१३औं महाअधिवेशनले पनि नेपाली का“ग्रेसलाई सामुहिक नेतृत्व प्रदान गरेकोले अबपनि………… – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

१३औं महाअधिवेशनले पनि नेपाली का“ग्रेसलाई सामुहिक नेतृत्व प्रदान गरेकोले अबपनि…………

नविन्द्रराज जोशी – नेता, नेपाली काँग्रेस

नेपाली काँग्रेसको महासमितिको बैठक नजिकिँदै गएको छ । विधान मस्यौदा समितिले परिवर्तित विधानको खाका केन्द्रीय समितिका नेताहरु लगायत समितिका सदस्यहरुबीच छलफल जारी राखेको छ ।

काँग्रेसभित्र यो विधानको बारेमा केन्द्रदेखि जिल्लास्तरसम्म छलफल जारी रहेको छ । ७७ जिल्लाका जिल्ला सभापतिहरु नुवाकोटको ककनीमा अघिल्लो हप्ता भेला भएर छलफल गरेका छन् । हेटौडा सम्मेलनमा सहमतिका बुंदाहरु अहिलेसम्म पनि केन्द्रीय समितिले कुनै चासो नदेखाएपछि जिल्ला सभापतिहरुले नुवाकोटको ककनीमा दुई दिनसम्म महासमितिको बारेमा व्यापक छलफल गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठक बसिरहेता पनि अहिलेसम्म पदाधिकारी बढाउने र नबढाउने भन्ने विषयमा विवाद कायमै छ । पुरानो संस्थापन पक्षले पदाधिकारी बढाउने अडान लिइरहेको छ भने वर्तमान संस्थापन पक्षले भने पदाधिकारी नबढाउने पक्ष लिइरहेको छ ।

जति महासमितिको बैठक नजिकिदै छ, त्यतिनै काँग्रेसको आन्तरिक राजनीति तात्दै गएको अवस्थामा नेपाली काँग्रेसका नेता एवम् केन्द्रीय सदस्य नविन्द्रराज जोशीसँग नयाँ विकलप साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंश ः

वर्तमान अवस्थामा नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा के–के विषयमा छलफल भइरहेको छ ?
मुलतः अहिले नेपाली काँग्रेसको बैठक विधान संशोधनमा छलफल र बहस सुरु भएको छ । नेपाली काँग्रेसको महासमिति हुँदैछ त्यो सबैलाई थाहा नै छ । त्यो महासमितिमा पेश गरिने विधान अहिले नेपालको संविधान अनुसार के–के परिवर्तन गर्नुपर्ने हो त्यसको सँगसँगै अहिलेको आवश्यकता नेपाली काँग्रेसलाई सशक्त संगठन बनाउने हो ।

वैचारिक रुपमा तिखारिएको संगठन र तल्लो तहका कार्यकर्ताहरुको सम्मान र उत्साह र जाँगरले गरेको संगठनको रुपमा जनताको नेतृत्व गर्न तयार रहेकोले अब नयाँपन, नयाँ व्यवहार अनुसारको कार्यशैलीबाट सशक्त काँग्रेसको रुपमा खडा गर्नका लागी विधान संशोधन र महासमितिको बैठक हँदैछ । त्यसका लागि नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक केही दिन अगाडि बहस र छलफल सुरु भइरहेको छ ।

विधान समितिले तयार पारेको विधान सर्वसम्मत रुपमा पास हुन्छ कि, केन्द्रीय समितिबाट परिवर्तन हुन सक्छ ?
नेपाली काँग्रेसले तयार पारेको विधान हामी सबैको स्वामित्व भएका कारण सम्भवत मलाई लाग्छ, विधानलाई महासमितिको दुई तिहाई बहुमतले पारित गर्नुपर्ने हुँदा केन्द्रीय समितिबाटै सर्वसम्मत ढंगबाट लैजाने प्रयास हुँदैछ । जहाँसम्म लाग्छ हामी टुङ्गोमा पुग्छौ ।

तर तपाईको पार्टी नेपाली काँग्रेसभित्रै मनमुटाव र आरोप प्रत्यारोप छ नि ?
नेताहरुको बीचमा आरोप प्रत्यारोप भन्दा पनि एउटा सतबुद्धिबाट, दर्शनबाट, हामीले जुन आदर्श बोकेका छौं, त्यो आदर्शबाट त्यो रुपमा जानुपर्छ भनेर निर्णय गर्ने हो भने मलाई लाग्छ त्यसमा विवादका विषय रहदैनन् ।

