हुनसक्छ कुनै अचानक कार्यक्रम बन्यो होला, तर भि.आइ.पी पूर्व निर्धारित कार्यक्रमभन्दा अन्त जानु हुुदैनथ्यो – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

हुनसक्छ कुनै अचानक कार्यक्रम बन्यो होला, तर भि.आइ.पी पूर्व निर्धारित कार्यक्रमभन्दा अन्त जानु हुुदैनथ्यो

सुरेश आचार्य–सहसचिव, नेपाल नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय

नेपाली आकाशमा फेरी एकपटक सन्नाटा छाएको छ । बुधबार अपरान्ह ताप्लेजुङको सिस्नेभीरमा हवाई यातायातको मुख्य केन्द्र रहेको नेपाल नागरिक उड्डयन तथा पर्यटनमन्त्री सहित सात जनाको डाईनेस्टी एयरको हेलिकोप्टरनै दुर्घटना हुँदा सबैको निधन भएको छ । अति विकट क्षेत्रमा भएको उक्त अपत्यारिलो दुर्घटनाबाट सातै जनाको शव क्षतविक्षत हुनुका साथै डढेको छ ।

यस्तो विभत्र्स तरिकाको दुर्घटनाले आम नेपालीलाई दुःखी बनाएको छ । नेपाल नागरिक उड्डयन तथा पर्यटनमन्त्रीनै हवाई यातायातको विकासका लागि निरिक्षणमा गएका बेला यस्तो दुःखद घटनाले जुनसुकै नेपालीलाई पनि दुखीत बनाएको छ । यस्तो अकल्पनीय विभत्र्स दुर्घटना बाह्र वर्षपछि दोहारिएको हो ।

पटक पटक यस्तो कहालीलाग्दो हवाई दुर्घटना किन दोहोरिरहन्छ र यसको समाधान कसरी हुन सक्छ भनेर नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले नेपाल नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यसँग गरेका कुराकानीको सम्पादीत अंशः

नेपाली आकाशमा फेरी एउटा कहाली लाग्दो दुर्घटना भएको छ । यो कहाली लाग्दो दुर्घटनाले फेरी हवाई यात्रा असुरक्षित भएको महसुस भएको छ, त्यसैले यो दुर्घटना कसरी भयो होला भन्ने लाग्छ यहाँलाई ?
प्रारम्भिक रुपमा यस्तो हो भन्न सकिने अवस्था त छैन । मध्यान्हपछि हिमवर्षा भएको अवस्था र हुरी पनि चलेको कारणले होकी भन्ने लाग्छ । ताप्लेजुङको सिस्ने भिरमा भएको यो दुर्घटना के कसरी भयो भन्नका लागि जाँचबसझ आयोग गठन भएको छ । उक्त जाँचबुझ आयोगले दुर्घटना कसरी भयो ? किन भयो ? भन्ने कुराको सत्यतथ्य पत्ता लगाउँछ भन्ने आशा हामीले लिएका छौं । यो अकल्पनीय र विश्वास गर्न गाह्रो भइरहेको दुर्घटनाको छानविन राम्ररी गर्नुपर्छ भन्ने लाग्छ । तथापि भविष्यमा यस्ता दुर्घटना नदोहोरियोस् ।

दुर्घटना पश्चात प्रतिकुल मौसमका कारण उक्त ठाउँमा पुग्न नसकेको र शव ल्याउन ढिलाई भएको हो त ?
हो, नेपालमा केही दिनदेखि भारी वर्षा हिमपात भइरहेको थियो । यो नरोकिएका कारण पनि दुर्घटना हुन पुग्यो र दुुर्घटना भइसकेपछि पनि प्रतिकुल मौसमका कारण उक्त ठाउँमा उद्धार गर्न कठिनाई भएको कुरा यहाँहरुले देख्नु भएकै हो । त्यस कारण केही घण्टा शव ल्याउन ढिलो भएको हो ।

