समाजसेवा र विद्यार्थी राजनीतिबाट खारिएका स्थापित युवा नेता हुन् टेकराज ओझा । डोटीका स्थायी वासिन्दा ओझा कांग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन् । कांग्रेसभित्र असल नेतृत्वको खोजीमा जोड दिने उनी पूर्व सांसद् तथा मन्त्री सिद्धराज ओझाका भाइ हुन् । पारिवारिक रुपले कांग्रेस संगठनमा ठूलो योगदान गरेका ओझा समाजसेवी, सालिन नेता र स्पष्टवक्ताको रुपमा परिचित छन् । राजनीतिलाई पेशा नभइ समाजसेवा ठाउन्ने उनी निष्ठावान नेता भनेर चिनिन्छन् । उनै नेता ओझासँग कांग्रेसभित्रको समसामयिक विषयमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
नेविसंघको राजनीति कुनै पदमा रहेर सेवा गर्नुभयो ?
नेविसंघमा म आफै लिडर चाहीं भइन । तर, नेविसंघ र नेपाली कांग्रेसका साथीहरुसँग बसेर सहयोग र सल्लाह दिने काम गर्दथेँ । त्यतिबेला उमेरले पनि परिपक्व भइसकेको थिएन । २०४६ सालमा त हाइस्कूल पढ्दै थिएँ । सानै भएपनि पारिवारिक वातावरण नै राजनीतिक भएकाले नेविसंघ, नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु मलाई भेट्न, सल्लाह लिन आउनुहुन्थ्यो । तर, पदीय दायित्वमा रहिन । साथीहरुलाई पदमा पु¥याउन चाहीं धेरै काम गरियो । त्यसकारण पनि अहिले मलाई सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।
स्कूले जीवनदेखि राजनीतिमा होमिदापनि अहिलेसम्म पार्टीले जनप्रतिनिधि हुने अवसर दिएन हो ?
पहिला डोटीमा दुईवटा निर्वाचन क्षेत्र थियो । २०७० को निर्वाचनमा दुई नम्बर क्षेत्रबाट झन्डैझन्डै म सर्वसम्मत जस्तै थिएँ । पछि क–कसले भूमिका खेलेर मैले टिकट पाइँन । त्यसबेला तीन जना सिफारिस भएका थियौं । त्यसमा म सर्वसम्मत जस्तै थिएँ । त्यति हुँदा पनि मैले सेवा गर्ने अवसर पाइँन । हामीले सोच राख्दा सधैं सकारात्मक राख्नुपर्छ । तर, हाम्रो पार्टी नेतृत्वमा कहिल्यै त्यो खालको सोच देखिएन ।
टिकट वितरणको विषयलाई लिएर कांग्रेसभित्र असन्तुष्टिको बादल मडारिएको छ, कसरी चुनाव जिताउने त ?
पार्टीको आन्तरिक विषयलाई लिएर बाहिर छताछुल्ला हुनेगरी असन्तुष्टि पोख्नु स्वाभाविक होइन । यसमा संस्थापन र इतर दुवैको गल्ती देखिन्छ । पार्टीको आन्तरिक कुरा एकापसमा बसेर मिलाउनुपर्ने हो । त्यो कौशल दुवै पक्षमा देखिँदैन । जब मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो । त्यतिबेलै नेपाली कांग्रेसभित्र गुट, उपगुटको विकास भयो । त्यसलाई मत्थर पार्नुपर्नेमा परिष्कृत र विकसित हुँदै गएको छ । आज एउटा पक्षले निर्णय ग¥यो, अर्को पक्षले विरोध गर्ने, तँलाई यति, मलाई यति भनेर भाग खोज्ने हुनथाल्यो । अहिले आएर संस्थापन पक्षले पनि अलि नमिलाएको जस्तो देखिन्छ । इतरपक्षले पनि आफूनिकटलाई केन्द्रमा राखेर भाग खोजेजस्तो देखिन्छ । यसले विवाद झन् चर्किएको हो ।
संस्थापन पक्षले इतरपक्षलाई टिकट वितरणमा एकलौटी ढंगले पेलेकै हो त ?
त्यसरी एकलौटी ढंगले पेलेको पनि म भन्न चाहन्न । यो पाँच वर्षमा आउने चुनाव हो । त्यसमा संस्थापन इतरपक्षका मान्छेको पनि आ–आफ्ना चाहना छन् । संस्थापन पक्षका चाहनाहरु होलान् । पार्टी र जनताबीच लामो योगदान गरिसकेपछि चुनावबेला टिकटको चाहना राख्नु स्वाभाविक हो । आफूले लगानी गरेको ठाउँमा जनप्रतिनिधि भएर सेवा गर्ने इच्छा राजनीतिक नेताको हुन्छ । पार्टी संगठन र जनतामा राम्रो रुझान भएको नेतालाई संस्थापन पक्ष र इतर पक्ष भनेर विस्थापित गर्नु राम्रो होइन ।
चुनावको मुखमा नेपाली कांग्रेसभित्र सधैं किन आन्तरिक कलह हुन्छ ?
