
जाजरकोटका नेपाली कांग्रेसका युवा नेता राजिव विक्रम शाह नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भए । उनी एथलेटिक्सका अध्यक्ष समेत रहेका छन् । केन्द्रीय सदस्यमा निर्वाचित हुनु अगाडिदेखि जाजरकोटको विकासमा निरन्तर लागि पर्दै आएका शाहले जाजरकोट जिल्लामा आफ्नै खर्चमा ठूलो धनराशि खर्च गरेर अस्पताल निर्माण गरेका छन् । जाजरकोट भौगोलिक हिसाबले दुर्गम मानिन्छ । दुर्गम जिल्लालको जिल्ला वासिलाई स्वास्थ्य उपचारमा पहिलो प्राथमिकता दिन कुनै पनि राजनीतिक दलका नेताहरुले उद्धेश्य लिनुपर्ने हुन्छ नै । उनी जिल्लामा फैलिएको महामरी लगाएत झाडाबान्ताको समयमा काठमाडौंदेखि हेलिकप्टरमा स्वास्थ्य टोली र औषधी सामाग्री लिएर आफै जिल्लामा कुद्ने गरेका छन् । जिल्लावासीको स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राख्दै आएका शाहले स्वास्थ्य र शिक्षालाई नै पहिलो प्राथमिकता दिदैँ आएका छन् । २०७४ को संविधान सभा निर्वाचनमा उनी जाजरकोटबाट सविधान सभा सदस्यमा निर्वाचित भए पश्चात जिल्लाका हरेक विकास निर्माको कार्यमा लागि गर्दै आएका छन् । लगनशिल, बौद्धिक र मिजाशिला स्वभावका शाह जाजरकोट जिल्लाको कांग्रसकोे तर्फबाट संघीय संसदका लागि सिफारिस भए पनि पार्टीको आदेश अनुसार प्रदेशका लागि उम्मेदवार बन्न तयार भए । गठबन्धनका कारण कांग्रेसका धेरै हस्तीहरु मध्येका शाह प्रदेश विकासका लागि बौद्धिक व्यक्तिहरुको खाँचो भएको औँल्याउँछन् । आसन्न निर्वाचन र जिल्लाको समसामयिक विषयमा नयाँ विकल्प डटकमका विशेष संबाददाता गरेको संक्षिप्त कुराकानी :
आसन्न निर्वाचनमा तपाईले दाबी गरे अनुसार संघीय संसदको नेतृत्वको लागि दाबी गर्नु भएको थियो तर तपाई यतिबेला प्रदेश सांसदमा पनि चित्त बुझाउनु भयो किन ?
पार्टीमा लागि सकेपछि पार्टीको निर्णय मान्नुपर्छ । पार्टीले गरेको निर्णयमा हामी नेताले खुशी मान्नुपर्छ । किनकि पार्टी यतिबेला गठबन्धनमा छ । मैले संघमा नै जाने लक्ष्य लिएको थिए । किनभने ०७० मा संविधान सभामा निर्वाचित भइसकेको व्यक्ति हो म । तथापि त्यो पूरा हुन सकेन । मुलुकको विकास गर्नका लागि हामीले जुनसुकै ठाउँमा गएर पनि गर्न सक्छौं । गएको निर्वाचनपछि मलाई केही महसुस भयो कि हामी सबैले माथिमाथि ताक्ने, प्रदेश संरचनामा ध्यान नदिने, प्रदेश संसदलाई व्यवस्थित बनाउन क्षमतावान मानिसहरु नजाँदा प्रदेशको विकास हुन सकेन । तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्वमा बनेको नेपालको संविधान अनुसार प्रदेशको विकास नभएको हुँदा जनतामा निराशा आउन थाल्यो । त्यसकारण पनि प्रदेशको बारेमा दुर्गम जिल्लादेखि सुगम जिल्लाका जनतालाई जति सक्दो विकास र सेवा प्रदान गर्न सके प्रदेशको स्थायित्व हुन्छ भन्ने लाग्छ । । संघले नीति नियम निर्माण गर्ने हो । विकास त प्रदेशबाटै सुरु गर्नुपर्छ । योजना तर्जुमा त दुर्गम जिल्लाबाटै सुरु गर्नुपर्छ । त्यसैले पनि मेरो मूल लक्ष्य भनेको मेरो जिल्ला र प्रदेशको विकास गर्ने र जनताको सेवा गर्ने हो भनेर हिँडेको हुँदा मेरो नेताहरुले मलाई प्रदेशमा पठाएकोमा म खुशी छु । प्रदेशको विकासको संरचनामा विना स्वार्थका साथ १० वटै जिल्लामा सेवा पुर्याउन सक्छु भन्ने मेरो प्रतिवद्धता तपाईको मिडिया मार्फत जाहेर गर्न चाहन्छु ।
कर्णली प्रदेशको शैक्षिक विकासका लागि तपाईका योजना कस्ता कस्ता छन् ? भावी योजना पनि बताइदिनु हुन्छ कि ?