ताप्लेजुङको सिस्नेभिरमा भएको हेलिकोप्टर दुर्घटनामा परेका व्यक्तिहरु माननीय पर्यटनमन्त्री लगायत अन्य ६ जनाको शव पहिचान गर्न निकै कठिनाई भयो हैन ?
शुरुमा त सबैको शव पहिचान गर्न सकिन्छ कि भन्ने कुरा पनि आएको थियो तर संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय रविन्द्र अधिकारी र नेपाली सेनाका जमदार तथा माननीय मन्त्रीको अंगरक्षक अर्जुन घिमिरेको शव मात्र पहिचान भएको हो । त्यसपछि सबै जनाको पहिचान हुने काम गर्दै गइयो ।

नेपालमा यस्तखाले कहालिलाग्दो हवाई दुर्घटना पटक–पटक हुँदै आएका छन्, त्यसपछि विभिन्न सरकारले जाँचबुझ आयोग पनि बनाउँछन् । आयोगले छानविन पनि गर्छन्, प्रतिवेदन पनि बुझाउँछन् । तर प्रतिवेदनलाई पछि गएर रद्दिको टोकरीमा फालिन्छ भनिन्छ नि ?
त्यसो त पक्कै होइन । दुर्घटना जाँच आयोगले रिपोर्ट नेपाल सरकारलाई बुझाउँछ । त्यो रिपोर्ट बुझाइसके पनि कुन–कुन निकाय कत्तिको जिम्मेवारी हो ? के कारणले दुर्घटना भएको हो ? यि सबै कुराहरु बुँदागत रुपमा केलाइएको हुन्छ । त्यसको जिम्मेवारीभित्र पर्ने निकायहरुले कार्यान्वयन गर्नुपर्छ । कतिपय कुराहरु तत्कालिन अवस्थामा कार्यान्वयन गर्न सकिन्छ ।

कतिपय जिम्मेवारी अवस्थाको हुन्छ । त्यसो हुनाले सम्बन्धित एयरलाइन्स अपरेटर, मन्त्रालय कुनै पनि निकायसँग सम्बन्धित हो ति सबैसँग दुई वटा म्याद आयोगको सुरक्षा सिफारिस जान्छ । त्यसको कार्यान्वयन भए नभएको अनुगमन समितिले गर्नुपर्छ । कतिपय अवस्थामा मन्त्रालयले पनि गरिरहेको हुन्छ । यो रद्दिको टोकरीमा फाल्ने भन्ने कुरा चाँही हुँदैन ।

ताप्लेजुङको सिस्नेभिरमा डाइनेस्टिक एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाको कुरा गर्दा माननीय पर्यटनमन्त्रीको पाथिभरा जाने कार्यक्रम नै थिएन भन्ने पनि आएको छ नि तपाई के भन्नुहुन्छ ?
यो कुरामा हामी पनि आश्चर्य चकित भएका छौं । हामीलाई माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुँदाखेरी एकदिन अगाडि सिभिल एभिएसन अथोरिटिको बोर्डको सञ्चालक समितिको बैठकमा हामीसँगै हुनुहुन्थ्यो ।

त्यो विषयमा कुरा उठेको थियो । एयरपोर्टको निरिक्षण गर्न जाने कुरा भएको पनि हो । तर उतिखेरै जाने भन्ने कुराको तय नभएको हुँदा हामी आश्चर्य चकित भयौ । त्यसकारण चुहानडाँडाबाट हेलिकोप्टर के कति कारणले भयो भनेर त्यस विषयमा हामीलाई पनि थाहा हुन सकेन । हुनसक्छ कुनै अचानक कार्यक्रम बन्यो होला । तर भि.आइ.पी पूर्व निर्धारित कार्यक्रमभन्दा अन्त जानु हुँदैन । अब यसमा चाँही के भएको हो भन्न सक्ने अवस्था छैन ।

