समाज सेवाबाट राजनीतिमा उदायकी नेत्रृ हुन् वसन्ती तामाङ (डंगोल) । हाल उनी दक्षिणकाली नगरपालिकाको दोस्रो पटककी उप–प्रमुख छन् । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दोस्रो पटक निर्वाचित भएकी हुन् । दक्षिणकाली नगरपालिका–६, जन्मिएकी तामाङ समाज सेवासँगै नेपाली कांग्रेसको स्थापित नेतृ हुन् । उनै वसन्ती तामाङ (डंगोल) दक्षिणकाली नगरपालिकाका समसायिक विषयमा केन्द्रित रहेर कालिका महतले गरको कुराकानीको सम्पादित अंश :

तपाईंको थातथलो कुन ठाउँमा हो ?
मेरो जन्म घर दक्षिणकाली नगरपालिका–६, काठमाडौं हो । कर्मघर पनि दक्षिणकाली नगरपालिकाकै– १, काठमाडौंमा पर्छ । यसरी मेरो जन्म र कर्मघर एउटै नगरपालिकामा पर्दछ ।
यहाँको पढाइ लेखाइसँगै बाल्यकाल कसरी बित्यो ?
मैले कक्षा ५ सम्म सिखरापुर बोर्डिङ स्कुल पढेको हो । त्यसपछि फर्पिङ मावि सामुदायिक विद्यालयबाट २०५४ सालमा एसएलसी पूरा गरेँ । उच्च शिक्षाको लागि नेपालकै पहिलो उच्च मावि भनेर चिनिने दक्षिणकाली नगरपालिकाकै अरुणोदय उच्च माविमा कक्षा ११ ज्वाइन् गरेँ । त्यहीं कक्षा ११ पढ्ने क्रममै विवाह भयो ।
प्रेम विवाह गर्नुभएको हो ?
मेरो प्रेम विवाह नै हो । किन भने मेरो माइती नेवार हो । श्रीमान चाहीं तामाङ हो । हाम्रो पालामा अन्तरजातीय विवाह मागी हुने कुरै भएन ।
अन्तरजातीय विवाह घर र माइतीबाट सजिलै स्वीकारोत्ति भयो त ?
त्यो बेलामा अन्तरजातीय विवाहलाई स्वीकार्न गाह्रै थियो । एउटा जातिबाट अर्को जातिमा आउँदा घरबाट श्रीमानले स्वीकार्ने कुरा भइहाल्यो । माइती र घरपरिवारलाई सम्झाउन पर्ने, फेरि उमेर पनि सानै थियो । सहजता ल्याउन अलिकति संघर्ष नै गर्नुप¥यो ।
माइती र घर दुवैतिर कसरी मिलाउनुभयो त ?
माइती र घर मिलाउने कुरा आफूमा भरपर्छ । म नेवार समुदायकी भएँ । दुई दाइकी एक्ली बहिनी हुँ । एउटै मात्र छोरी भएकाले माइती घरमा एकदमै माया पाएकी थिएँ । घरतर्फ तीन दाजुभाइमध्ये मेरो श्रीमान माइलो हुनुहुन्छ । घरतिर त सम्झाउन सजिलै भयो । घर छिमेकतिर चाहीँ अलि गाह्रो भयो । मैले घर र माइतीलाई सजिलै परिवर्तन अथवा रुपान्तरण गर्न सफल भएको नै समाज सेवा मार्फत हो । समुदायका, महिला दिदीबहिनीहरुसँग भिजेको कारण कुरा बुझाउन सजिलो भयो । जसरी म ‘सेयरिङ केयर’ नेपाल भन्ने संस्थामा आबद्ध थिएँ । त्यसले टोलटोलमा निरक्षर महिलाहरुलाई साक्षर बनाउन प्रौढ कक्षा कार्यक्रम सञ्चालन गरेको थियो । मैले त्यसमा संलग्न हुने मौका पाएकी थिएँ । त्यसको माध्यमबाट समुदायका धेरै महिला दिदीबहिनीहरुसँग घुलमिल हुने मौका मिल्यो । त्यो कार्यक्रम पहिला चाल्नाखेलको एउटा वडामा मात्रै सञ्चालित थियो । पछि ९ वटै वडामा पु¥याइयो । त्यसले ९ वटै वडाका महिलाहरुसँग घुलमिल भयो । त्यसकारण पनि मलाई घर र माइती पक्ष मिलाउन सहजता भयो ।
विवाहले ब्रेक लागेको पढाइलाई कसरी जोड्नुभयो त ?