हाल सञ्चालित कर्णालीका १० वटा जिल्लामा भएका सामुदायिक विद्यालयहरुको गुणस्तर विकासमा पहिलो प्राथमिकता दिनुपर्छ । किनकि नेपालको ७६ वटै जिल्लाको शैक्षिक गुणस्तर राम्रो भयो भने हाम्रा जिल्लावासी भाइ बहिनीहरु काठमाडौंको बोङिग स्कुलहरु धाउनु पर्दैन । आफ्नै जिल्लामा शैक्षिण गुणस्तरमा वृद्धि भयो भने यहाँका भाइ बहिनीले दुःख भोग्नु पर्दैन । त्यसैले मेरो पहिलो प्राथमिकता भनेको जिल्लाको शैक्षिक गुणस्तर वृद्धि गर्ने रहन्छ । र मेरो ध्यान पनि पहिलेदेखि नै त्यही क्षेत्रतर्फ लाग्दै आएको छ । गुणस्तरीय शिक्षाका लागि जिल्लाका शिक्षकहरुलाई पनि गुणस्तरीय तालिम लगाएत वृद्धि विकासमा ध्यान दिनुपर्ने हुन्छ । अनि शिक्षकहरु गुणस्तरीय तालिम र वृद्धि विकासमा सफल हुँदै गइसकेपछि विद्यार्थीहरुलाई पनि गुणस्तरीय शिक्षा दिन सक्नुहुन्छ । हामीले त्यो व्यवस्थापन गर्न नसकेर हो कि अथवा शिक्षकहरुलाई राजनीति बढी मन परेर हो जिल्लामा शिक्षकहरु बढी राजनीति गरिरहनु भएको छ । यसको अन्त हुन जरुरी छ । किनकि शिक्षकले गुणस्तरीय शिक्षा दिने हो राजनीति गर्ने होइन । अहिले हाम्रो शिक्षकहरुमा धेरै राजनीति गर्ने बानी भइरहेको छ । शिक्षकले गुरु भन्दा नेताको रोल खेलिरहनु भएको छ । अब शिक्षकले गुरुको रोल खेल्नुपर्दछ र राम्रो विद्यार्थी उत्पादन गर्नुपर्दछ । टिचर्स टेनिङ«ग प्रोग्राम सञ्चालन हुनुपर्छ र सँगसँगै विद्यार्थीहरुको काउन्सिलिङ सेसन सँगसँगै बढायो भने काठमाडौंका बोडिङ स्कुलसँग हाम्रा सरकारी स्कुलले प्रतिस्पर्धा गर्न सक्छन् । अर्को कुरा भनेको कर्णली प्रदेशमा कम्तीमा पनि एउटा गुणस्तरीय विश्वद्यिालय स्थापना गर्नुपर्छ । कर्णाली प्रदेशमा रहेको १० वटा जिल्लाका विद्यार्थीहरुले गुणस्तरीय विश्वविद्यालय शिक्षा पाउनुपर्छ भन्ने मेरो मुख्य लक्ष्य रहेको छ ।
नेपालको कर्णाली प्रदेशलाई पिछडिएको प्रदेश भनिन्छ, त्यसैले पनि तपाईले शिक्षा र स्वास्थ्यमा बढी ध्यान केन्द्रित भएको देखिन्छ तर समग्र कर्णली विकासका लागि तपाईको भावी योजना के छ ?
तपाईले नै कर्णाली प्रदेशलाई पिछडिएको भनि रहँदा म त्यसैले पनि समग्र कर्णाली विकासको लागि प्रदेश सांसदका लागि तयार भएको हो आफ्नो गाउँ आफ्नो ठाउँ विकास गर्दा मनमा आनन्द हुने र यहाँका जनता लाभान्वित हुने हुँदा कर्णालीको संरचनाहरु नै नयाँ बनाउनु पर्ने हुन्छ । यहाँको बाटोघाटो, सडक, पुल, विद्युत लगाएत स्कुल, कलेज आदि धेरै संरचना निर्माण गर्नुपर्ने मैले देखेको छु । त्यसैले यहाँका मानिसहरुको सोचलाई नै विकास गर्नुपर्ने हुँदा म यहाँका जिल्ला वासिहरुसँग चिरपरिचित भएको नाताले प्रदेशको हरेक व्यवहारिक र व्यवसायिक विकासमा लागिपर्दै जाने छु । सँगसँगै यहाँको बासिन्दाको मेनपावरको सोचलाई पनि विकास गर्नुपर्दछ । मानवीय विकास राम्रो स्कुुल, कलेजबाट उत्पादन गर्न सकिन्छ । हरेक पालिकामा अस्पताल खोल्छु भनेर मात्र भएन त्यसका लागि दक्ष जनशक्तिको उत्पादन गर्नु जरुरी छ । कर्णाली प्रदेशको पूर्वाधार विकासका लागि सबै राजनीतिक दलहरुसँग सहकार्य रहनेछ । र सबै मिलेर कर्णालीको विकासमा लागिपर्नका लागि म अनुरोध गर्दछु ।

Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.
El panorama de los casinos en línea está lleno de opciones, pero de vez en cuando surge una marca que...
Un análisis de Art Casino desde la experiencia: registro, juego, pagos y regulación. Lo bueno, lo malo y la visión...