अहिलेको अवस्थामा मौसम खराबी भइरहँदा पाथिभरा नगएको भए हुन्थ्यो भन्ने जनमत बलियो हुँदै आएको छ, सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुमा पनि यस्ताखाले टिकाटिप्पणीहरु आईरहेका छन्, तपाईलाई के लाग्छ ?
सम्भवतः पूर्व निर्धारित कार्यक्रम अनुसार मौसम नबिग्रिएको अवस्थामा माननीय मन्त्रीले कार्यक्रम सकेर आएको भएदेखि सम्भवत यो घटना हुदैनथ्यो भन्ने हामीलाई लाग्छ । उच्च प्रतिकुल मौसमको अवस्थामा त्यति उचाइमा त्यो पनि मध्यान्हमा साँढे १२ को हाराहारीमा उडान भएको देखिन्छ । हिमपात शुरु भइसकेको थियो ।

पाथिभरामा लगभग १ घण्टा जति उहाँहरु हुनुहुन्थ्योे । सम्भवतः यो क्षेत्रमा उडान नभइदिएको भएदेखि पूर्वनिर्धारित कार्यक्रम बमोजिमनै उहाँहरु फर्किदिएको भए घटना टथ्र्यो कि भन्ने लाग्छ । यो त केवल सम्भावित कुरा मात्रै हो ।

पछिल्लो समय नेपाली आकाश असुरक्षित बन्दै गएको छ, यसको कारण के हो जस्तो लाग्छ त तपाईलाई ?
नेपालको हवाई आकाश सुरक्षित गर्नको लागि हामीले विविध कार्यक्रमहरु गर्दै आइरहेका छौं । नेपाल नागरिक उड्डन प्राधिकरणले युरोपेली युनियनको लिस्टमा राखिसकेपछि यूरोपियन एजेन्सीसँग बसेर नेपालका पाइलटहरुको क्यापसिटि वृद्धि गर्ने विभिन्न म्यानुअल स्ट्यान्डर्ड अपरेटिङ प्रोसेसहरुमा सन्तुलन गर्ने, मोनिटरिङ गर्ने जस्ता कामहरु गरिरहेको छ । दुर्घटना भन्ने कुुरा पूर्व सूचना दिएर आउँदैन ।

तर अप्ठ्यारो स्थितिमा चाँही कसरी तमतयार रहने हो, त्यो स्थितिमा के गर्ने भन्ने कुरामा कसरी पाइलटको क्षमता बढाउने हो । इमरजेन्सी अवस्थामा त्यसलाई हेन्डल गर्न सक्ने गरी उहाँहरुको टे«निङ्ग गराउने हो । यस कार्यमा निरन्तर रुपमा सिभिल एभिएसन अथोरिटि लागि रहेको छ ।

करिब ७० वर्षको इतिहासमा हाम्रो देशमा ८८ वटा बिमान दुर्घटना भएका घटनाहरु देखिन्छन् । तर सिभिल एभिएसनले यस्तो दुर्घटनालाई नियन्त्रण गर्न सकिरहेको छैन किन होला ?
दुर्घटना भन्ने कुरा रोक्न सक्ने भन्ने कुरा हुँदैन । यसलाई न्यूनीकरण गर्ने हो । न्यूनीकरण गर्न कुनै कालखण्ड कुनै समयावधिमा सिभिल एभिएसन अथोरिटि, नेपाल सरकार लागि रहेको छ । विभिन्न किसिमका कार्यक्रमहरु पनि निरन्तर रुपमा गर्दै आइरहेको छ । कतिपय अवस्थामा सिभिल एभिएसन अथोरिटिले मोनिटरिङ गर्दाखेरी चाँही दुर्घटना पर्न पुगेको छ ।

उस्तै प्रकारका दुर्घटना दोहोरीएका पनि छन् । दुर्घटना जाँच आयोगले दिएको सुरक्षा सिफारिसहरुमा यो चोटी यस्तो दुर्घटना भयो भन्ने रेकर्ड नदेखाइ आउँछ । त्यस्तो प्रवृत्ति फेरी पनि दोहोरिएको छ । विगतको १२ वर्ष अगाडि जुन किसिमको दुर्घटना भयो । त्यस्तो खालको दुर्घटना फेरी पनि नदोहोरियोस् भन्ने हो । त्यसले गर्दा हामीलाई सोच्न बाध्य बनाएको छ । मौसमी अवस्था नबुझी उडान गर्दा अब सिभिल एभिएसन अथोरिटि अलिकति स्ट्रिक हुनुपर्ने भूमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

