्टहरु हराउँदै गइरहेको अवस्थामा नेपालका कम्युनिष्टहरु एकै स्थानमा मिलेर बस्छन् भन्नु दिवा सपना जस्तै हो । पार्टी नै एकीकरण गरेर जाने भनिरहनु भएको छ । उहाँहरुले घोषणा त गर्नुभएको छ । त्यो त उहाँहरुले जान्ने कुरा हो । तर उहाँहरुले जुन बाटो तय गर्नुभएको छ । यो बाटोबाट वाम एकता सफल हुन्छ भन्ने मलाई लाग्दैन ।
अन्त्यमा नयाँ बिकल्प पत्रिकामार्फत मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
तपाईको लोकप्रिय नयाँ बिकल्प साप्ताहिक पत्रिका मार्फत म के भन्न चाहन्छु भने हाम्रो पार्टी नेपाली कांग्रेस एक ठाउँमा छ । राष्ट्रियताको एजेण्डामा हाम्रो पार्टी ठिक ठाउँमा उभिरहेको छ । वर्तमान अवस्थामा मुलुकमा रहेको वर्ग, जाति, जनजाति, सम्प्रदाय, क्षेत्र लगायतको एकतालेनै हाम्रो देशको राष्ट्रियता मजबुत हुन्छ भन्ने लोकतान्त्रिक पक्षधरले बुझ्नुभएको छ साथै सम्पूर्ण मतदाताहरुले पनि अहिलेको स्थितिमा लोकतान्त्रिक पक्ष धरलाईनै विश्वास गर्नुहुन्छ भने पूर्ण आशावादी छु । त्यसैले राष्ट्रियता कमजोर हुन नदिन सम्पूर्ण नेपालीहरुलाई एक ठाउँमा र एउटै एजेण्डामा उभ्याउने सवालमा कांग्रेस एकै ठाउँमा छ ।
आर्थिक समृद्धिको पहुँचमा जनतालाई पु¥याउनका लागि कांग्रेस कटिबद्ध रहेको छ । जनताको स्वतन्त्रता, मानवअधिकार र विधिको शासनमा पनि कांग्रेस विश्वास गर्छ । अर्को मेरो व्यक्तिगत कुरा पनि छ, अहिले कांग्रेसले उठाएका एजेण्डालाई सही किसिमले प्रस्तुत गर्ने, त्यही किसिमका कानून निमार्ण, त्यही किसिमको व्यवस्थापन गर्ने क्षमता मैले राखेको छु । म उर्जा र परराष्ट्रमन्त्री समेत भैसकेको व्यक्ति भएकोले त्यही अनुसार एजेण्डाहरु प्रस्तुत र कार्यान्वयन गर्नसक्छु भन्ने विश्वास छ । त्यसैले मलाई काठमाण्डौ–५ का जनताले चुन्छन् भन्ने विश्वास छ । जनता र कार्यकर्ताहरुले पनि मलाई राम्रो विश्वास गर्छन् । मैले खुल्ला रुपमा समाजसेवा र राजनीतिक सेवा गर्दै आएको छु । त्यसैले पनि मलाई जनताले विजयी गराउँछन् भन्नेमा म ढुक्क छु ।
Casinova im Check: Spielauswahl, Boni, Zahlungen und Schwächen für deutsche Spieler mit Blick auf OASIS, LUGAS und Auszahlungen.
Reseña completa de CoinCasino España: licencia, seguridad, juegos y experiencia real. Análisis veterano de un cripto casino con luces y...
Der er en særlig type spiller, der ikke har tid til langsomme opbygninger eller trukne fortællinger. De vil logge ind,...