जसरी म ‘सेयरिङ केयर’ नेपाल भन्ने संस्थामा म आबद्ध थिएँ । त्यसले टोलटोलमा प्रौढ कक्षा जस्तै कार्यक्रम सञ्चालन गरेको थियो । जसले निरक्षर महिलाहरुलाई साक्षर बनाउनको लागि टेवा पु¥याएको छ । त्यो कार्यक्रम मार्फत निरक्षर महिला दिदीबहिनीहरुलाई पढ्नुपर्छ भन्ने सहजकर्ताको भूमिकामा लागेकी थिएँ । यसरी उहाँहरुलाई पढ्नुपर्छ भनेर प्रेरित गर्न म आफै पनि पढेर देखाउनुपर्ने भयो । अनि ब्रेक भएको पढाइलाई निरन्तरता दिएँ । महिला दिदीबहिनीहरुलाई आफू पढ्न गएर देखाउनुपर्ने भएकाले पहिला पढेकै अरुणोदय उच्च माविबाट ११, १२ पास गरेँ । त्यतिबेला छोरी पनि ११ वर्षकी भइसकेकी थिइँन । त्यसपछि शिखरापुर क्याम्पसमा ब्याचलर ज्वाइन गरेँ । यसरी मैले पढाइलाई ब्याचलरसम्म पु¥याएर टुंग्याएँ ।
कांग्रेस पार्टी राजनीतिमा कसरी आकर्षित हुनुभयो ?
पहिला म सबै पार्टीको कार्यक्रम चलाउँथेँ । पछि राजेन्द्र केरी दाइसँग संगत बढ्दै गयो । उहाँले नै मलाई नेपाली कांग्रेसको पार्टी राजनीतिमा ल्याउनुभयो । त्यतिबेला चुनावको बेला थियो । यस क्षेत्रबाट नेपाली कांग्रेसका नेता राजन केसीदाइ उठ्नु भएको थियो । उहाँको चुनाव प्रचारमा लागियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराएर राजन दाइलाई जिताउन सफल पनि भइयो । यसरी धेरै पार्टीका कार्यक्रम चलाउँदा र भाषण सुन्दा नेपाली कांग्रेस पार्टी असल लागेर कांग्रेस राजनीतितिर होमिएकी हुँ ।
नेपाली कांग्रेस जस्तो पार्टीबाट दुई-दुई पटक उप–प्रमुखको टिकट पाउने गरी कसरी विश्वास जित्नुभयो ?
दक्षिणकाली नगरपालिकाको उप–प्रमुखमा मैले पहिलो पटक टिकट पाउँदा लामो समयदेखि स्थानीय तहको चुनाव भएको थिएन । यहाँ नेपाली कांग्रेसमा पहिलादेखि दुःख गरेका धेरै अग्रह महिला दिदीबहिनी पनि हुनुहुन्थ्यो । हामीलाई त्यो चुनाव जसरी पनि जित्नैपर्ने चुनौति थियो । त्यसको लागि म सामाजिक क्षेत्रमा काम गरेर धेरै महिलाको मन जित्न सफल भएकी परिचित महिला थिएँ । त्यसको साथै विभिन्न कार्यक्रम सञ्चालन गर्ने र समाज सेवामा लागेका कारण ममा नेतृत्वदायी क्षमताको विकास भएको थियो । त्यो क्षमता र भूमिका देखेर पार्टीका नेताहरुले मलाई उप–प्रमुखको टिकट दिनुभयो । यसरी पहिलो पटक सानदार ढंगले कांग्रेसबाट मैले चुनाव जितेँ । यस पटक पनि पार्टीले मलाई नै उप–प्रमुखको टिकट दियो । चुनाव पनि जितियो ।
तपाईंले दोहो¥याएर टिकट पाउँदा पहिलादेखि लाग्ने महिलाहरुको फरक मत रहेन ?