नेपाली काँग्रेसभित्र मुख्य कुरा के देखिन्छ भने व्यक्तित्वको दवाव देखिन्छ । तर कुनै विषयमा मुद्दामा तेत्रो विवाद भएको म पाउँदिन । सैद्धान्तिक रुपमा पनि विवाद भएको पाउँदिन जस्तो की आन्तरिक लोकतन्त्रलाई मजबुतीकरण गर्नुपर्छ भन्ने कुरामा नेपाली काँग्रेस पार्टीभित्र विवाद छ जस्तो मलाई लाग्दैन ।

१३आँैं महाअधिवेशनले पनि नेपाली काँग्रेसलाई सामुहिक दायित्व दिएर सामुहिक नेतृत्वबाट पार्टी सञ्चालन गर्ने भन्ने कुरालाई स्वीकार्य गर्दै आएका कारण पार्टी सर्वसम्मत ढंगबाट चल्नुपर्छ भन्ने मान्यता हो ।

तर नेताहरुले अहिलेको अवस्थामा सामुहिक रुपमा जिम्मेवारी पुरा गर्न नसकेका आरोप लागिरहेका छ नी तपाई के भन्नुहुन्छ ?
नेताको व्यतित्वसँग पार्टीको प्रतिष्ठा जोडिएको छ । त्यसैले नेताले आफुलाई जनताको भावना अनुरुप, कार्यकर्ताको भावना अनुरुप काम गर्नुपर्छ । राष्ट्र भनेको के हो भन्दा निर्माण गर्ने जनता हो । त्यो जनताको नेतृत्व गर्नसक्ने र त्यो जनतामा नेतृत्व दिन सक्ने व्यक्तित्व पार्टीको नेतृत्व त्यो सँगसँगै जनतालाई सञ्चालन गर्ने काम चाँही नेपाली काँग्रेसका सक्रिय सदस्यहरुले गरेका हुन्छन् ।

हो, त्यसलाई हामीले मजबुत बनाउन सक्यौ भने मलाई लाग्छ काँग्रेस बलियो भएर जान्छ । नेपाली काँग्रेसको आन्तरिक लोकतन्त्र बलियो छ । नेपाली काँग्रेसभित्र जो गाउँमा गएर काम गर्छ, जनताको घरदैलोमा गएर काम गर्छ, जनतासँग बस्छ, जनतासँग संवाद गर्छ, त्यसको सहि मूल्यांकन नेपाली काँग्रेसभित्र हुन्छ ।

भोलीका लागि नेपाली काँग्रेसले जनताको नेतृत्व गर्ने भरोसायुक्त पार्टीका रुपमा अझ सशक्त संगठन बनाएर अगाडि लैजान्छ भन्ने कुरामा यो महासमितिको बैठकबाट विश्वास लिन सक्यौ भने काँग्रेसलाई कसैले हल्लाउन सक्दैन ।

त्यसैले यो महासमितिको बैठकलाई सबै तहबाट मिलाउनुपर्छ । नेताहरुको बीचमा सर्वसहमतिबाट नै त्यो विधान अगाडि बढ्नुपर्छ । त्यो विधानमा आर्थिक, राजनीतिक जति मुद्दाहरु आउँछन्, त्यसरी नै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईहरुबीच खास विवाद पदाधिकारीहरुको संख्या बढाउनुपर्छ भन्नेमा हो ?
होइन, एउटा त सक्रिय सदस्यता कसरी दिने, सक्रिय सदस्यको बीचमा जुन विवाद भए त्यसलाई सक्रिय सदस्यतानै राख्नुपर्छ र सक्रिय सदस्यता दिने पक्रियालाई सहजता दिनुपर्छ भन्ने कुरा आएको छ ।

त्यो सँगसँगै नेपाली काँग्रेस सबै पदहरुमा निर्वाचन हुनुपर्छ भन्ने हो । कार्यकारी पद जम्मा ११ ओटा छन्, १ सभापति, ३ वटा उपसभापति, ३ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्ष गरेर ११ पद सबै निर्वाचित पद हुनुपर्छ भन्ने कुरा आएको छ । त्यसका पछाडि तर्क, कारणहरु छन् । नेपाली काँगेसलाई सशक्त बनाउनका लागि अहिले अनुशासन हेर्ने सभापति त्यस्तै अर्को चाँही सामाजिक कार्यमा काँग्रेसलाई संलग्न गराउने भनेको छ, तल्लोस्तरबाट त्यो हेर्ने उपसभापति त्यस्तै महामन्त्रीमा एक महामन्त्री संगठन हेरोस्, अर्को महामन्त्री भातृसंस्था हेरोस् ।