नेपालको जुनसुकै उडान भर्दा पनि उडाउन नहुने कुुरा हुँदैन भन्न सक्नुप¥यो नि होइन र ?
हरेक सेवा कम्पनीको आफ्नो अफिसियल म्यानल हुन्छ । आ–आफ्नो एस.ओ.पी हुन्छ । उडानमा पाइलट इन कमाण्ड हुन्छ । उ चालक दलको प्रमुख हो ।

त्यसकारण निर्णय लिने काम चाँही पाइलट इन कमाण्डकै हो । त्यसमा पनि हाम्रो भिरपाखा, डाँडाकाडा जस्तो ठाउँमा जानुपर्ने नदिनाला फलो गर्नुपर्ने हुन्छ । उडानको नियमहरु पुरा गर्नुपर्ने यि सम्पूर्ण कुराको जिम्मेवारी पाइलटको हो । पाइलट यो कुुरामा स्ट्रिक हुनुपर्छ । भि.आइ.पी उडानमा चाँही अझ बढी सतर्क हुनुपर्छ भन्ने मलाई लाग्छ । यस कुरामा हाम्रो पाइलट इन कमाण्ड, हाम्रो सिस्टम यो विषयमा चाँही रिभ्यु गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अन्त्यमा, जुन कुुरा हुनु नपर्ने थियो, भइसक्यो । हामी नेपाली धेरै कुरामा सचेत हुनै बाँकी छौं । तथापि यस्तो कहालिलाग्दो दुर्घटनाको दोषी चाँही को होला जस्तो लाग्छ, यहाँले नयाँ विकल्प साप्ताहिक मार्फत बताइदिनु हुन्छ कि ?
नेपाल सरकार मन्त्री परिषद्ले दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । दुर्घटना आयोगले यस विषयमा सबै हिसाबले जाँच गर्छ । यसपछि मात्रै सत्यतथ्य के हो भन्ने कुरा अगाडि आउँला भन्ने मलाई लाग्छ । १ बजेको हाराहारीमा उडान गर्दाखेरी हिमपात भइरहेको बेला उडान भएको अवस्था छ । त्यसले गर्दा धेरै कुरा हेरिनुपर्छ भन्ने मलाई लाग्छ । यस बारेमा दुर्घटना सुरक्षा जाँच आयोगले मात्रै सत्यतथ्य पत्ता लगाउँछ भन्ने मेरो विश्वास हो ।

अब आयो शव पहिचानको कुरा यो प्राविधिक कुरा हो । यसमा एक्सपर्ट डाक्टरहरुले काम गर्ने कुरा हो । डाक्टरहरु अहोरात्र खटिनु भएको थियो । हवाई दुर्घटनामा भएका शव पहिचान गर्ने स्पेशल प्रक्रिया छ । उद्धारको लागि तत्काल नै हेलिकोप्टर परिचालन गरिएको थियो ।

सम्बन्धित समाचार

Qué ofrece realmente Paradise 8 Casino a los jugadores españoles
  • २०७५ फाल्गुन २०, ०८: ५६

Análisis de Paradise 8 Casino: plataforma con licencia de Curazao, soporte en español y pagos con Bizum. Descubre su catálogo...

Verstehen, warum lokale Lizenzen Sicherheit bedeuten
  • २०७५ फाल्गुन २०, ०८: ५६

Warum ich nur auf Schweizer Plattformen setze und wie die Netzsperren funktionieren. Ein ehrlicher Blick auf legale Alternativen zu ausländischen...

BangaWin Casino im Überblick
  • २०७५ फाल्गुन २०, ०८: ५६

Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.