धेरै लामो समयदेखि लाग्नुभएको दिदीहरु हुनुहुन्थ्यो । त्यसकारण उहाँहरुले नै पाउनुपर्छ भन्ने मेरो पनि मान्यता थियो । त्यति हुँदाहुँदै पनि मैले उप–प्रमुखको टिकट पाइसकेपछि सबै महिला दिदीबहहिनीदेखि नेता, कार्यकर्ता लागि पर्नु भयो । त्यो चुनाव जित्नैपर्ने प्रतिष्ठाको विषय जस्तो भएको थियो । ऐतिहासिक दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसले पहिला कांग्रेसले जितेको थियो, यसपालि पनि जित्नुपर्ने थियो । त्यसकारण मैले टिकट पाएकोमा असन्तुष्टि राख्नुभएन । सबैको उत्साहपूर्वक साथ सहयोगले मेयर, उपमेयर लगाएतले जित्न सफल भयौं । फेरि मेरो नेपाली कांग्रेस लगायत अन्य दलहरुसँग पनि राम्रो सम्बन्ध थियो । त्यसबाट पनि अलि बढी सहयोग मिल्यो ।
विकासका कुरा गर्नुपर्दा कुन क्षेत्र खड्किएको देख्नुहुन्छ ?
मेन त बाटो नै हो । किन भने अन्य विकासका लागि पनि सकडकै आवश्यक देखिन्छ । विजुली, पानीको व्यवस्थापन गर्न पनि गाडीको सुविधा हुनुप¥यो । त्यस्तैले कृषि उत्पादनहरु बजारसम्म पु¥याउन पनि यातायातको सुविधा चाहियो । त्यसैले यहाँका जनताको पहिलो चाहना सडक विस्तार मै छ । फेरि काठमाडौंको यो दूर्गम नगरपालिका पनि भयो ।
अझै पनि बाटो नजोडिएको र खानेपानी नभएको ठाउँ छ ?
हाम्रो नगरपालिकामा अझै पनि बाटो नजोडिएका ठाउँहरु छन् । जस्तै ८ नम्बर, ९ नम्बरलाई हेर्नेहो भने एदमै विकट छ । यी ठाउँहरुमा सडक सञ्जाल त जोडिएका छन् । तर, घर वस्तीमा पुगिसकेको छैन । मुहानहरु धेरै हुँदा पनि खानेपानीको समस्या पनि छ । खासगरी खानेपानीको समस्या ८ नम्बर वडामा छ । पानीका स्रोतहरु धेरै हुँदाहुँदै पनि वस्तीहरु धेरै हाइटमा भएकाले त्यो समस्या भएको हो । त्यसको लागि पम्पको व्यवस्था गर्नुपर्ने छ ।
तपाईं न्यायिक समितिको संयोजक हुनुहुन्छ कुन प्रकृतिका मुद्दाहरु आउँछन् ?
मुख्य गरेर संविधानले नै दिएको अधिकार क्षेत्रभित्र पर्ने न्यायिक समिति भयो । त्यसको संयोजक म आफै छु, अन्य दुईजना सदस्यमा वडा अध्यक्ष दाजुहरु हुनुहुन्छ । त्यसमा हामीहरुले कानुनी सल्लाहकार र सहजकर्ता भनेर दुई जना राखेका छौं । सुरुसुरुमा त्यति मुद्दाहरु आउँदैनथे । पछि न्यायिक समितिमा गयो भने सजिलै न्याय पाइने रहेछ भनेर आकर्षण बढ्यो । अहिलेसम्म घरजग्गा र साधसिमानाकै बढी मुद्दाहरु आउँछन् । पारिवारिक झैझगडा एदमै कम आउँछन् । त्यस्तो मुद्दा सकेसम्म मेलमिलाप गरेर पठाउँछौं । पहिला आउने बेला एकर्आको मुख पनि नहेर्ने गरी आउँनुहँुन्छ हामीले सहजीकरण गरिसकेपछि मिलेर जानुहुन्छ ।
कतिपय स्थानीय निकायमा जनताका आवश्यकता अनुसार काम भएनन् भन्ने गुनासा छन् नि ?