अरु चाँही राजनीतिक मुद्दाहरु हेर्ने अरु पार्टीसँगको राजनीतिक सम्बन्ध हेर्ने महामन्त्री र सहमहामन्त्रीलाई भोलीको नेतृत्व गर्न सक्ने ल्याएर राख्ने भन्ने चाँही हाम्रो प्रस्ताव हो । त्यसले गर्दाखेरी त्यही विषयमा बहस छलफल भएको छ । त्यसमा विधान समितिभित्र पनि छलफल भएको छ । मलाई लाग्छ एउटा सकारात्मक परिणाम आउँछ । नेपाली काँग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत गर्ने भनेको हामीसँग सर्वोत्तम विकल्प भनेको निर्वाचन हो ।

निर्वाचनबाटै अगाडि बढ्नुपर्छ । सक्रिय सदस्य पनि नेपाली काँग्रेसको लागि कार्यकर्ताको लागि हिजोका दिनमा आन्दोलन गरेर जेल गएकाहरुको लागि सक्रिय सदस्य भनेको सम्मानजनक कुरा हो, ठूलो कुरा हो । अहिले हाम्रो जुन बोर्ड कमिटि बस्छ, त्यो बोर्ड त हिजो २०१५ सालमा जम्मा ६ जनाको बोर्ड वी.पीले गठन गर्नुभयो ।

वी.पी, गण्ोशमान, सुवर्णशमसेर, सूर्यप्रसाद लगायत मात्र हुनुहुन्थ्यो । सबैजना नेतृत्वमा आएका त्यस्ता बोर्डहरु सानो बोर्ड बनाउ भन्ने कुराहरु छलफल र बहसमा आएका छन् । १ व्यक्ति १ पद अथवा कार्यकारी पद २ वटा चाँही नहोस् भन्ने कुराहरु त्यसमा आएका छन् । त्यस्तै हामीले यो विधानलाई कहिलेदेखि लागु हुन्छन् ? प्रदेश संरचनामा जाँदाखेरी अहिलेकै प्रतिनिधिहरु छन्, ति प्रतिनिधिहरुले चाँही अब तत्कालै प्रदेश कमिटि गठन गर्ने कुराहरु कति नयाँ समिति बनेका छन्, त्यसलाई पनि तत्काल त्यहाँका अघि रहेका प्रतिनिधिहरु अथवा निर्वाचन गर्ने विषयहरु आएका छन् ।

त्यस्तै युवा, मजदुर र किसानका लागि पनि प्रतिनिधित्व निश्चित गर्ने कुराहरु गाउँ तहदेखिनै निश्चित गर्नुपर्छ, जिल्लासम्म निश्चित भएका छन्, युवाहरुको १८–३० वर्षको भने अब केन्द्र र प्रदेशमा पनि केही कुराहरु त्यसमा निश्चित हुनुपर्छ, ताकि नेपाली काँग्रेस सबैलाई लिएर जाने साम्राज्य सृर्जना गर्न सक्ने पार्टी जुन हो, हिजो वी.पी कोइरालाले नेतृत्व गर्नुभएको जनताको दैनिक जीवनको पनि नेतृत्व गर्ने पार्टी हो । त्यही रुपमा नेपाली काँग्रेसलाई लानुपर्छ भन्ने मेरो विचार हो ।

तर नेपाली काँग्रेस पार्टीभित्र धेरैवटा गुट र उपगुट भएका कारणले गर्दा कसरी अगाडि बढ्ला र ?
मलाई के लाग्छ भने यो छलफल सँधै निरन्तर भइरहन्छ । आफ्नो–आफ्नो कुरा मिल्नेको बीचमा अथवा मुद्दाहरु मिल्नेको बीचमा राजनीतिक दलभित्र हुन्छन् । तर अवश्य पनि त्यो गुट–उपगुटले तल्लो तहसम्म पनि जुन किसिमको प्रभाव र विशेष गरेर मिडियामा जुन किसिमको समाचार सम्प्रेषण भएको छ त्यसबाट नेपाली काँग्रेसका सबै नेताहरु चाँही आफुले आफुलाई यो समाचार सम्प्रेषणका कारणले जति विवाद छ, त्यो भन्दा बढी समाचार सम्प्रेषण हुने गरेको छ । नेपाली काँग्रेस एकजुट नभइकन अर्को उपाय छैन । आजका दिनमा सबैले देखिरहेकै छन् ।

