जगदीशनरसिंह केसी– कांग्रेस सभापति, नुवाकोट
नेपाली काँग्रेसको महासमितिको बैठक नजिकिँदै गएको छ । विधान मस्यौदा समितिले परिवर्तित विधानको खाका केन्द्रीय समितिका नेताहरु लगायत समितिका सदस्यहरुबीच छलफल जारी राखेको छ । काँग्रेसभित्र यो विधानको बारेमा केन्द्रदेखि जिल्लास्तरसम्म छलफल जारी रहेको छ ।
६४ जिल्लाका जिल्ला सभापतिहरु एकै ठाउँमा भेला भएका छन् । आगामी महासमितिमा लैजाने एजेण्डाका बारेमा जिल्लागत रुपमा छलफल गरेका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले वर्तमान पार्टी नेतृत्व इतिहासकै निकम्मा रहेको बताएका छन् ।
नुवाकोटको ककनीमा बुधबार र बिहिबार गरी दुई दिन चलेको जिल्ला सभापतिहरुको भेलापछि ‘नया विकल्प’सँग कुरा गर्दै केसीले वर्तमान सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण वर्तमान नेतृत्व निकम्मा ठहरिएको दाबी गरे । प्रस्तुत छ नुवाकोट कांग्रेस सभापति केसीसँगको कुराकानीः
गत असारमा मात्रै जिल्ला सभापतिको भेला हेटौंडामा सम्पन्न भएको थियो फेरी तत्कालै भेला आयोजना गर्नु भयो, किन आवश्यक भयो यति छिटो भेला ?
हो, हेटौंडामा हामी जिल्ला सभापतिहरु एक ठाउँ भेला भएर हामीले केन्द्रिय नेताहरुलाई पार्टी भित्रका यावत समस्याहरु देखाएका थियौं । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएपछिको एउटा फोरम पनि थियो त्यो भेला । तर त्यहाँबाट हामीले जे कुरा निर्णय गरेका थियौं, सो विषय सुनुवाईको चरणमा आएन ।
हामी जिल्ला सभापतिहरुको अधिकारका कुराहरु विधानमा जति समेट्नु पर्ने थ्यो त्यो भएन । पार्टीले तल्लो तहको संरचनालाई जुन रुपमा जिम्मेवारी दिनु पर्ने थ्यो त्यो पनि आउँने देखेनौं अनि अधिकारका कुराहरुमा पनि कन्जुस्याइ गरेको हामीले पायौं । त्यस पछि यो अवस्थाबाट पार्टी बलियो हुँदैन भनेर हामीले सभापति भेला गर्ने निर्णय गरेका हौं । हामी सबै जिल्ला सभापतिहरुले यो भेला मार्फत पार्टीले बनाएको विधानका विषयमा समान धारणा बनाएका छौं ।
विधान समितिले त मस्यौदाको प्रतिवेदन बनाएर पार्टीलाई बुझाइसक्यो अब के राख्नु पर्ने देख्नु भयो र विधानमा ?
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिमा विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रस्तावित विधान प्रस्तुत गरिएको छ । तर त्यो सहमतीबाट पास भएर पार्टीलाई बुझाएको होइन र त्यो अन्तिम पनि होइन । हामीले हेटौंडा भेलामा नै विधानबारे सुझाव दिएका थियौं । यस्तै जिल्लाबाट पनि हामीले सुझाव दियौं । मस्यौदा समितिले पनि तल्लो तहबाट सुझाव लिने काम गरेको छ । तर, सुझाव मात्रै लिने काम गरियो सम्बोधन गर्ने काम भएनन ।
ती सुझावलाई प्रस्तावित विधानमा समावेश गरिएन । अल्पमत र फरक मत राख्ने गरी प्रस्तावित विधान पार्टीलाई बुझाइयो । हामी अझैपनि विधानमा पार्टीका गुटहरु हाबी नहुन भन्ने चाहन्छौं । पार्टीलाई बलियो बनाउन जिल्ला देखिकै संरचना बलियो बनाउनु पर्छ । सबै संरचनामा उत्तिकै अधिकार दिनु पर्छ । हामी यो विधानलाई सुन्दर तथा हाम्रो विधान बनाउन चाहन्छौं । हाम्रो नेतृत्वले पनि त्यो गल्ति नगरोस भन्ने हाम्रो चाहना छ । हामी विधानलाई साझा बनोस भन्ने चाहन्छौं । हाम्रो धारणा त्यही हो ।
भेला त आयोजना गर्नु भो तर तपाइहरुको भेला लाईनै गुटको भेला भन्दैछन छलफलमा कति जिल्लाका सभापतिहरु आउनु भयो त ?