त्यो वडा स्तरबाटै आउने हो । फेरि हाम्रो नगरपालिकामा जन्म दर्ता र मृत्यु दर्तालाई पहिलो कार्यकालमै निःशुल्क गरेका छौं । त्यसको लागि हामीले वडा कार्यालयसँग समन्वय गरेका छौं । अहिलेका जन्म दर्ता, नागरिकता र स्कुलको सर्टिपिकेट मिलाउने कुराहरुको गुनासो मात्रै हामीकोमा आइपुग्छ । त्यसको समाधानका लागि उचित सरसल्लाह गरेर अगाडि बढाउँछौं ।
कतिपय ठाउँमा एउटै पार्टीको भएर मेयर, उपमेयरबीच बेमेल देखिन्छ तपाईंहरुकोमा छैन ?
नगर प्रमुख मेरो अग्रज दाजु हुनुहुन्छ । उहाँ सानैदेखि चिन जानेको मेरो साथीको बुबा पनि हुनुहुन्छ । उहाँ राजनीतिमा पटक–पटक नेतृत्व गरेर धेरै समय खारिएर आउनुभएको छ । मैले समाजसेवा गरेको भएपनि राजनीतिमा पछि आएकाले नगर प्रमुख धेरै कुरा सिक्ने मौका पाएकी छु । बेमेल हुने भनेको आफ्नो अधिकार र कार्यक्षेत्र बिर्सेर अर्काको भागमा हस्तक्षेप गर्दा हुने हो । आफ्नै भाग यति धेरै छ भने अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने आवश्यकतै छैन । त्यसैले कार्य विभाजन नै छुट्टाछुट्टै भएकाले हामीमा त्यस्तो फरक मत हुँदैन । एकआपसमा सरसल्लाह गरेर मिलेर काम गरेका छांै । साच्चिकै भन्ने हो भने नगर प्रमुखको भन्दा उप–प्रमुखको क्षेत्राअधिकार धेरै छ । अनि एकआपसमा फरक मत राख्नुपर्ने आवश्यकतै छैन । त्यसैले हामीहरु आफ्नै दाजु, बहिनी जस्तै मिलेर कार्य सम्पादन गर्दै आएका छौं । यसरी नै मिलेर उदाहरण गरेर अगाडि बढ्ने प्रण गर्दछु ।
नगर प्रमुख र उप–प्रमुखको कार्यकौशल देखेर दक्षिणकाली नगरपालिकाका जनताले दोहो¥याएर तपाईंहरुलाई निर्वाचित गरेका हुन् जस्तो लाग्छ ?
वास्तवमा तपाईंले भने जस्तै यहाँका नागरिकको आवश्यकतालाई मध्यनजर गरेर हामीले अहोरात्र दत्तचित्त भएर लागि परेका छौं । हाम्रो कार्य सम्पादनलाई यहाँका नानगरिकले राम्रो मूल्यांकन गरेका छन् भन्ने लाग्छ । हामीले पनि उहाँहरुको भावनालाई कर्त चोट नपु¥याई काम गर्नुपर्छ । त्यसको लागि हामी सचेत छौं । अघिल्लो कार्यकालमा थाति रहेका कतिपय कामहरु परिपूर्ति गर्नुपर्ने हाम्रो दायित्व छ । त्यसको लागि जनताका घरदैलोमा पुगेर उहाँहरुको इच्छा, आकांक्षा र आवश्यकतालाई ध्यानमा राखेर काम गर्न लागि परेका छौं । बिकल्प साप्ताहिकबाट
1win bet: Understanding Responsible Gambling Policies Меня зовут Алексей Смирнов, и я рад представить вам обзор казино 1win. Это заведение...
Welche Boni erwarten Sie bei Sportwetten ohne Oasis und Diversität? Bei Sportwetten ohne Oasis und Diversität können Wettende auf diverse...
Как казино Пинко Зеркало адаптируется к новым игровым трендам В условиях стремительно развивающегося мира онлайн-гейминга, казино Пинко Зеркало демонстрирует невероятную...