सरकारको कस्तो मनपरी काम छ । चार दिनसम्म अन्तर्राष्ट्रिय कुन आई.एन.जिओले काम ग¥यो तर दुःख पाउँछन्, नेपाली जनताले । त्यसैले सबैले बुझिसकेका छन् कि यो मुलुक कम्युनिष्टको अधिनायकवादीतर्फ उन्मुख हुँदै छ । तेत्रो बलात्कारको घटनाहरु घटिरहेको छ, त्यसको कुनै प्रतिक्रिया छैन, सरकारको तर्फबाट न त पिडितले न्याय नै पाउन सकेका छन् । मानवताको बौद्धिक स्वतन्त्रता माथि यो समाजले सम्मान गरेको व्यत्तित्वलाई बेइज्जत गर्ने काम गर्छ । आर्थिक रुपमा हेर्ने हो भने ०७३ सालको निर्णय अब चाँही हामीले ठुलै काम ग¥यौ ।

युगनै परिवर्तन भयो भनेर डिङ्ग हाक्छन् । आजको दिनमा आर्थिक रुपमा हेर्ने हो भने नेपाल झन गरिब हुँदैछ । नेपाली काँग्रेस पार्टी भनेको अब बहुमत ल्याएर नेतृत्व गर्ने पार्टी हो । नेपाली काँग्रेस जनताको नेतृत्व गर्ने पार्टीको रुपमा आफुलाई स्थापित गर्न चाहन्छ । त्यो भरोसाको केन्द्रको रुपमा आफुलाई स्थापित गर्नु छ । त्यसका लागि हामीले विधानमा गर्नुपर्ने परिवर्तन, हाम्रो व्यवहारमा गर्नुपर्ने परिवर्तन हामीले सैद्धान्तिक रुपमा प्रशिक्षित गर्नुपर्छ र त्यसमा नेताहरुको बीचमा के हुन्छ भन्दाखेरी एक ठाउँमा बसेर एकबद्ध भएर निर्णय गर्नुपर्ने भन्दा अर्को विकल्प नेपाली काँग्रेसमा छैन ।

प्रधानमन्त्री के.पी शर्मा ओलीले देश नयाँ युगमा प्रवेश ग¥यो भन्नुभएको छ नि, तपाई यसलाई कसरी लिनुहुन्छ ?
जनताको आम्दानी बढेको छैन । जनताले करको मार त्यतिकै खप्नु परेको छ । खाली के भएको छ भन्दाखेरी भएको कुरालाई कसरी समाप्त पार्ने र भोलीको भविष्य अन्धकार बनाउने दिशातिर यो सरकार जाँदैछ । केही परिणाम आएपनि बोल्नुस्, नयाँ युगको घोषणा गर्नुस्, कि प्रधानमन्त्रीले अब जनताले दुःख पाउने नयाँ युग आयो पो भन्नुभएको हो की ?

त्यसोभए नेपाली काँग्रेस पार्टीको केन्द्रीय समितिको बैठकले विधानमा सर्वसम्मत रुपमा सहमती जुटाएर अगाडि जान सक्छ त ?
मुख्य कुरा के हो ? अहिलेको मुख्य आवश्यकता के हो ? अहिलेको सन्दर्भमा नेपाली काँग्रेसलाई बलियो कसरी बनाउन सकिन्छ, नेपाली काँग्रेस जनताको आस्था र विश्वासको केन्द्र कसरी बन्न सक्छ भन्ने तर्क हामीले सोच्ने हो भने सर्वसहमति बाहेक हामीसँग अर्को उपाय छैन । नेपाली काँग्रेसले नेतृत्व गर्नका लागि यी कुराहरु भएमा जनताको विश्वास जित्न सक्छौं । हामी क्रान्तिकारी परिवर्तनकारी हौं ।

त्यसैले त्यसको लागि हामी तयार हुनुपर्छ । सामुहिक दायित्व र सामुहिक नेतृत्वमा नेपाली काँग्रेस पार्टीलाई अगाडि बढाउने लोकतान्त्रिक प्रक्रिया अपनाएको नेपाली काँग्रेस बनाउनको लागि पनि यो विधानमा सहमतिबाट अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ ।

सम्बन्धित समाचार

BangaWin Casino im Überblick
  • २०७५ मंसिर २४, ०७: ४९

Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.

MonsterWin: Una Mirada Más de Cerca a la Marca de Casino que Está Causando Impacto en Línea
  • २०७५ मंसिर २४, ०७: ४९

El panorama de los casinos en línea está lleno de opciones, pero de vez en cuando surge una marca que...

Opinión sobre Art Casino: ¿arte o artimaña?
  • २०७५ मंसिर २४, ०७: ४९

Un análisis de Art Casino desde la experiencia: registro, juego, pagos y regulación. Lo bueno, lo malo y la visión...