यो एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो । किन भने हामी अधिवेशनका बेला एजेन्डा र कार्यमुखी नभएर नेतामुखी भयौं । एउटै मान्छे सबैलाई मन पर्नुपर्छ भन्ने छैन । कसैलाई एउटा मन परेको हुन्छ, कसैलाई अर्कै मन परेको हुन्छ । त्यसमा एजेन्डा र सिद्धान्तमुखी भएनौं कि स्वार्थमुखी भएर हामीले भोटिङग ग¥र्यौं । चुनावमा एक पक्षले जित्ने अर्को पक्षले हार्ने भइहाल्छ । त्यसरी भोट हालिसकेपछि आमनिर्वाचनका बेलामा महाधिवेशनको इख ल्याएर तेरो पक्ष र मेरो पक्ष भन्न थालियो । टिकट वितरणदेखि सबैमा त्यही आधारमा भागबन्डा गर्न थालियो । त्यो नै विवादको सबैभन्दा ठूलो कडी हो ।
वडादेखि केन्द्रसम्म गठबन्धन गरेर चुनाव लड्नुपर्ने गरी कांग्रेस दुब्लाएको हो त ?
गठबन्धन रहरभन्दा पनि राष्ट्रिय आवश्यकता हो भन्ने लाग्छ । यसलाई गठबन्धनभन्दा पनि सहकार्यता भन्नुपथ्र्यो । संस्थापन इतर पक्षका नेताहरुले गठबन्धन गर्न रुचाएका थिएनन् । पार्टी सभापतिलाई पनि त्यसमा गलत पो गरियो कि भन्ने लागेको हुनुपर्छ । उहाँलाई पनि आमकार्यकर्तालाई एकढिक्का बनाएर कार्यकर्तालाई चुनावी अभियानमा पठाउन पाए हुन्थ्यो भन्ने लागेको हुनसक्छ । तथापि हाम्रो देश दुईवटा ठूला र विकसित देशको बीचमा छ । अर्को तेस्रो पक्षले पनि यसलाई हेरिरहेको छ । चुनावमा पनि ती देशहरुको प्रभाव पर्न सक्छ । यो सबैलाई मिलाउन पार्टी नेतृत्व र पदाधिकारीहरु एकठाउँमा उभिएर निर्णय गर्नुपर्ने थियो । गठबन्धनको विषयलाई पनि हिजो कि त पार्टी नेतृत्वदेखि पदाधिकारीले केन्द्रीय समितिबाट सर्वसम्म रुपमा पारित गर्नुहुँदैन थियो । पास गरिसकेपछि अहिले विवाद झिक्नुहुँदैन थियो । अब केन्द्री समितिले बसेर निर्णय गरेर अर्को पार्टीलाई पनि आश्वस्त पारिसकेपछि यसलाई गठबन्धन नभनेर सहकार्यतामा परिणत गर्नुपथ्र्यो । ठाउँहेरि आवश्यक सहकार्य गरेर चुनावमा गएको भए राम्रो हुनेथियो । त्यसो गर्न नसक्दा पार्टीभित्र थुप्रै असन्तुष्टि छन् । अब त्यसलाई चिरेर चुनाव जित्नुपर्ने चुनौति छ ।
गठबन्धनले झन् पार्टीभित्र द्वन्द्व चर्कियो नि अब के गर्ने ?
सहकार्यताको तरिकाले लिएको भए द्वन्द्व हुँदैनथियो । गठबन्धनात्मक हिसाबले गएकाले विवाद भएको हो । किन भने गठबन्धन त्योसँग हुन्छ जोसँग विचार, कार्यक्रम, भोलि हिड्नलाई आफ्नो बाटो पहिल्याउन सक्ने ठाउँ रहन्छ । विचार र विकासका कार्यक्रमहरु मिल्छन् । तर, अरुसँग चाहीं सहकार्यता हुन्छ । गठबन्धन भविष्यका लागि हेरेर गरिन्छ । सहकार्यता भनेको चाहीं एउटा विषयमा एकछिनका लागि गरिन्छ । जस्तो विभिन्न पार्टीबाट आ–आफ्ना एजेन्डा, सिद्धान्त र कार्यक्रममा चुनाव जितेर आउँछन् । तर, सरकार बनाउने बेलामा बहुमत पुग्दैन त्यतिबेला अन्य इच्छुक पार्टीसँग सहकार्य गर्न सकिन्छ । हाम्रो जस्तो विभिन्न समावेसी, समानुपातिक अवधारणा बोकेको संविधान अनुसार एउटै पार्टीले बहुमत ल्याउने अवस्था छैन । यसरी विभिन्न विचार, सिद्धान्त, एजेन्डा बोकेका र विभिन्न कलस्टरबाट आएकालाई एकैठाउँमा ल्याउनका लागि सहकार्य गर्न सकिन्छ । तर, यहाँ सहकार्य गर्नुपर्ने ठाउँमा गठबन्धन गरियो । गठबन्धन गर्दा पनि जरैदेखि होइन कुन ठाउँमा कांग्रेस कमजोर छ, त्यस ठाउँमा गरेर जानुपर्ने हो । किन भने त्यस ठाउँमा पनि कांग्रेसको हाराहारी भोट आउँछ । तर, हाम्रा साथीहरुले जित्न सकेका छैनन् भने त्यस्ता ठाउँमा गठबन्धन गर्नुपर्ने हो । यहाँ त कांग्रेसको भोट बैंक भएको ठाउँमा पनि गठबन्धनका नाममा अर्को पार्टी भित्र्याइएको छ । तर, अब पार्टीले निर्णय गरिसकेपछि त्यसलाई स्वीकारेर जानुको विकल्प छैन । त्यस्ता विषयलाई थाति राखेर सबै एकढिक्का भएर चुनावमा केन्द्रित हुनुपर्छ ।
यो चुनावमा सत्तागठबन्धन कत्तिको सफल होला त ?