भन्ने ले के के भन्यो भन्ने तिर नजाउँ । यो भेलामा कती सहभागी हुनु भएको छ । मिडियाले देखेको छ । तपाइहरुले देख्नु भएको छ । हामीले भन्नै पर्दैन । तर प्रचार त्यसरी गरिएको भन्ने मैले पनि सुनेको छु । अब हामी यहाँबाट ‘ककनी घोषणापत्र’ जारी गर्दै ६४ जिल्ला सभापति एक ठाउँ छौं भन्ने सन्देश दिन सफल भएका छौं ।
यसलाईै नेतृत्वले ख्याल गर्नु पर्छ । केहीले विविध व्यस्तताले आउन नसक्ने जानकारी गराउनुभएको थियो । उहाँहरु आफ्नै समस्याले गर्दा आउन सक्नु भएन । जो आउनु भएन उहाँहरुले मलाई फोन गरेर भन्नु भएको छ ।
भनेपछि ककनीबाट उठेपछि अब जिल्ला सभापतिहरु कुनै गुटका छैनन भन्ने हो ?
कांग्रेसका कुनै पनि जिल्ला सभापतिहरुले गुट चिन्दैनन भन्ने सन्देश हामीले दिएका छौं । हिजो जे थ्यो अब त्यही हुँदैन । हिजो जसरी पार्टी चल्यो अब त्यसै गरी चल्दैन भन्ने बुझनु पर्छ । हामीले कांग्रेस चिन्या छौं, गुट होइन ।
विधानमा थप गर्नुपर्ने के के छन त ?
हामी विधानमा केन्द्रिय पदाधिकारीको संख्या बढ्नु पर्छ भन्ने पक्षमा छौं । जिल्ला सभापतिको अधिकार केन्द्रिय सभापतिकै जस्तो राखिनु पर्छ भन्नेमा छौं । मनोनितको अधिकार हामीलाई पनि दिनुपर्छ भन्नेमा छौं । यस्तै धेरै समय एकै नेतृत्वका सन्दर्भमा माथिल्लो तहमा प्रतिनिधित्वका विषयमा पनि हामी विधानमा नै त्यो व्यवस्था गर्नु पर्छ भन्ने चाहन्छौं । यस्तै नेता देखी कार्यकर्तासम्मको वरियताक्रम पार्टीको विधानको अनुसूचीमा राख्नुपर्छ भन्ने हो ।
यस्तै सदस्यताका विषयमा पनि एकै प्रकारका मात्रै राखिनु हुँदैन । पहिले भएकोमा समेत केही परिवर्तन गरेर सम्मानित सदस्यता समेत थप गर्नु पर्छ भन्ने चाहन्छौं । यस्तै निर्वाचन प्रक्रियाका बारे समेत तह गत रुपमा अधिकार दिनु पर्छ भन्ने हाम्रो चाहना हो । यी यावत विषयहरु हामीले ककनी घोषणापत्रमा लेखेका छौं ।
विधानमा लेखेका कुराहरु पनि केन्द्रले दिंदैन अथवा खोस्छ भन्ने गुनासो पनि छ नि हैन यहाँहरुको ?
हो, वास्तवमा नै हो । यसअघि सम्पन्न निर्वाचनमा पनि विधानमा भएको अधिकारलाई केन्द्रले कुल्चियो । जिल्लाको नेतृत्वलाई दिएको अधिकार केन्द्रले खोसेर आफैं सबै तहका उम्मेदवार तोक्ने काम गर्यो । त्यो ठिक भएन । धेरै उम्मेदवारहरु केन्द्रको हस्तक्षेपका कारण पराजित भए । अब अधिकार प्रदेशलाई दिनुपर्छ । प्रदेशभित्रको टिकट वितरण प्रदेशले गर्न पाउनुपर्छ । जिल्लाभित्रको टिकट वितरण जिल्लाले गर्न पाउनुपर्छ । केन्द्रको टिकट वितरण केन्द्रले नै गरोस ।
मनोनितका विषयमा पनि यहाँको राय अलि फरक छ नि हैन ?
हो । वास्तवमा मनोनित भन्ने त राख्नै हुन्न भन्ने मेरो व्यक्तिगत कुरा हो । सबै प्रतिनिधि, पदाधिकारीहरु निर्वाचित भएर आउनुपर्छ भन्ने लाग्छ । मनोनित र मनोनयन भन्ने शब्द अब राख्नै हुन्न । नेता बनाउने निर्वाचनले हो । मतदानबाट नेता बन्ने हो । कसैले मनोनित गर्दैमा टिका लाउँदैमा नेता भइँँदैन । मनोनित भएर नेता बन्नेहरु जनता र पार्टीप्रति जिम्मेवार हुँदैनन । हाम्रो संविधानमा समेत निर्वाचनबाट नै दलको पदाधिकारी चयन गर्नु पर्छ भन्ने प्रष्ट उल्लेख छ ।
यहाँहरुको भेलामा अन्य के के कुराहरु भए त ?