यो गठबन्धन सफल हुने कुरा त हुँदैहोइन । किनभने यसमा नीति, सिद्धान्त, विचार, भोलि हिड्ने बाटो केही पनि मिल्दैन । यो के को लागि गरिएको भनेर हाम्रो सभापतिजीले पनि भन्न सकिरहेको अवस्था छैन । यस विषयमा सभापतिजीको कुरा बाहिर आइरहेका हुन्छन्, ‘एक्लै चुनावमा जाँदा हाम्रो बहुमत आउँदैन, त्यो भयो भने सरकार बनाउन पाइँदैन अनि हंग पार्यायमेन्ट हुन्छ । बरु चुनावमै गठबन्धन गरेर जाऔं भनेर । तर, त्यसमा के विश्वास छ ? उनीहरुले भोलि कांग्रेसलाई सहयोग गरेर जान्छन् भने । देशमा लोकतान्त्रिक पार्टी एउटा कांग्रेस छ, अरु सबै वामपन्थी छन् । अनि उनीहरु त्यहीं हामीसँग जितेको सिट लिएर वामपन्थी जति एक हुनपनि सक्छन् नि ।
अहिले त सबै पार्टी टुक्रैटुक्रा भएर फुटेको बेला कांग्रेस मात्रै सिंगो पार्टी थियो, यो बेलामा हामी एक्लै चुनाव जानुपर्छ भनेर तपाईंहरु जस्ता नेताले केन्द्रलाई पेल्नुपर्दैन ?
यो डोटीको मात्रै होइन ७७ वटै जिल्लाको समस्या हो । जिल्लामा नेतृत्व गर्ने जतिपनि साथीहरु हुनुहुन्छ । पार्टी संगठनको अवस्था हेरी निष्पक्ष ढंगले केन्द्रमा निधक्क कुरा राख्न सक्ने एउटा पनि नेता जिल्लामा भएनन् । सबैले पार्टी संगठनलाई भन्दा आफूलाई केन्द्रमा राखेर राजनीति गरे हाम्रो नेतृत्व त्यहाँनेर चुक्यो । त्यसले नेता र कार्यकर्तामा वृत्तिविकास भएन । हामीले चाहीं खाली मभन्दा पछाडि आफ्नो को मान्छे अटाउन सक्छु भनेर सोच्यौं । त्यसले नयाँ पिढिमा वृत्तिविकास भएन । पार्टी संकुचित हुँदै गयो । ठाउँ सानो बनाइसकेपछि धेरै मान्छे अटाउने कुरै भएन । अहिले हामी पुराना र युवा नेताको कुरा गरिराखेका छौं । पुरानाले राम्रो गरेकै छनन्, अनि युवाले कहाँबाट राम्रा कुरा सिक्ने ? कांग्रेस भनेको क्रियाशील सदस्य मात्रै होइन आममान्छे हो ।
कांग्रेस एक ढिक्का भएर चुनावमा जान नेतृत्वले के गर्नुपर्छ ?
त्यसको लागि नेतृत्वले सबैको भावना समेट्ने गरी समान रुपमा हेर्नुप¥यो । चुनाव जितिसकेपछि पार्टीको सभापति एउटै हुने हो । महाधिवेशनमा भोट हालेका नहालेका सबैको सभापति उहाँ नै हो । पार्टीको अभिभाव भइसकेपछि उहाँसँग सबैले भेट्न चाहनु, आफ्ना विचार राख्न चाहनु, नेतृत्व गर्ने कौशल देखाउन चाहनु, आफ्नो क्षेत्रमा प्रतिनिधि भएर सेवा गर्न चाहनु त उनीहरुको आवश्यकता हो नि । त्यो आवश्यकतालाई पहिचान गरी न्यायोचित निर्णय गर्ने नेतृत्वको दायित्व हो । सभापतिजीले त्यसलाई पहिचान गरी जनताको चाहना, भावना र भूगोलको आवश्यकतालाई समान दृष्टिकोणले हेर्नुपर्ने हो । तर, नेतृत्वमा त्यो कौशल देखिएन । नयाँ विकल्प साप्ताहिकबाट
Análisis de Paradise 8 Casino: plataforma con licencia de Curazao, soporte en español y pagos con Bizum. Descubre su catálogo...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
Warum ich nur auf Schweizer Plattformen setze und wie die Netzsperren funktionieren. Ein ehrlicher Blick auf legale Alternativen zu ausländischen...