प्रदेशलाई अधिकार दिनुपर्छ र प्रदेश सभापति केन्द्रीय समितिको पदेन सदस्य हुनुपर्छ भन्ने कुराहरु आएका छन । महिलाहरु मध्येबाट पनि पदाधिकारी हुनु पर्छ भनेर महिला सभापतिहरुले आवाज उठाउनु भएको छ । कांग्रेसको विधानलाई सुन्दर बनाउने, सशक्त बनाउने, स्थायित्व दिने र विधानले भविश्यसम्म पनि काम गरोस भन्ने उद्देश्यमा धेरै गहन रुपमा गम्भिर भएर भेलामा छलफल भएका छन ।
प्रस्तावित विधानमा हटाउनैपर्ने के के देख्नु भयो त यहाँले ?
प्रस्तावित विधानको संक्रमणकालीन व्यवस्थाको भाग २ मा निर्वाचित संस्था पनि भंग गर्न सक्ने व्यवस्था छ । यो विधान जस्ताको त्यस्तै पारित भयो भने यो विधान आएको भोलिपल्टै पार्टीका धेरै निर्वाचित अंगहरु भंग हुन सक्ने अवस्था छ । यस्तो व्यवस्था राखिनु हुन्न । सदस्यताका कुरामा पनि नविकरणका कुरा छन । पार्टीमा सक्रिय र निश्क्रिय के ले छुट्याउने त्यो प्रष्ट छैन । धेरै कुरामा विधान बनाउदा ध्यान दिइएको छैन । हामीले घोषणापत्रमा यावत विषय समावेश गरेका छौं ।
केन्द्रिय नेतृत्वलाई एउटा जिल्ला सभापतिको हैसियतमा हेर्दा कस्तो देख्नु हुन्छ ?
एकदमै गम्भिर प्रश्न छ हो । वास्तवमा हिजोको नेतृत्व र आजको नेतृत्व धेरै फरक छ । म चार कार्यकाल नुवाकोटको सभापतिको रुपमा छु । तर हिजो गिरिजाप्रसाद कोइराला सभापति हुँदा जिल्लाको अवस्था पटक पटक फोन गरेर सोध्नु हुन्थ्यो । एक पटक गिरिजा बाबुको फोन आउँदा ६ महिनासम्म नेता कार्यकर्तामा उर्जा आउँथ्यो अहिले नेतृत्वले गरेको छैन् । पार्टीको केन्द्रिय सभापतिसँग भनेको बेला भेट्न सकिंदैन ।
शेरहादुर देउवा सभापति भएपछि पार्टी भित्र झन धेरै गुट भयो । व्यवस्थापन गर्न उहाँले सक्नु भएन । उहाँ आफैं पार्टीको भन्दा पनि गुटको सभापति बन्न लाग्नु भयो । अब उहाँबाट यो पार्टी चल्दैन । कांग्रेसको इतिहासमा सबैभन्दा कमजोर, सिथिल र कुनै पनि निर्णय गर्न नसक्ने अनिर्णयको बन्दीको रुपमा उहाँले पार्टीलाई पुर्याउनु भएको छ । नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा निकम्मा वर्तमान नेतृत्व बनेको छ ।
यहाँहरुको पनि त भूमिका प्रभावकारी छैन नि त ?
हामीले धेरै विषयमा केन्द्रिय सभापतिलाई झक्झक्याउनु पर्छ । तर उहाँ हाम्रो कुरा सुन्न चाहनु हुँदैन । जस कारण हामी पनि भूमिकामा कमजोर देखिएका छौ । अब यसरी पार्टी चल्दैन । नेतृत्व नै सक्रिय नभए हामी कसरी प्रभावकारी काम गर्न सक्छौं । यो गम्भीर कुरा हो ।
तपाई अब प्रदेशको नेतृत्वका लागि तयारीमा हुनुन्छ हैन ?
हो त । मेरो इच्छा अब तीन नम्बर प्रदेशको सभापति हुने हो । मभन्दा सिनियर अनुभवी कोही हुनुभयो भने मैले सोच्ने अवस्था आउला तर अब म तयारी गरेर अघि बढ्ने निश्कर्षमा पुगेको छु । किनकी म चारपटक जिल्लाको सभापति भइसकेको छु । अब जाने ठाउँ त्यही त हो नि । कि त अझै माथी नै जानु पर्छ ।
अन्त्यमा केही भन्नु छ की ?
लोकतान्त्रिक विचारधारा बोक्दै २५ वर्ष पार गरेको नयाँ विकल्प साप्ताहिकले हरेक राजनैतिक आन्दोलनमा सशक्त भूमिका निभाउँदै आएको यस साप्ताहिकका प्रतिनिधिले ककनीसम्म आएर हाम्रो कुराहरु र मेरो पनि व्यक्तिगत विचारहरु समेत पत्रिका मार्फत सन्देश पभाह गरिदिनु भएकोमा पत्रिका परिवारलाई विषेश धन्यवाद प्रकट गर्दछु ।
Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.
El panorama de los casinos en línea está lleno de opciones, pero de vez en cuando surge una marca que...
Un análisis de Art Casino desde la experiencia: registro, juego, pagos y regulación. Lo bueno, lo malo y la visión...